पत्रकार दिबाङले मुख्यमन्त्री गोलेसित भेट गरे

पत्रकार दिबाङले मुख्यमन्त्री गोलेसित भेट गरे

नयाँ दिल्ली, 10 नोभेम्बर। हाल राष्ट्रिय राजधानी नयाँ दिल्लीमा रहेका मुख्यमन्त्री पी.एस. तामाङ (गोले) -लाई चर्चित पत्रकार दिबाङले भेट गरेका छन्। दिबाङले आइतबार बिहान सिक्किम हाउसमा आएर मुख्यमन्त्रीसित भेट गरेको जानकारी आईपीआर विभागले दिएको छ। यस भेट अवधि मुख्यमन्त्रीसित सिक्किम सम्बन्धी विभिन्न विषयहरूमाथि चर्चा भयो। मुख्यमन्त्रीले पत्रकार दिबाङलाई आफ्नो समाचारको माध्यमद्वारा हिमाली राज्य सिक्किमको पनि प्रचार-प्रसार गरिदिने आग्रह गरे। दिबाङले मुख्यमन्त्री गोलेलाई हालैमा सम्पन्न भएको उप-चुनाउमा उनको ऐतिहासिक जीतको निम्ति बधाई दिए।

सिक्किम नेवार गुथीको रजत जयन्ती पालन

सिक्किम नेवार गुथीको रजत जयन्ती पालन

गान्तोक, 10 नोभेम्बर। सिक्किम नेवा गुथीको रजत जयन्ती समारोह राजधानी गान्तोकको मनन भवनमा सम्पन्न भयो। आज सम्पन्न भएको कार्यक्रममा सिक्किम सरकारका शहरी विकास एवं आवास विभागका मन्त्री अरूण उप्रेती मुख्य अतिथि थिए भने सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री डा. एम.के. शर्मा, गान्तोक निर्वाचन क्षेत्रका विधायक वाई.टी. लेप्चा अनि मार्ताम-रूम्तेक निर्वाचन क्षेत्रका विधायक सोनाम भेञ्चुङ्पा विशिष्ट अतिथि थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि तथा मन्त्री अरूण उप्रेतीले नेवा गुथीलाई 25औं वर्ष पार गरेकोमा आफू अनि सरकारको पक्षबाट बधाई दिए। उनले यस्तो सङ्घ-संस्थालाई राजनीतिबाट टाढ़ा राखेर आफ्नो संस्कृति अनि परम्पराको जगेडाको निम्ति काम गर्ने अपील गरे। मन्त्री उप्रेतीले गुथीले गर्दै आएका कार्यहरूको पनि प्रशंसा गरे। यस अवसरमा सिक्किम नेवार गुथीका संस्थापक सदस्यगण, राज्यमा विभिन्न स्थानमा रहेका गुथीका शाखाका कार्यकर्ताहरू अनि सिक्किमका सम्पूर्ण जातीय सङ्गठनका सभापतिहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रममा गत 9 नोभेम्बरसम्म भएका विभिन्न कार्यक्रमहरूलाई लिएर तयार गरिएको छोटो वृत्त चित्र पनि प्रस्तुत गरिएको थियो। नेवार गुथीले आफ्नो रजत जयन्तीको दोस्रो दिनको साँझ साङ्गीतिक कार्यक्रमको पनि आयोजन गरेको थियो। साङ्गीतिक कार्यक्रममा सिक्किम, कालेबुङ अनि दार्जीलिङका कलाकारहरूले गीत गाएर मनोरञ्जन गराएका थिए। साँझको कार्यक्रममा सिक्किम सरकारका शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा मुख्य अतिथि रहेका थिए।

पीआईबीका शोभनकुमार मित्र सम्मानित

पीआईबीका शोभनकुमार मित्र सम्मानित

सञ्जय अग्रवाल रम्फू, 10 नोभेम्बर। सूचना एवं प्रसारण मन्त्रालयअन्तर्गत पत्र सूचना कार्यालय गान्तोकमा सेवारत शोभनकुमार मित्रलाई मन्त्रालयको पूर्वोत्तर क्षेत्रले सम्मान जनाएको छ। समर्पित र लगनशील भएर आफ्नो दायित्व साथै कार्यालयको अतिरिक्त भार सम्हाल्दै उल्लेखनीय सेवा दिएबापत् उनलाई यो सम्मान प्रदान गरिएको हो। उल्लेखनीय छ, सम्मानस्वरूप शोभनकुमार मित्रलाई प्रशंसा पत्र प्रदान गरिएको छ। असमको नगाउँमा गुरु नानक देवको 550औं जन्म शतवार्षिकी-मल्टीमिडिया प्रदर्शनीको उद्घाटन कार्यक्रमको अवसरमा असमका राज्यपाल प्रो. जगदीश मुखीको बाहुलीबाट उनले यो सम्मान ग्रहण गरेका छन्। स्मरण रहोस्, पूर्वोत्तर क्षेत्रबाट पीआईबी गान्तोकका शोभनकुमार मित्रसहित 9 जना अधिकारीहरूलाई यो सम्मान प्रदान गरिएको थियो। सूचना एवं प्रसारण मन्त्रालयअन्तर्गतका प्रेस विज्ञप्तिहरू अङ्ग्रेजी, हिन्दी र नेपाली भाषामा उपलब्ध गराएर सरकारी योजना र कार्यक्रमहरूको व्यापक प्रचार-प्रसारमा मित्रले उल्लेखनीय योगदान दिँदै आएका छन्। विशेष गरी महत्वपूर्ण सरकारी सूचनाहरूलाई नेपाली भाषामा अनुवाद गराएर स्थानीय समाचार पत्रहरूको मागअनुसार उपलब्ध गराउने विषयमा उनले पुर्‍याएको योगदानलाई विशेष स्थानीय पत्रकारहरूले पनि प्रशंसा गर्दै आएका छन्। यो सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत शोभनकुमार मित्रले पूर्वोत्तर क्षेत्रका महानिदेशक, संयुक्त निदेशक, प्रधान निदेशकप्रति आभार प्रकट गर्दै प्रेस क्लब अव् सिक्किम, राज्यको सूचना तथा जनसम्पर्क विभाग र पत्रकार मित्रहरूको सहयोगप्रति कृतज्ञता पनि प्रकट गरेका छन्।

राज्यपाल स्वर्णकप 9वौं पल्ट मोहम्मडनन स्पोर्टिङ क्लब फाइनलमा

राज्यपाल स्वर्णकप 9वौं पल्ट मोहम्मडनन स्पोर्टिङ क्लब फाइनलमा

गान्तोक, 10 नोभेम्बर। अल इण्डिया राज्यपाल स्वर्ण कप प्रतियोगिताको इतिहासमा एकपल्ट विजेता अनि सातपल्ट उप-विजेता बनेको मोहम्मडन स्पोर्टिङ क्लब, कोलकाता 39औं राज्यपाल स्वर्ण कप 2019 -को फाइनलमा प्रवेश गरेको छ। राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा आज भएको दोस्रो सेमिफाइनलमा सिक्किम पुलिस एफसीलाई शून्यको विरुद्ध एक गोल गर्दै मोहम्मडन स्पोर्टिङ क्लबले फाइनलमा प्रवेश गरेको हो। आजको विजेता टीम मोहम्मडन एससी -को पक्षमा गोल गर्ने खेलाड़ी जर्सी नम्बर 29 चार्ल्स ए. -ले पहिलो अनि विजयको निर्णायक गोल गरेका थिए। खेलको पूर्वार्द्धदेखि नै विजेता दल मोहम्मडन एससीले विपक्षी दल सिक्किम पुलिसमाथि दबाउ बनाइरहेको थियो। खेलको अन्त्यसम्म नै आक्रामक अनि उत्कृष्ट खेल प्रदर्शन भएको थियो। बीचमा रेफरीसँग दुवै दलका खेलाड़ीहरूले भनावैरी पनि गरेका थिए। खेलको पहिलो चरणमा 6 मिनटको अतिरिक्त समय दिइएको थियो भने उत्तरार्द्धमा 4 मिनटको समय दिइएको थियो। जानकारी गराइन्छ, मोहम्मडन स्पोर्टिङ क्लबले वर्ष 2016 -मा 36औं अल इण्डिया राज्यपाल स्वर्णकपको फाइनल उठाएको थियो भने, 1985, 1986 अनि 1987-मा लगातार उपविजेता बनेको थियो। यसरी नै मोहम्मडन स्पोर्टिङ क्लब 1989, 1991, 1992 अनि 1994 -मा उपविजेता बनेको थियो। मोहम्मडन एफसी सबैभन्दा धेर मोहन बगानसँग हारेको थियो। मोहन बगानले मोहम्मडन स्पोर्टिङ क्लबलाई 6 पल्ट अल इण्डिया राज्यपाल स्वर्ण कपको फाइनलमा हराएको थियो भने एकपल्ट एसईएसए गोवासँग हारेको थियो। वर्ष 2016 -मा भएको 36औं राज्यपाल स्वर्ण… Read More

दार्जीलिङमा देशी-विदेशीसँगै हजारौं धावक कुदे केन्याले मार्‍यो बाजी

दार्जीलिङमा देशी-विदेशीसँगै हजारौं धावक कुदे केन्याले मार्‍यो बाजी

समय संवाददाता दार्जीलिङ, 10 नोभेम्बर। दार्जीलिङमा आज हजारौं देशी-विदेशीसँगै स्थानीय धावकहरू पूर्ण उत्साह र जोशसित कुदे। आज बिहान स्थानीय चौरस्ताबाट शुरू भएका विभिन्न वर्ग र किलोमिटरको दार्जीलिङ हिल म्याराथानमध्ये अन्तर्राष्ट्रिय 21 किलोमिटरको हाफ म्याराथानमा केन्याका धावक निकोडमसले बाजी मारे भने 21 किलोमिटरकै पुरुष वर्गको राष्ट्रिय दौड़मा पुणे निवासी दुर्गा बुड़ा, महिला वर्गमा अर्पिता साइनी अनि 21 किलोमिटरकै स्थानीय वर्गमा रोहिता हरिजन क्रमैले प्रथम बने। स्पोर्टस डेवलपमेन्ट फाउण्डेशनले दार्जीलिङ पुलिसको सहयोगमा आयोजना गरेको यस दार्जीलिङ हिल म्याराथानको हाफ म्याराथानलाई 5 वटा वर्गमा विभाजन गरेको थियो, जसमा अन्तर्राष्ट्रिय खुल्ला, राष्ट्रिय महिला-पुरुष, स्थानीय महिला-पुरुष सामेल थिए भने यसबाहेक 10 किलोमिटर र 4 किलोमिटरको दुइवटा म्याराथान भएको थियो। विशेष, दार्जीलिङको पर्यटन, यहाँको संस्कृति अनि खेललाई प्रोत्साहन दिने उद्देश्य लिएर नै विगत केही वर्षदेखि दार्जीलिङ पुलिसको सक्रियतामा विभिन्न प्रायोजकहरूको आयोजना गरिएको यस म्याराथानमा केन्या, नाइजेरियाका साथै अन्य कैयौं देशका धावकहरूले पनि भाग लिएका थिए, जसमा लगभग 3 हजार 500 धावकहरूले पञ्जीकरण गरेको दार्जीलिङ पुलिस अधीक्षक अमरनाथ के-ले जानकारी गराए। उनले भने, विगत केही वर्षदेखि नै दार्जीलिङ हिल म्याराथानको आयोजना भइरहेको छ र यसमा भाग लिन प्रत्येक वर्ष नै विदेशका कैयौं धावकहरू पनि आउने गरेका छन्। यस वर्ष पनि केन्या, नाइजेरिया साथै अन्य देशसँगै भारतका पनि विभिन्न राज्यबाट सयौं धावकहरूले यस म्याराथानमा भाग लिएका थिए। यस… Read More

मन्त्रीद्वय खेरल अनि शेर्पाद्वारा निर्माणाधीन परियोजनाहरूको भ्रमण

मन्त्रीद्वय खेरल अनि शेर्पाद्वारा निर्माणाधीन परियोजनाहरूको भ्रमण

गेजिङ, 10 नोभेम्बर। सिक्किम सरकारको जनकार्य (भवन तथा आवास) तथा यातायात विभाग मन्त्री सञ्जीत खरेललगायत ऊर्जा एवं विद्युत तथा श्रम विभाग मन्त्री एम.एन. शेर्पाले आइतबार दरमदिनमा निर्माणाधीन ‘स्वर्ग जाने सिँड़ी’ परियोजनाको स्थलगत निरीक्षण भ्रमण गरे। भ्रमणको क्रममा मन्त्रीद्वयले सम्बन्धित विभागका अधिकारीहरूसित भेट गरेर संयुक्त रूपमा परियोजना स्थलको निरीक्षण गरे। सकारात्मक परिणामको निम्ति हितधारकहरू र कामदारहरूलाई समन्वय राखेर काम गर्न सुझाउ दिइयो। यसपछि, मन्त्रीद्वयले बुढ़ियाखोपस्थित ‘एथनिक भिलेज’ -को भ्रमण गरेको जानकारी आईपीआर विभागले दिएको छ। भ्रमणको क्रममा मन्त्रीहरूले कार्य प्रगतिको स्थितिबारे सोधीखोजी गर्नुका साथै निर्माण कार्य अति शीघ्र पूरा गर्न भावी कार्ययोजनामाथि पनि चर्चा गरे।

सिक्किम आक्रमण प्रथम मिनिस्टर गोल्डकपको फाइनलमा

सिक्किम आक्रमण प्रथम मिनिस्टर गोल्डकपको फाइनलमा

सोरेङ, 10 नोभेम्बर। दरामदिन खेलकुद संघको तत्वावधानमा शनिबारदेखि सोमबारेको खेलमैदानमा शुरु भएको फस्ट मिनिस्टर गोल्डकप फूटबल टुर्नामेन्टको पहिलो सेमीफाइनल म्याचमा सिक्किम आक्रमणले केएफसी सिलगढ़ीलाई एकतर्फी भीडन्तमा एक गोलको विरुद्ध 6 गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ। फलस्वरूप आज केएफसी सिलगढ़ीको फस्ट मिनिस्टर गोल्डकप टुर्नामेन्टमा चुनौती समाप्त भएको छ। सिक्किम आक्रमणको आक्रमक खेल प्रदर्शनको अघि केएफसी सिलगढ़ीले आत्मासमर्पण नै गर्‍यो। दर्शकहरुको समर्थन पनि सिक्किम आक्रमणकै पक्षमा थियो। दोस्रो हाफको खेलमा खेलाड़ीहरूमाझ निक्कै गर्मगर्मी पनि देखियो भने दुवै टीमका एक एकजना खेलाडीलाई रेड कार्ड देखाएर मैदानबाट बाहिर निकालियो। उल्लेख्य, सोमबारेमा सम्पन्न भइरहेको प्रथम मिनिस्टर गोल्डकप फूटबल टुर्नामेन्टका बिजेता र उपविजेता दललाई नगद राशी तीन लाख र दुई लाख रुपियाँ सँगसँगै आकर्षक ट्रफी राखिएको छ। आज यहाँ सम्पन्न 9औं दिनको कार्यक्रममा नामथाङ-रातेपानी समष्टिका विधायक एवं मन्त्री सञ्जीत खरेल प्रमुख अथिति थिए। उनको साथमा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा र सिक्किम स्टेट ब्याङ्कका अध्यक्ष डीबी गुरुङ सँगसँगै आमन्त्रित अथिति र हजारौं दर्शकहरुको बाक्लो उपस्थित थियो मुख्य अथितिको रूपमा उपस्थित मन्त्री सञ्जीत खरेलले सम्बोधन गर्ने क्रममा प्रथम मिनिस्टर गोल्डकप टुर्नामेन्ट सोमबारेमा आयोजित गरेकोमा बधाई दिँदै सत्तारूढ़ एसकेएम सरकारले खेललाई सर्वोच्च प्राथमिकता दिइरहेको छ भने। मन्त्री खरेलले अघि भने, पूर्व सरकारले अधुरो छोड़ेका कामहरू हामी पूरा गर्नेछौं। सोमबारे खेलमैदानलाई केन्द्रिय योजना खेलो इण्डियमार्फत विकासित… Read More

सद्भावना सम्मेलनको तयारी पूरा

सद्भावना सम्मेलनको तयारी पूरा

सिलगढ़ी, 10 नोभेम्बर। शनिबार मानव उत्थान सेवा समिति, उत्तर-पूर्वाञ्चल क्षेत्रको केन्द्रीय मुख्यालय हंसबेला आश्रमको सत्सङ्ग भवनमा आउँदो 30 र 31 दिसम्बर, 2019 -मा हुने दुइ दिवसीय सद्भावना सम्मेलन विषयमा उत्तर-पूर्वाञ्चल क्षेत्र प्रभारी महात्मा अखिलेश बाईजीको अध्यक्षतामा बसेको सभामा गत 8 नोभेम्बरको दिन बसेको सल्लाहकार समितिको बैठकमा पारित कार्यक्रमको रूपरेखालाई अन्तिम रूप दिइयो। अखिलेश बाईजीको अध्यक्षतामा शुरू भएको सभामा सम्मेलन प्रभारी महात्मा तारकेश्वरनन्दजीले आशिर्वचन राखेका थिए। कुमार योञ्जनले 8 नोभेम्बरमा बसेको सल्लाहकार समितिको बैठकमा पारित कार्यक्रमको रूपरेखा पठन गरेर सुनाए। उत्तर-पूर्वाञ्चल मूल सचिव निर्ग लामाले आफ्नो सम्बोधनमा सद्भावना सम्मेलन, स्वर्ण जयन्ती वर्ष, श्रीयंशजीको जन्मोत्सव, छोटी माताजीको पदार्पण र नयाँ साललाई स्वागत यी पाँचवटा मुख्य कार्यक्रममा कसैको मनमुटाउ र मनदुःख नहोस्, सबैले प्रसन्न भएर कार्यलाई उतार्नुपर्ने विषयमाथि जोर दिए। यसरी नै महात्मा ज्ञान बाईजीले जबसम्म हाम्रो श्‍वास रहन्छ, तबसम्म हामी सेवामा लागिपर्नु पर्दछ, सेवामा शक्ति, सेवामै भक्ति छ, भनिन्। गुरु महाराजजीको कृपा हामीमा बनिरहोस् यही प्रार्थना गर्नुपर्दछ। सिक्किम राज्य समिति अध्यक्ष भीम प्रकाश राईले भने, सिलगढ़ीको कार्यक्रम ऐतिहासिक र वैश्‍विक कार्यक्रम हो, यो कार्यक्रम 70 भन्दा बढ़्ता देशहरूले हेरेको हुन्छ। यसैले प्रत्येक कार्यकर्ता र प्रेमीहरूको जिम्मेवारी बन्दछ कि उनीहरू आ-आफ्नो सेवामा पूर्ण रूपमा समर्पित भएर लागिपरून्। सम्मेलनमा जम्मा 72 वटा विभाग हुनेछ, प्रत्येक विभागीय प्रभारीहरू 25 दिसम्बरदेखि आउनपर्नेछ, साथै 27 दिसम्बरमा विभागीय… Read More

युवाहरूको क्षमतामा भविष्य

युवाहरूको क्षमतामा भविष्य

सिक्किममा खेतीपातीपछि पर्यटन व्यवसायको रूपमा विकसित भएर गएको छ। पूर्व सिक्किम सरकारले राज्यमा पर्यटनको विकासमा पर्यटन नीति नै बनाएको छ, जुन नीतिबाट सिक्किमे नागरिकहरूले भरपूर लाभ उठाउन सक्नेछन्। यति हो, सिक्किमे नागरिकमा स्वामित्वको भावना अनि काम गर्ने इच्छाशक्तिमा वृद्धि हुन आवश्यक छ। सिक्किमे शिक्षित युवाहरूले पूर्व सरकारले गरेको जैविक अभियानलाई समर्थन गरी कृषि क्षेत्रमा लागे यसबाट पनि जीविका चल्नुको साथै राम्रो आय-आर्जन सुनिश्‍चित हुनेछ। यसबाहेक पर्यटनलाई उद्योग बनाएर काम गरे अवश्य सिक्किमे शिक्षित युवा समूह बेरोजगार हुनुपर्ने स्थिति छैन। किनभने, सरकार भनेको अवसरहरूको सिर्जना गर्ने हो अनि नागरिकहरूले सरकारबाट सिर्जित अवसरलाई प्रयोग गरेर असल तथा कुशल नागरिक बन्ने हो। सिक्किममा बिडम्बना के देखिन्छ भने, आँखा अगाड़ि काम छ, मुखले पनि त्यो काम गर्ने तौर-तरिकाको वर्णन गर्छ तर हातले गरिरहेको छैन। अर्थात, सिक्किमे हामी व्यावहारिक बन्न सकिरहेका छैनौं। हामी एकैचोटि ठूलो सपना देख्छौं तर त्यो सपनालाई साकार बनाउन हातले सानो पनि काम गर्दैनौं। कसै न कसैले कसै न कसैकोबाट सहयोग तथा कामको अपेक्षा राखिरहेका हुन्छौं। यो प्रवृत्तिले गर्दा सिक्किमे युवाहरूमा भएको विवेक अनि कौशल व्यावहारिक बन्न सकिरहेको छैन। प्रथमतः सिक्किमे सबै व्यावहारिक बन्न आजको आजको आवश्यक बनेको अनुभूत भएको छ। अर्कोतर्फ, कति सिक्किमे शिक्षित युवाहरूले सबैतिर सबै काममा हात लगाइरहेको पाइन्छ। मान्छेले आफ्नो जीवनलाई कुन क्षेत्रमा पारङ्गत बनाउने त्यसको सही चयन… Read More

राज्यपालको दुई दिवसीय रिनाक भ्रमण समाप्त

राज्यपालको दुई दिवसीय रिनाक भ्रमण समाप्त

गान्तोक, 8 नोभेम्बर। राज्यपाल गंगा प्रसादले शुक्रबार रिनाक निर्वाचन क्षेत्रको दुई दिवसीय भ्रमण पूरा गरेका छन्। राज्यपालको भ्रमण अवधि क्षेत्र विधायक विष्णुकुमार खतिवड़ा पनि सँगै थिए। आज राज्यपालले आफ्नो भ्रमणको शुरूवात आरिटारस्थित लामपोखरीबाट गरे, जहाँ उनले झीलमा नाउको आनन्द लिए। उनले झील परिसर अनि झीलको पानीको स्वच्छताप्रति चिन्ता प्रकट गर्दै पर्यटकहरूलाई आर्किषत गर्न असल प्रबन्धनको आवश्यकताथि बल दिए। उनले स्थानीय मानिसहरू र हितधारकहरूको जिम्मेदारी अनि असल कनेक्टिभिटी सुनिश्‍चित गर्नु सकिए, यो ठाउँ चर्चित पर्यटन गन्तव्य बन्नु सक्ने प्रबल सम्भावनाहरू रहेको बताए। यसैगरी, राज्यपाल रुङदुङस्थित चर्चित लेप्चा फार्मको पनि भ्रमण गरे तथा बागवानी अधिकारीहरू र कृषकहरूसित अन्तर्क्रिया गरे। राजभवनले दिएको जानकारीअनुसार उक्त फार्म हालमा लिजमा रहेको छ जसको रेखदेख बागवानी विभागका कर्मचारीहरूले गरिरहेका छन्। राज्यपालले फार्मका हितधारकहरूलाई उद्यमिता अनि आदर्श खेतीलाई प्रोत्साहित गर्न आफ्नो प्रयास जारी राख्ने आह्वान गरे। यसपछि, राज्यपालले विश्‍व विनायक मन्दिरको भ्रमण गरे भने हवन एवं पूजा पनि गरे। उनले यो ठाउँलाई पर्यटन गन्तव्यको रूपमा प्रचार प्रसार गरिनुपर्ने विषयमा आफ्नो मन्तव्य राखे। अन्तिम चरणको भ्रमणमा राज्यपालले कुमरेकस्थित फार्मा कम्पनीको भ्रमण गरे भने प्रबन्धन पक्षलाई कर्मचारीहरूका हित अनि कल्याणलाई प्रमुखता दिन आह्वान गरे। राज्यपालले कम्पनी परिसरमा बिरुवा पनि लगाएका थिए।-हिस/बिशा