गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस

गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस
Please Like and Share our website Samay Dainik

दार्जीलिङ, 7 अक्टोबर।

गोर्खा जनमुक्ति मोर्चा दुवै खेमाले आज आ-आफ्नै तरिकाले पार्टीको 14औं स्थापना दिवस पालन गरे। विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङको जज बजारस्थित केन्द्रिय कार्यालयसँगै विभिन्न स्तरमा समान्य ढङ्गले पार्टीको स्थापना दिवस पालन गर्‍यो भने विमल गुरूङपन्थी गोजमुमो समर्थकहरूले पनि सामान्यरूपले पार्टीको स्थापना दिवस पालन गरे। विनय तामाङपन्थी गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले पार्टीको स्थापना दिवस विभिन्न स्तरमा पालन गरिएको जानकारी गराउँदै पार्टी स्थापनाको 14 वर्षमा सरकारले पनि गोर्खाल्याण्ड शब्दलाई आधिकारिकरूपमा मान्यता दिन शुरू गरेको बताए। जसलाई पार्टीले आफ्नो एउटा उपलब्धी मानेको पनि उनले जनाए। यसअघिसम्म गोर्खाल्याण्ड शबदलाई सरकारले अर्कै दृष्टिकोणले हेर्ने गरेको पनि उनले जनाए।

यसैबीच, अर्कोतर्फ पार्टीको स्थापना दिवसको अवसर पारेर विमल गुरूङले एक विज्ञप्ति जारी गरी पार्टीका सम्पूर्ण समर्थकहरूलाई शुभकामना दिएका छन्। उनले बताएअनुसार, गोर्खा जनमुक्ति मोर्चा पाटर्टको 14औं स्थापना दिवसको शुभ उपलक्ष्यमा दार्जीलिङ पहाड, तराई अनि डुवर्सका कन्दरा कन्दरामा बस्ने मेरा प्यारा गोर्खे सन्तानलगायत भारत देश साथै विश्वभरि छरिएर बसेका सम्पूर्ण गोर्खाली समुदायलाई पार्टीको 14औं स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस

यो देशले गोर्खा जातिलाई केही नदिए पनि गोर्खा जातिले आफ्नो शरीरको एक-एक थोपा रगत यो देशको सुरक्षा र समृद्धिको निम्ति दिएको छ। यो देशमा गोर्खाहरुले दिएको योगदान अनि सर्वोच्च बलिदानको सही मूल्यांकन होस् अनि भारत देशमा गोर्खाहरुको पहिचान र अस्तित्वको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण होस् भन्ने उद्देश्य साथै लक्ष्य राखेर नै गोर्खा जनमुक्ति मोर्चा पार्टीको स्थापना भएको हो। हामी आफ्नो उद्देश्य र लक्ष्यप्रति आज पर्यन्त गम्भीर छौं। गोर्खा जनमुक्ति मोर्चा पार्टीको 14औं स्थापना दिवसको अवसरमा सम्पूर्ण सहयोगीहरूलाई सम्झनामा राख्न चाहन्छु, जसले यो पार्टी स्थापना गर्नदेखि पार्टीलाई मजबुत बनाउनसम्म परिश्रम र त्याग गरेका छन्।

गोर्खा जनमुक्ति मोर्चाको कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो माटो, जाति र अस्तित्वको निम्ति प्राणको आहुति दिने ती वीर विराङ्गना शहीदहरुलाई पनि यस अवसरमा श्रद्धाञ्जलि अर्पण गर्छौं। उनीहरुको त्याग र बलिदानको कुरा गोर्खा जनमुक्ति मोर्चाको इतिहासमा सुनौलो अक्षरले लेखिएको हुनेछ। धेरै संघर्ष गर्दै भए पनि हाम्रो उद्देश्य र लक्ष्यको निम्ति बढ़ेको यात्रा निरन्तर जारी छ, अब आउने दिनमा गोर्खा जातिको निम्ति एकदमै राम्रो हुने अपेक्षा साँचेका छौं। जे जस्तै परिस्थिति आए पनि जनताको साथ र सहयोग गोर्खा जनमुक्ति मोर्चाप्रति यसरी नै रहिरहोस् भन्ने उनले कामना गरेका छन्।

गोजमुमो दुवै खेमाले पालन गर्‍यो 14औं स्थापना दिवस


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment