एसडीएफको पूर्व जिल्लास्तरीय समन्वय सभा सम्पन्न

एसडीएफको पूर्व जिल्लास्तरीय समन्वय सभा सम्पन्न

गान्तोक, 18 दिसम्बर। ‘‘जनताको गाईको पैसा खानेहरूले मौका पाए भने सिक्किम र सिक्किमेको भाग्य खान्छन्। सिक्किमको सरकार र व्यवस्था राम्रो भएकोले आज सिक्किम राम्रो भएको छ। खराब नीति भएको, भ्रष्ट, प्रजातन्त्रविरोधी र जनविरोधीहरू सरकारमा आए भने सिक्किम र सिक्किमे जनताको भाग्य र भविष्य बेचेर खानेछन्।’’ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष एवं मुख्यमन्त्री पवन चामलिङले आज बाइपासस्थित पार्टी मुख्यालयमा आयोजित पार्टीको पूर्व जिल्लास्तरीय समन्वय सभामा उक्त कुरा भनेका हुन् भनी पार्टीका महासचिव (प्रचार-प्रसार) अम्बर राईद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिमा बताइएअनुसार पार्टीको पूर्व जिल्लाका ग्राम एवं जिल्ला पञ्चायत, युवा तथा चेली मोर्चाका पदाधिकारीगण, पार्टीको वार्ड एवं ब्लकस्तरीय समितिका सदस्यगण, समष्टिस्तरीय समितिका सदस्य एवं अध्यक्ष, पूर्व जिल्लाका विधायक, प्रभारी तथा जिल्लास्तरीय समितिका सदस्य एवं पदाधिकारीहरूको उपस्थिति रहेको यस सभामा समष्टिस्तरीय समितिका अध्यक्षहरूले आ-आफ्नो समष्टिको प्रतिवेदन प्रस्तुत गरे। एसडीएफ सरकारको नयाँ योजना ‘एक परिवार एक नोकरी’ -अन्तर्गत राज्यका 20 हजार युवाहरूलाई नियुक्ति पत्र दिन जनवरी महीनाको पहिलो हप्ता गान्तोकमा विशाल ‘रोजगार मेला’ आयोजना गरिने जानकारी मुख्यमन्त्री चामलिङले दिए। आगामी 15 जनवरीको दिन सोकेथाङ, पूर्व सिक्किममा अवस्थित राज्यको बहुविशेषतायुक्त अस्पतालको उद्घाटन गरिने र 16 जनवरीदेखि जनता मेला थालनी गरिने पनि मुख्यमन्त्रीले जानकारी दिए। मुख्यमन्त्रीले यसचोटिको जनता मेलामार्फत् राज्यका प्रत्येक घर-परिवारमा एउटा न एउटा सहुलियत पुर्याउने बृहत् लक्ष्य राखेको जानकारी पनि दिए, विज्ञप्तिमा भनिएको… Read More

सीपी ढकालले राज्य सूचना आयुक्तको शपथ लिए

सीपी ढकालले राज्य सूचना आयुक्तको शपथ लिए

गान्तोक, 18 दिसम्बर। सिक्किम सरकारको पर्यटन विभागको सचिव पदबाट सेवानिवृत्त भएका चेवनप्रसाद ढकालले आज राज्य सरकारको सूचना आयुक्तको रूपमा शपथ ग्रहण गरे। उनलाई राजभवनको आशीर्वाद हलमा राज्यपाल गंगा प्रसादले शपथ दिलाए। यस अवसरमा मुख्यमन्त्री पवन चामलिङ, सिक्किम विधानसभा अध्यक्ष केदारनाथ राई, सिक्किम सरकारका विभिन्न विभागका मन्त्रीगण, विधायकगण, मुख्य सचिव, अतिरिक्त मुख्य सचिवगणलगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। शपथ ग्रहणपछि राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री पवन चामलिङलगायत अन्यले खदा लगाई चेवनप्रसाद ढकाललाई बधाई दिए। जानकारी गराइन्छ, नवनियुक्त सूचना आयुक्त चेवनप्रसाद (सीपी) ढकालले आजदेखि सूचना आयुक्तको दायित्व सम्हालेका छन्। आयुक्त ढकालले वर्ष 1980-देखि ग्रेजुएट शिक्षकको रूपमा आफ्नो सरकारी सेवा शुरू गरेका हुन्। उनले 38 वर्षको कार्यकालमा महकुमा अधिकारीदेखि सचिवको पदसम्म रहेर सेवा पुर्याए। उनी शिक्षकपछि राभाङ्ला र चुङथाङका महकुमा अधिकारी, चुनाउ विभागमा वर्ष 1989-मा सहायक निर्वाचन अधिकारी (एईओ), उपमुख्य निर्वाचन अधिकारी, संयुक्त मुख्य निर्वाचन अधिकारी, अतिरिक्त मुख्य निर्वाचन अधिकारी पछि उत्तरका जिल्लापाल, गान्तोक महानगर पालिकाका आयुक्तका साथै स्वास्थ्य विभागमा अतिरिक्त सचिव अनि पर्यटन तथा नागरिक उड्डयन विभागमा विशेष सचिवपछि सचिवको पदमा पदोन्नति भएका थिए। यसै वर्षको अप्रेल महीनामा पदोन्नति भएर सचिव बनेका अवकाशप्राप्त सीपी ढकालले वर्ष 2005-मा राज्य प्रतिभाशाली पुरस्कार पनि प्राप्त गरिसकेका छन्। जीएमसी-का महानगरपालिका आयुक्तको अवधि सिक्किमलाई स्वच्छ पहाडी स्टेशन पुरस्कार अनि स्वच्छ राजधानी पुरस्कार पनि प्राप्त भएको थियो। पर्यटन… Read More

लिङ्देममा जनताराज स्थापना दिवस पालन

लिङ्देममा जनताराज स्थापना दिवस पालन

जङ्गु, 18 दिसम्बर। ‘जनता आफ्ना लागि आफै मालिक हुन् भने प्रतिनिधिहरू जनताका सेवक हुन्’, सिक्किम विधानसभा उपाध्यक्ष तथा जङ्गु निर्वाचन क्षेत्रका विधायक सोनाम ग्याछो लेप्चाले भने। अप्पर जङ्गुको लिङ्देममा आयोजित जनताराज स्थापना दिवसको समापन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। जङ्गु सधैं नै मुख्यमन्त्रीको हृदयमा रहेको कारण यस क्षेत्रमा पूर्वाधार अनि मानव संसाधनजस्ता सबै क्षेत्रको द्रुत गतिमा विकास भएर गएको उनले बताए। उनले अघि भने, यस क्षेत्रका जनताले मलाई चौथोपल्ट आफ्नो प्रतिनिधिको रूपमा स्वीकार गरेका छन् अनि सधैं नै म क्षेत्रवासी र पार्टीको निम्ति इमानदार रहेर काम गरिरहेको छु। यस क्षेत्रभित्र पर्ने लिङ्थेम-लिङदेम, सफू-पासिङदाङ ग्राम पञ्चायत एकाइ (जीपीयू) तथा मगन नगर पञ्चायतअन्तर्गतका दुईवटा वार्डका लागि यो कार्यक्रम आयोजन गरिएको हो। विपक्षी पार्टीहरूले सधैं नै एसडीएफ सरकारलाई आधारहीन आरोपहरू लगाउने गरेका छन् भन्दै 21औं शताब्दीको राजनीति भनेको दिग्भ्रमित कुरा नभएर समृद्धिको हुनुपर्छ भनी उनले बताए। विधानसभा उपाध्यक्षले भने, पार्टीले आगामी विधानसभा चुनाउमा जुन उम्मेदवारलाई अघि ल्याउँछ हामीले उसैलाई समर्थन गर्नुपर्छ अनि चुनाउमा टिकट चाहने उम्मेदवारले आफ्नो स्वार्थपूर्तिका लागि जङ्गु र पार्टीलाई नोक्सान पुर्याउनु हुँदैन। एसडीएफ सरकार सत्तामा आउनअघिको सास्ती यस क्षेत्रका केवल वरिष्ठ नागरिकहरूले भोगेका छन्, उनले भने। जङ्गुका युवा समन्वयक छिरिङ ग्याछो लेप्चाले जङ्गुमा सरकारले पहल गरेका विकासमूलक कार्यहरू विषयमा अवगत गराउँदै यस क्षेत्रका जनता सधैं नै एसडीएफ पार्टीमै… Read More

प्रदर्शनी म्याचमा पीसीएस विजयी

प्रदर्शनी म्याचमा पीसीएस विजयी

गान्तोक, 18 दिसम्बर। राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको ‘7औं इन्टर चर्च फूटबल टुर्नामेन्ट 2018’ अन्तर्गत आज खेलाइएको एक प्रदर्शनी म्याचमा प्रेस क्लब अफ सिक्किम (पीसीएस) ले प्रतिद्वन्दी दललाई 5-4 गोलले पराजित गर्यो। आज पीसीएस बनाम फूटबल प्रतियोगिता आयोजक समितिबीच प्रदर्शनी म्याच खेलाइको थियो जसमा पीसीएस विजयी बन्यो। उक्त प्रतियोगिताका आयोजना सिक्किम क्रिश्‍चियन स्पोर्टस् कमिटीले गरिरहेको छ। यस प्रतियोगितामा जम्मा 16 दलले भाग लिइरहेको छ भने आउँदो 21 दिसम्बरको दिन फाइनल सम्पन्न गरिने छ।-हिस/बिशाल

डोमा भोटियालाई स्वागत जनाइयो

डोमा भोटियालाई स्वागत जनाइयो

गान्तोक, 18 दिसम्बर। हालै मिजोरममा आयोजना भएको प्री-वर्ल्ड कप मिजोराम ओपन 2018-को प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गरेकी सिक्किमेली साहसी चेली रिञ्जिङ डोमा भोटिया, सिक्किम बी टोलीको सदस्यलाई सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका प्रतिनिधिहरूले रेशीथाङमा स्वागत अनि सम्मान जनायो। 17 दिसम्बरको दिन भएको कार्यक्रममा सिक्किमको दुवै वर्गका टोलीलाई खादा लगाएर सम्मान जनाइयो। सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका प्रतिनिधिले भविष्यमा अझ सफलता प्राप्त गर्दै प्याराग्लाइडिङको क्षेत्रमा राज्यको नामलाई शिखरमा पुर्याउन शुभकामना दिए। यस अवसरमा सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका अध्यक्ष राज कुमार सुब्बा, उपाध्यक्ष रिञ्जिङ डोमा भोटिया, महासचिव सन्दीप राई, उपाध्यक्ष (पश्‍चिम/दक्षिण) रामकुमार भण्डारी, कोषाध्यक्ष राजदीन थापा लगायत सदस्यहरूको उपस्थिति रहेको थियो। मिजोरममा गत 4 दिसम्बर देखि 8 दिसम्बर, 2018 सम्म आयोजना भएको यो प्रतियोगितामा सातवटा देश लगायत सिक्किम टोलीले सहभागिता जनाएको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सिक्किमलाई पदक दिलाउने क्रममा महिला वर्गमा सिक्किम प्याराग्लाइडिङ टोलीका साहसिक खेलाडी रिञ्जिङ डोमा भोटियाले रजत पदक जित्न सफल रहिन् भने अर्का टोली सिक्किम बी-को पक्षबाट रुपा देवी कार्की , लेन्डुप छितेन शेर्पा, विष्णु छिरिङ छेत्री अनि अनिष गुरुङले टोली समूहगत वर्गबाट सिक्किमलाई कास्य पदक जिताए। यसरी नै सिक्किमको प्यराग्लाइडिङको भावी सम्भावनाबारे बोल्दै सिक्किम प्याराग्लाइडिङ एसोसिएशनले सिक्किममा प्यराग्लाइडिङको विकासमा धेरै काम गरिरहेको अनि यसको निम्ति सिक्किम सरकार अनि पर्यटन विभागले पनि पूर्णरुपमा सहयोग गरिरहेको बताए। यसरी नै मिजोराममा सम्पन्न भएको प्री वर्ल्ड कप मिजोराम ओपनमा… Read More

साटाले प्रशिक्षक र खेलाडीहरूलाई सम्मान जनायो

साटाले प्रशिक्षक  र खेलाडीहरूलाई सम्मान जनायो

गान्तोक, 18 दिसम्बर। सिक्किम अमेच्योर ताइक्वाण्डो एसोसिएशन (साटा)-ले जियोनिटाइस ताइक्वाण्डो दोजाङका प्रशिक्षक सञ्जय सुब्बालाई अभिनन्दन जनाएको छ। सञ्जय सुब्बाले गत 5 देखि 8 दिसम्बर, 2018 मा कर्नाटकको सिमोगामा भएको जुनियर राष्ट्रिय ताइक्वाण्डो च्याम्पियनशीपमा उत्कृष्ट रेफरीको पुरस्कार प्राप्त गरेका थिए। यो सिक्किमका निम्ति खुशीको कुरा हो। प्रशिक्षक सुब्बाले 28-वटा राज्यका रेफरीहरूमध्ये उत्कृष्ट रेफरी छानिए। उनी यस खेल क्षेत्रमा यो सम्मान पाउने राज्यका पहिलो व्यक्ति हुन्। साटाले एमसीएम दोजाङका जुनयिर पदकधारी खेलाडी राम छेत्री, राजा राई र पारस राईलाई पनि सम्मान जनायो। यी खेलाडीले हालै कर्नाटकमै भएको उक्त च्याम्पियनशीपमा आफ्नो-आफ्नो खेल स्पर्धाबाट कास्य पदक जितेका थिए। साटाका अध्यक्षसितै सम्पूर्ण सदस्यले खेलाडी तथा प्रशिक्षकलाई यो उपलब्धिप्रति बधाई दिँदै भविष्यका निम्ति शुभकामना व्यक्त गरेका छन्।

23 दिसम्बर चुङथुङमा डीटीडीपीएलयूको अधिवेशन

23 दिसम्बर चुङथुङमा डीटीडीपीएलयूको अधिवेशन

समय संवाददाता दार्जीलिङ, 18 दिसम्बर। चियाश्रमिकहरूका विभिन्न समस्याबारे चर्चा परिचर्चा गर्नको लागि आगामी 23 दिसम्बरको दिन गोजमुमोको श्रमिक संगठनले चुङथुङमा एक अधिवेशनको आयोजना गर्ने निर्णय लिएको छ। यसको प्रचार प्रसार गर्नको लागि गोजमुमो श्रमिक संगठनका नेतृत्वहरू क्रमैले एसबी तामाङ, राममणि जोशी, समन थापा, दोलेन तामाङ, हर्क थापा, सुशिल तामाङ, विर्देश थापा, राजेन तामाङ, चन्दन घिसिङ आदि लागिपरेका छन्। उनीहरूले जानकारी गराएअनुसार, यस अधिवेशनमा चियाश्रमिकको रोजीको एरियर समयमा वितरण नगरिएको, स्टाफ र सब्-स्टाफहरूको वेतन 18 प्रतिशतको दरले बढेको एरियर वितरण हुनुपर्ने, चियाश्रमिकहरूको हितमा निम्नतम मजदूरी ऐन अविलम्ब लागु हुनुपर्ने, चियाश्रमिकहरू र उनीहरूका परिवारहरू वर्षौंदेखि बसोबासो गर्दै आएको घर घडेरी, कृषि गर्दै ल्याएको जमीनको पर्जा-पट्टा प्रदान गर्नुपर्ने रहेको छ। यसका साथै अब चिया उद्योग श्रमिकहरूको शोषणको जड मात्र होइन, आर्थिक उपलब्धिको मूल साधन हुनुपर्ने माग र सवालमा अनि श्रमिकहरूको हक अधिकारको सवालमा गम्भीरतापूर्वक चर्चा परिचर्चा र छलफल गरी आगामी कार्यक्रमसहित कार्यदिशा ग्रहण गरिने भएको छ। आगामी 23 दिसम्बरमा चुङथुङको पारिजात भवनमा हुने निधो गरिएको अधिवेशनमा चुङथुङका तीन खण्ड, लिजाहिल, मेरिबुङ, सालु, लिंगियो, तामसाङ, मीम र पेम्बोङ गरी दसवटा शाखाका प्रतिनिधिहरूले अंशग्रहण गर्ने भएका छन्। उक्त अधिवेशनमा अतिथि एवं पर्यवेक्षकका रूपमा गोजमुमो केन्द्रिय कोर कमिटी सदस्य एलेम लामा, केन्द्रिय सदस्य सुचिन राई, केन्द्रिय सदस्य मणिकुमार राई, समष्टि सभापति बीआर राई, सचिव ललित तामाङ,… Read More

सन्दकफूमा व्यापक हिमपात

सन्दकफूमा व्यापक हिमपात

समय संवाददाता दार्जीलिङ, 18 दिसम्बर। 11,600 फीट उचाईमा अवस्थित सन्दकफू इलाकामा आज व्यापक हिमपात भयो। जसको कारण हिउँको मजा लिंदा लिंदै सन्दकफू पुगेका लगभग 100 जना जति पर्यटक सन्दकफूदेखि तल झर्नै सकेका छैनन्। 3 देखि साढे 3 इञ्च हिउँ सन्दकफू रोडमा जमिएको कारण पर्यटक लिएर सन्दकफू पुगेका ल्याण्डरोभरहरू ओह्रालो झर्न सकेका छैनन्, जसको कारण यी गाडीहरू ओह्रालो झर्न नसके पनि यी पर्यटकहरूले हिमपातको गतिलै मजा लिइरहेका छन्। यसैको जानकारी गराउँदै सिंहलीला ल्याण्डरोभर एसोसिएशनका मूलसचिव चन्दन प्रधानसित सम्पर्क गर्दा उनले सन्दकफू, फालुट इलाकामा 3 देखि साढे 3 इञ्च हिउँ जमिएको जानकारी गराए। स्मरण गराइन्छ, दार्जीलिङ पहाडको मौसम हिजो बिहानदेखि नै बिग्रिन थालेको थियो, हिजो आकाश बादलले ढाकिएको थियो भने रातीदेखि पानी पर्न शुरू भएको थियो। जसको कारण दार्जीलिङको तापमानमा पनि व्यापक कमी आएको छ। यो पानीले दार्जीलिङमा गतिलै चिसो बढे पनि यहाँ हिउँ भने पर्न सकेको छैन। टाइगर हिलमा पनि यो समाचार लेख्दासम्म हिउँ परेको जानकारी प्राप्त भएको छैन। यदि यो सिमसिमे पानी यसरी नै भोलिसम्म पनि जारी रहे दार्जीलिङमा पनि हिउँ पर्नसक्ने सम्भावना बढिरहेको धेरै मानिसहरूको मन्तव्य छ। आज बिहान लगभग 6 बजी सन्दकफूको तापमान घटेर माइनस 3 डिग्री पुगेको थियो भने टाइगर हिलको तापमान 5 डिग्री पुगेको थियो। यसरी नै दार्जीलिङ शहरी इलाकाको तापमान बिहान 8 डिग्री रहे पनि… Read More

गोरामुमोको अराजनैतिक छैटौं अनुसूची पहल निकै सफल

गोरामुमोको अराजनैतिक छैटौं अनुसूची पहल निकै सफल

के अब छैटौं अनुसूचीको लागि उचित माहौल सृजना भयो? साँच्चै दार्जीलिङ पहाडका जनताले अब छैटौं अनुसूचीलाई पूर्णरूपले समर्थन जनाउँछ? अब यसको लागि राजनैतिक होइन, अराजनैतिकरूपले आवाज उठाउन पर्छ? अहिले दार्जीलिङ पहाडमा यसप्रकारका विभिन्न प्रश्‍नहरू खडा भइरहेका छन्। दुइ दिनअघि गोरामुमोद्वारा गठित छैटौं अनुसूची प्रचार प्रसार कमिटीले दार्जीलिङमा आयोजना गरेको संगोष्ठीपछि यसप्रकारका प्रश्नहरू उठ्न शुरू भएको हो। गोरामुमोको यस प्रयासबाट एउटा कुरा के स्पष्ट भएको छ भने यो मुद्दालाई राजनैतिकरूपमा उठाइए आफू एकलो परिनेछ, तर अराजनैतिकरूपमा यस मुद्दालाई उठाउन सकिए, यसले धेरैको साथ र समर्थन प्राप्त गर्नसक्छ। गोरामुमोको यो सोंचाई अनि पहल यसपाली केही हदसम्म सफल पनि बन्यो। किनभने, यस संगोष्ठीमा शुरूदेखि नै छैटौं अनुसूचीको ठाडै विरोध गर्नेहरूको पनि जमघट रहेको थियो। यति मात्रै होइन, शुरूआतदेखि छैटौं अनुसूचीको विरोध गर्ने अखिल भारतीय नेपाली अनुसूचित जाति संघका प्रतिनिधिले प्रस्तावित छैटौं अनुसूचीमा अनुसूचित जातिको लागि आरक्षण भए वा दार्जीलिङ पहाडमा लागू गरिने भनिएको छैटौं अनुसूचीको लागि गठन भएको स्ट्याण्डिङ कमिटीले सिफारिश गरेको छैटौं अनुसूची लागू गरिए, त्यसलाई पूर्ण स्वागत जनाउने पनि प्रतिवद्धता जाहेर गरे। विगतमा अनुसूचित जातिले छैटौं अनुसूचीको विरोध गरेको थिएन, केवल चित्त दुखाएको थियो भन्ने पनि स्पष्टीकरण दिए। अखिल भारतीय नेपाली अनुसूचित जाति संघका महासचिव रिवेन घतानीको भनाई थियो – यदि छैटौं अनुसूचीको लागि गठन भएको 31 सदस्यीय स्ट्याण्डिङ कमिटीले सिफारिश… Read More

वैवाहिक सम्बन्ध खुला उच्छृङ्खलता र कामवासनाको चपेटमा

आधुनिकतम भनेर स्वीकार गरिने गरेको पश्‍चिमी समाजमा पनि विवाहलाई आजीवन संरक्षणीय विषय भनेरै स्वीकार गरिन्छ। त्यहाँ वैवाहिक सम्बन्धहरु छिट्टै चकनाचुर हुने गरेको देखिन्छ, तर विवाहपूर्व दुवै पक्षले यो सम्बन्ध आजीवन नटुटोस् भन्ने नै चाहेका हुन्छन्। यौन उदारता अपनाउने समाजमा यस्तो सम्बन्ध टुट्ने अनेक कारणहरु हामी अनुमान गर्न सक्छौं। त्यसैगरी दिमागी क्षमताले नभ्याउने खालका कारण पनि हुनसक्छन्। हो, विभिन्न आधुनिक ध्यान-धारणाले बहकिएका र प्रेम एवं घृणाका साँघुरा सोचाइमा प्रशिक्षित हाम्रा मस्तिष्कहरु प्रेमपूर्ण र दिगो सम्बन्ध बनाउन चाहेर पनि यी वैवाहिक सम्बन्ध किन टुटेका होलान भन्ने कुराको वास्तविकता बुझ्न असमर्थ छन्। हामीले कुनै गलत र भेदभावपूर्ण निर्णय गर्दै वैवाहिक सम्बन्ध विच्छेद गर्यौं भने अनेकौं समस्याहरु भोग्नुपर्ने हुन्छ। अत्यन्त आनन्दविहीन र कल्पना पनि गर्न नसकिने पीडादायी घटनाहरुको सामना गर्नुपर्ने हुन्छ। भगवानलाई हामीले धन्यवाद दिनैपर्ने हुन्छ किनभने हामीले दैनन्दिन जीवनमा गरेका राम्रा-नराम्रा कर्मका आधारमा उहाँले हामीलाई समय समयमा पुरस्कृत र दण्डित पनि गर्नुहुन्छ। मानवसहित प्रकृतिमा भएका सबै प्राणीमा प्रकृतिको यो विधान समान रूपले लागु हुन्छ। प्रकृतिको विधान बुझ्ने व्यक्तिहरुले आफुलाई सच्याउने प्रयास गरेर दीर्घकालीन सुख-शान्ति प्राप्त गर्छन्। त्यसैगरी प्रकृतिका विधानको उपेक्षा गर्नेहरु दुःख र चिन्ताको सागरमा डुब्ने गर्दछन्। उनीहरु आफु पनि दुःख पाउँछन् र आफ्ना आउने पुस्तालाई पनि दुःख हस्तान्तरित गरिरहेका हुन्छन्। लण्डन/अमेरिकाबाट सँगै प्रकाशित हुने ढहश र्ॠीरीवळरप पत्रिकामा हालै प्रकाशित एउटा विचारोत्तेजक लेखले… Read More