छैटौं सरकारमा सिक्किममा भइरहेको परिवर्तनलाई तार्किक निष्कर्षमा पुर्याउँछौं: मुख्यमन्त्री

छैटौं सरकारमा सिक्किममा भइरहेको परिवर्तनलाई तार्किक निष्कर्षमा पुर्याउँछौं: मुख्यमन्त्री

होमनाथ दवाडी बेघा, 30 दिसम्बर। राजनीति कहिल्यै पनि गलत नहुने तर गलत मानिसहरूले राजनीति गर्दा समाज, राज्य र देशलाई नै नोक्सान हुने गरेको मुख्यमन्त्री पवन चामलिङले बताएका छन्। उनले भने, राजनीति विज्ञान हो, राजनीतिलाई विज्ञानकै रूपमा मानेर राजनीतिज्ञहरूले राजनीति गर्दा सम्पूर्णको भलो हुन्छ तर गलत मानिसहरूले व्यक्तिगत महत्वकांक्षा पूरा गर्न र व्यक्तिगत फायदाको निम्ति राजनीतिलाई दुरुपयोग गर्दाखेरी नै यसले नोक्सान गराउने गरेको बताए। सिक्किममा एसडीएफ पार्टीले राजनीतिलाई विज्ञानको रूपमा मानेको र एसडीएफको सरकार पाँचपल्ट सिक्किममा बनिदा सिक्किम र सिक्किमे जनताले जितेको बताउँदै 1994-मा एसडीएफ पार्टी सरकारमा आउँदा कसैले नचिन्ने सिक्किम आज देश र दुनियाँले चिन्ने भएको बताए। उनले भने, राजनीति कहिल्यै पनि गलत हुँदैन कारण राजनीति विज्ञान हो तर यसलाई सिक्किममा भने विपक्षीहरूले आफ्नो हितको निम्ति प्रयोग गर्दैछन्। राजनीतिमा एकमा एक जोड्दा दुई हुन्छ तर सिक्किममा भने एकमा एक जोड्दा एघार हुन्छ भनेर राजनीति गर्नेहरूले सिक्किमे समाजलाई दिग्भ्रमित बनाइरहेको उल्लेख गरे। मुख्यमन्त्री पवन चामलिङले अघि भने, सिक्किममा परिवर्तनको नाममा जनतालाई अल्मलाउने काम भएको छ। अनि राजनीतिबाट गलत फायदा उठाउने कोशिष हुँदैछ। यस विषयमा सिक्किमे जनता सचेत हुनुपर्छ। एसडीएफ पार्टीले गरेका विभिन्न कार्य र जनपक्षीय योजनाहरूलई वर्तमानमा विपक्षी पार्टीले आफ्नो कार्यक्रम बताउँदै जनता झुक्काउने अनि एसडीएफ सरकार डराएर हाम्रो कार्यक्रम लागु गराउँदैछ भन्दै गलत प्रचार गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, एसडीएफ… Read More

बेघामा राज्यस्तरीय गुरुङ तमु ल्होछार पालन

बेघामा राज्यस्तरीय गुरुङ तमु ल्होछार पालन

जगन दाहाल बेघा, 30 दिसम्बर। बेघा सीपफार्ममा आयोजित गुरुङ तमू ल्होछारको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले आजको कार्यक्रमलाई गम्भीरतासँग बुझ्यो भने यसमा धेरै कथा र व्याथाहरू लुकेको पाइने मुख्यमन्त्रीले बताए। मुख्यमन्त्री पवन चामलिङले वर्तमान सरकारमा सिक्किममा भइरहेको विकासको कामबारे जनतालाई थाहा भइरहेको बताउँदै एसडीएफ पार्टी वर्ष 1994-मा सरकारमा आएको र 1995-मा सिक्किम सरकारले गुरुङ भाषालाई राज्य भाषाको मान्यता दिलाएर राज्यका स्कूलहरूमा पढाउन आरम्भ गरेको पनि जानकारी दिए। उनले तमु ल्होछारलाई राज्यस्तरमा छुट्टिको मान्यता दिएर वर्तमान सरकारले नै सिक्किममा ग्याजेटेड होली-डे-को रुपमा मान्यता दिलाएको पनि बताए। उनले भने, वर्तमान सरकारले गुरुङ जातिलाई मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनाअन्तर्गत शिक्षामा आरक्षण, पञ्चायतमा सीटको सुरक्षा, संयुक्त रूपमा केन्द्रिय ओबीसीको मान्यता पाएका गुरुङहरूलाई नोकरीमा सीटको सुरक्षा दिएको अनि एसडीएफ सरकारकै समयमा गुरुङ जातिलाई ओबीसीको मान्यता दिलाएर इम्प्लिमेण्ट गराएको पनि बताए। उनले तमु बौद्ध धर्मावलम्बीहरूको निम्ति सिक्किममा बौद्ध तमु गुम्बाको निर्माण, तमु-धी, तमु रोधीघरहरूको निर्माण गरिने जानकारी दिँदै बेघामा रोधीघर निर्माणको निम्ति रू. 1 करोड 47 लाख रुपियाँ अनुमोदन गरिएको पनि बताए। मुख्यमन्त्री पवन चामलिङले सिक्किमका गुरुङसँगै अन्य जातिको पनि बराबर सुरक्षा भएको जानकारी दिँदै सिक्किमका सम्पूर्ण जातिको धर्म, संस्कृति, पारम्परिक नृत्य र संस्कृतिहरूको पनि संरक्षण गरिएको बताए। वर्तमान सरकारले सिक्किममा सम्पूर्ण जातिको दशैं, चाड, पर्व आदिलाई राज्यस्तरमा सुरक्षा गरेर सम्मान दिएको उल्लेख गर्दै सिक्किमे शेर्पा,… Read More

मुख्यमन्त्रीद्वारा देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन

मुख्यमन्त्रीद्वारा देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन

रुद्र कौशिक गेजिङ, 30 दिसम्बर। पश्‍चिम जिल्लाको मानेबुङ देन्ताम समष्टिअन्तर्गत बेगा सिपफाममा आयोजित गुरूङ तमु ल्होेछार पर्व सम्पन्न भयो। यसै कार्यक्रममा मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। गत 21 दिसम्बरदेखि यहाँको सिपफाममा आयोजना भएको यो पर्वको समापन कार्यक्रम रहेको थियोे। यसै अवसरमा क्षेत्र विधायक एवं मन्त्री नरेन्द्रकुमार सुब्बा, मन्त्री जीएम गुरूङ, मन्त्री एके घतानीसहित विधायकगण, अध्यक्षगण, सल्लाहकारगण साथै जिल्ला अध्यक्ष उपाध्यक्ष पञ्चायत, जिल्ला पञ्चायत, आयोजक समितिका अध्यक्ष पूर्व विधायक दिपक गुरुङ र अन्यको उपस्थिति रहेको थियो। मुख्यमन्त्री पवन चामलिङले कार्यक्रममा उपस्थित हुनअघि देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको विधिवत उद्घाटन गरेका थिए। कुल रकम 1 करोड 7 लाखको लागतमा तयार भएको हो। यस स्वास्थ्य केन्द्रमा 28 वटा पलङ रहेका छन्। कार्यक्रममा सिक्किम सरकारका स्वास्थ्य विभागका मन्त्री एके घतानी, क्षेत्र विधायक नरेन्द्रकुमार सुब्बा, स्थानीय चिकित्सकसहित अन्यको उपस्थित थियोे। कार्यक्रमलाई सम्बाधेन गर्दै क्षेत्र विधायक नरेन्द्रकुमार सुब्बाले यहाँ गुरूङ जाति अधिक भएको कारणले यस स्थानमा तमु ल्होछारको यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले सरकारबाट गुरूङ समुदायलाई सम्मान गर्दै यहाँ 1 करोड 47 लाखको रोदी घर पनि निर्माण गर्ने बताए। यसको चाँडै कार्य थानली गरिने उनले थप बताए। सीपफामलाई राजाले यो जमीन दिएको बताउँदै यहाँ पशुपालन विभाग अधिनस्त लगभग 35 ऐकर जमीन खाली रहेको र यहाँ बनपाला भेडाको निम्ति… Read More

वर्ष 2018: फ्यूचर पोलिसी गोल्ड मेडल सिक्किमको महत्त्वपूर्ण उपलब्धि

वर्ष 2018: फ्यूचर पोलिसी गोल्ड मेडल सिक्किमको महत्त्वपूर्ण उपलब्धि

समय डेक्स गान्तोक, 30 दिसम्बर। जनवरीः 3 जनवरीको दिन एसडीएफ पार्टीका संस्थापक सदस्य एवं सांसद हिस्से लाचुङ्पालाई एसडीएफ पार्टीले पुनः राज्यसभा सांसदका लागि मनोनित गरेको थियो। 7 जनवरीको दिन सिक्किमबाट भारतीय सेनामा 109 जना युवाहरू छानिएका थिए। यी युवालाई मुख्यमन्त्री पवन चामलिङले तालिमको निम्ति फल्याग अव् गरेका थिए। 8 जनवरीको दिन देशका चर्चित सङ्गीत निर्देशक एआर रहमान सिक्किमको ब्राण्ड एम्बासिडर बनेका थिए। फरवरी 8 फरवरीको दिन मुख्यमन्त्री पवन चामलिङले तुमिन लिङ्गी निर्वाचन क्षेत्रको बराङमा ऐतिहासिक धरोहर अष्टचिरञ्जीवी भगवान् परशुराम धामको आधारशीला राखेका थिए। 16 फरवरीको दिन मुख्यमन्त्री पवन चामलिङले नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित दोस्रो दिगो विकास सम्मेलन 2018-मा सहभागिता जनाएका थिए। यो सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले पृथ्वीको इतिहासमा हामी अति नै संवेदनशील अवस्थामा भएको बताएका थिए। 17 फरवरीको दिन सिक्किम सरकारको ग्रामीण प्रबन्धन एवं विकास विभागको अभिनव पहल ‘ धारा विकास’ ले देशमा चर्चा पाएको थियो। नागपुरमा आयोजित दुई दिवसीय भू-जल मन्थन सम्मेलनमा केन्द्रिय मन्त्री नीतिन गड्करीले सिक्किमको धारा विकास पहलको प्रशंसा गर्दै अन्य राज्यहरूलाई यसको अनुकरण गर्ने बताएका थिए। 18 फरवरीको दिन युनिस्को-शिक्षा, शान्ति र दिगो विकासका लागि महात्मा गान्धी संस्थान एमजीआइईपी र मानव संसाधन विकास विभागमाझ महत्त्वपूर्ण साझेदारी सम्झौता हस्ताक्षर भएको थियो। यो सम्झौताअनुसार शान्ति, दिगो विकास र वैश्‍विक नागरिकता विषयलाई पाठ्यपुस्तकमा सामेल गरिने सहमति… Read More

वरिष्ठ नागरिकहरू सम्मानित

वरिष्ठ नागरिकहरू सम्मानित

नामथाङ, 30 दिसम्बर। दक्षिण सिक्किमको नामथाङ रातेपानी समष्टिअन्तर्गत जर्मन लेप्चा माध्यमिक स्कूल तुरूङमा आज वरिष्ठ नागरिकहरूलाई सम्मान जनाउने कार्यक्रम भयो। श्रीमती टिकामाया चामलिङ मुख्य अतिथि रहेको कार्यक्रममा विधायक तिलु गुरूङ विशिष्ठ अतिथि रहेकी थिइन्। कार्यक्रममा श्रम बोर्डका अध्यक्ष मदन सिञ्चुरी, समाज कल्याण विभागका अध्यक्ष फूरमित लेप्चा र अन्य विशिष्ठ व्यक्तित्वहरू उपस्थित थिए। यस अवसरमा मुख्य अतिथिको बाहुलीबाट नामथाङ रातेपानी समष्ठिका 70 वर्ष अधिकका वरिष्ठ नागरिकहरूलाई ब्लाङकेट पनि वितरण गरियो। यस अवसरमा पूर्व जिल्ला पञ्चायत अध्यक्ष कर्मा छोकी भोटिया (पश्‍चिम जिल्ला), समाज कल्याण विभागकी अध्यक्ष फूरमित लेप्चा, उत्तर जिल्लाकी पूर्व जिल्ला पञ्चायत अध्यक्ष अंगुली लेप्चा, दक्षिण जिल्लाकी पूर्व जिल्ला पञ्चायत उपाध्यक्ष देवीमाया बराइलीलाई महिला सशक्तीकरण र समाज विकासको लागि उल्लेखनीय योगदान दिएवापत सम्मान जनाइएको थियो। स्थानीय कलाकार र एसएचजी फेडरेसन नामथाङ ब्लकले कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि टिकामाया चामलिङले वर्तमान सरकारले गरेका विकासमूलक कार्यक्रमहरूबारे अवगत गराएकी थिइन्। उनले महिलाहरूका निम्ति शुरू गरिएका योजनाहरूको लाभ महिलाहरूलाई प्राप्त होस् भन्ने कुरालाई सुनिश्‍चित गर्न पञ्चायतहरूले मिलेर काम गर्ने आह्वान गरेकी थिइन्। स्मरण रहोस्, पूर्वोत्तर ग्रामीण जीविकोपार्जन योजना (नरलेप) अन्तर्गत स्थापित एसएचजी भिलेज फेडरेशनले यो कार्यक्रम आयोजना गरेको थियो। फेडरेशनले ग्रामीण क्षेत्रका महिलाहरूको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिने 10 विभिन्न एसएचजीहरूलाई पनि सम्मान जनाएको छ।

प्रथम अखिल सिक्किम महिला फूटबल प्रतियोगिताको उपाधि एसजीएको झोलीमा

प्रथम अखिल सिक्किम महिला फूटबल प्रतियोगिताको उपाधि एसजीएको झोलीमा

गान्तोक, 30 दिसम्बर। पश्‍चिम सिक्किमको सोरेङ गर्ल्स एकाडेमी (एसजीए)-ले ‘प्रथम अखिल सिक्किम महिला फूटबल प्रतियोगिता 2018’-को उपाधि आफ्नो नाम गरेको छ। राजधानीको पाल्जर स्टेडियममा आइतबार खेलिएको फाइनल खेलमा एसजीएले प्रतिद्वन्दी दल सोरेङकै प्रगति संघलाई 1-0 गोलले पराजित गर्यो। एसजीएको तर्फबाट उक्त निर्णायक गोले जर्सी नम्बर 9 हन्ना राईले गरेकी थिइन्। उनले उक्त गोले दोस्रो हाफको 22औं मिनटमा गरिन्। विजेता दललाई ट्रफीसहित 15 हजार नकद तथा उपविजेता दललाई ट्रफीसहित 10 हजार रुपियाँ प्रदान गरियो। यस अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित राज्य खेल तथा युवा मामिला विभागका सचिव एसडी ढकाल, विशिष्ट अतिथि तेन्जिङ लाम्टा, सिक्किम फूटबल एसोसिएशन (एसएफए)-का अध्यक्ष मेन्ला इथेन्पा तथा अन्य अतिथिहरूका बाहुलीद्वारा पुरस्कार प्रदान गरियो। यसैगरि, प्रगति संघकी मुस्कान सुब्बालाई वुमन अफ द म्याच, प्रगति संघकी गोलकिपर सीमा गुरूङलाई वेस्ट प्लेयर अफ द टुर्नामेन्ट, एसजीएकी गोलकिपर ग्यूर्मी डोल्मालाई वेस्ट गोलकिपर र सिमरन गुरूङलाई सर्वाधिक गोल स्कोररको रूपमा पुरस्कृत गरियो। उक्त फूटबल प्रतियोगिताको आयोजना एसएफएको महिला शाखाले गरेको थियो। आयोजकको पक्षबाट श्रीमती छुङछुङ भोटियाले जानकारी दिएअनुसार उक्त प्रतियोगिताको शुरूआत गत 26 दिसम्बरदेखि गरिएको हो। यस प्रतियोगितामा राज्यभरिबाट जम्मा आठ दलले भाग लिएको थियो। उनले आगामी वर्षदेखि महिलाहरूका निम्ति पनि लीग म्याच आयोजन गर्ने र सिक्किमलाई प्रतिनिधित्व गर्ने एउटा राज्य महिला फूटबल दल गठन गर्ने जानकारी दिइन्।

23 जनवरी क्रामाकपा चुनाउ समितिको बैठक

23 जनवरी क्रामाकपा चुनाउ समितिको बैठक

जनवरी अन्तिम साता सर्वदलीय बैठकको योजना समय संवाददाता दार्जीलिङ, 30 दिसम्बर। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले आगामी 23 जनवरीको दिन पार्टीद्वारा गठित लोकसभा चुनाउ समितिको बैठक गर्ने निर्णय लिएको छ। जसमा सर्वदलीय बैठक गर्नेबारे चर्चा-परिचर्चा गर्नका साथै आफ्नो रणनीति पनि तयार पार्ने भएको छ। हिजो पार्टीले वर्ष 2018-को अन्तिम केन्द्रिय सभाको आयोजना गरेको थियो, जसमा वर्षभरि पार्टीले गरेका विविध कार्यक्रम, सफलता अनि विफलता आदिबारे चर्चा गरिएको आज क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले बताए। उनले आगामी लोकसभा चुनाउबारे पार्टीले पूर्ण तयारी गरिसकेको जानकारी गराउँदै यसको लागि नै दार्जीलिङ लोकसभा आसनलाई पार्टीगत रूपमा 15 वटा सेक्टरमा विभाजन गरेको र यसको लागि 15 जना नै प्रभारी चयन गरिएको पनि बताए। यी सेक्टर प्रभारीहरूले आगामी 1 जनवरीदेखि नै आ-आफ्नो सेक्टरको निरीक्षण गर्नेछन् र आगामी 23 जनवरीको दिन तय भएको चुनाउ समितिको बैठकमा उनीहरूले रिपोर्ट पेश गर्नेछन्। यसैको लागि पार्टी कार्यालयमा 1 जनवरीदेखि 15 जनवरीसम्म नै शीतकालीन विदा दिइने भएको छ। पार्टी कार्यालय यस 15 दिन बन्द रहे पनि सेक्टर प्रभारीहरूले आफ्नो काम गरिरहेका हुनेछन्। उनले भने- पार्टीले आगामी लोकसभा चुनाउबारे सर्वदलीय बैठक गर्ने चाजो मिलाएको छ। तर यसअघि पार्टीको चुनाउ समितिको बैठक 23 जनवरीको दिन गर्ने तय गरिएको छ। यसपछि जनवरीको अन्तिम सातातिर सर्वदलीय बैठक गर्ने योजना छ। ताकि लोकसभा चुनाउमा सबै मन मिल्ने पार्टीहरू… Read More

युवा मोर्चाको युवा अधिवेशन

युवा मोर्चाको युवा अधिवेशन

युवाहरूको राजनैतिक संस्कार परिवर्तन गर्ने उद्देश्य समय संवाददाता दार्जीलिङ, 30 दिसम्बर। युवाहरूको राजनैतिक संस्कारमा परिवर्तन अनि बौद्धिक विकास हुनपर्ने विषयमाथि जोर दिने उद्देश्य राखेर गोर्खा जनमुक्ति युवा मोर्चाले युवा अधिवेशनको आयोजना गर्यो। पुल-बिजनबारी समष्टिअन्तर्गत पुलबजारस्थित सार्वजनिक भवनमा भएको युवा मोर्चाको यस एक दिवसीय अधिवेशनको अध्यक्षता युवा मोर्चा अध्यक्ष अमृत योञ्जनले गरेका थिए भने गोजमुमो केन्द्रिय समिति महासचिव अनित थापा प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए। यस अधिवेशनलाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै पार्टी महासचिव अनित थापाले युवाहरूलाई यथार्थ राजनीतिको पछि लाग्ने सुझाव दिए। उनले भने- बेरोजगार एउटा रोग हो, यो मनको रोग हो। जुन दिन युवाहरूले आफ्नो मनबाट अरूप्रतिको आशा त्याग्छ अनि बेरोजगारको रोगलाई मनबाट निकाल्छ, त्यसै दिनदेखि युवाहरू स्वनिर्भर बनेको हुन्छन्। रोजगार भनेको सरकारी नोकरी पाउनु मात्र होइन। स्कील डेभ्लोपमेन्टको माध्यमद्वारा पनि हामी स्वनिर्भर बन्नसक्छौं। वास्तवमा यही नै हो नयाँ सोच र नयाँ परिवर्तन। युवा जमातलाई सम्बोधन गर्ने क्रममा गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले युवाहरूलाई ठेका गर्न मात्र होइन, राजनीति पनि सिक्नपर्ने सुझाउ दिए। यसरी नै यस अधिवेशनको मूल औचित्यबारे बताउदै समष्टि युवा मोर्चा अध्यक्ष सनित लामाले युवाहरूको राजनैतिक संस्कारमा परिवर्तन अनि बौद्धिक विकास हुनपर्ने विषयमाथि जोर दिंदै यो अधिवेशन आयोजना गर्नुको उद्देश्य पनि यही हो भने। दार्जीलिङ पहाडका विभिन्न समष्टिबाट युवा प्रतिनिधिहरूको उपस्थिति रहेको यस… Read More

प्रधानमन्त्री मोदी पुगे अण्डमान

प्रधानमन्त्री मोदी पुगे अण्डमान

नयाँ दिल्ली, 30 दिसम्बर। प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार अण्डमान र निकोबार द्वीप पुगे। उनले कार निकोबारको भ्रमण गरे अनि वर्ष 2004 मा आएको सुनामीमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरे यहाँ पुग्दा निकोबारी गीतको माध्यमले उनको स्वागत गरियो। प्रधानमन्त्रीले निकोबारी भाषामा आफ्नो भाषणको शुरुवात गरे। पीएमले भने, ‘गंगाले आफ्नो पवित्रताले जुन प्रकारले जनमानसलाई आशीर्वाद दिँदै आएकी छन् त्यस्तै निकोबारको समुद्रले भारतको चरण वन्दना गरिरहेछ। निकोबारको कलाको प्रदर्शन भारतीय जीवनशैलीको धेरै ठूलो शक्ति हो। कारगिल युद्धदेखि लिएर कार-निकोबारसम्म, कच्छदेखि कोहिमासम्म पारिवारिक संस्कृति देशको धेरै ठूलो शक्ति रहेको छ। म सुनामी पीडित मानिसहरूलाई नमन गर्दछु। सुनामीको कारण निकोबारको जीवन अस्त-व्यस्त भएको थियो। आज कार-निकोबार जहाँ छ त्यो यहाँका मानिसहरूको परिश्रमको परिणाम हो।’ बिजुली- स्पोर्ट्स, टूरिजम प्रोजेक्टको निम्ति कार निकोबारका मानिसहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भारत सरकारले गरेका धेरै कामहरूको उल्लेख गरे। पीएमले भने, ‘म देशको कुना-कुनामा पुगेर सबैसँग कुरा गर्नसकु भन्ने मेरो प्रयास रहन्छ। माटो खन्दा उत्पन्न भइरहेका खतराहरूको उपाय खोजिएको छ। सी-वालको निर्माण गरिँदैछ। यसले कार-निकोबारलाई सुरक्षा दिने काम गर्नेछ। जनतालाई सिंचाई- बिजुली र रोजगार दिन सरकार प्रतिबद्ध छ। आज रोजगारको निम्ति युवा निकोबारमै होइन तर देशभरिमा कतै पनि रोजगारको निम्ति समर्थ हुनेछन्। खेलको भावना निकोबारको रगतमा दौडिरहेछ।’ प्रधानमन्त्रीले कार निकोबारका खेलाडीहरूसित भेट गरे। प्रधानमन्त्रीले भने, ‘लपाती गाउँमा बनेको खेल परिसर जनताको निम्ति समर्पित… Read More

चुनाउ, चुनौती र सोंच

चुनाउ, चुनौती र सोंच

हामी वर्ष 2018 को अन्तमा आइपुगेका छौं। यो वर्ष मीठा अनि तिता घटनाहरूको समिश्रणले बित्यो। आगामी वर्ष पनि यसरी नै बितोस्। अवश्य यस्तै सुख, शान्तिले बितोस्, सबैप्रति कामना। नयाँ वर्षमा सफल बन्न हामीले आइपर्ने चुनौतिहरू बारे समयमा नै सोच्नु पर्ने हुन्छ। वर्ष 2019 सिक्किमका लागि मात्र नभएर भारतमै एक चुनौतीको रुपमा देखा पर्ने छ। देशमा विधानसभा अनि लोकसभा चुनाउ हुनेछ। देशको भविष्य निर्माण गर्ने यो चुनाउ देशवासीको निम्ति चुनौतीको रुपमा रहनेछ। विगत 5 वर्षदेखि केन्द्रको एनडीए सरकारले गरेका कामको मूल्याङ्कन अनि त्यसको परिणाममाथि देशवासीले निर्णय लिनेछन्। सरकारमा आउन अघि घोषणा गरिएका विषयहरू जनहितमा कति शुरू गरियो, त्यो कतिसम्म प्रभावकारी बन्यो अनि त्यसले देश तथा देशवासीलाई के परिणाम दियो, यसको मूल्याङ्कन गर्न एक चुनौती बन्नेछ। यसरी नै सिक्किमको सन्दर्भमा पनि केही कुरा गर्न उचित रहला। सिक्किममा एसडीएफ पार्टीले 24औं सरकार स्थापना दिवस पालन गर्यो। यो 24 वर्षमा राज्यमा एसडीएफ पार्टीको सरकारले के गर्यो, कति गर्यो, यसमा राज्यवासीले गहन भएर मूल्याङ्कन गर्नपर्छ। सन् 1994-मा एसडीएफ पार्टीले आफ्नो सरकार स्थापना गर्दा सिक्किम कस्तो थियो अनि आज त्यही सिक्किम कस्तो भएको छ, यस दिशमा राज्यवासीले गहन भएर अध्ययन चिन्तन गर्न आवश्यक रहेको छ। अहिलेको सिक्किम रेडिमेड सिक्किम होइन्। सन् 1994 पूर्व सिक्किमको शैक्षिक दर, चरम गरीबी, स्वास्थ्य सेवा, व्यावसाय गर्ने अवसर आदि क्षेत्रहरूमा राज्यवासीले… Read More