आउने दिनहरूमा देशमा 10 लाख प्रतिदिन टेस्ट हुनेछ- डा. हर्षवर्धन

आउने दिनहरूमा देशमा 10 लाख प्रतिदिन टेस्ट हुनेछ- डा. हर्षवर्धन
Please Like and Share our website Samay Dainik

नयाँ दिल्ली, 16 जुलाई (हिस)। केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. हर्षवर्धनले बिहीबार एम्समा नयाँ ओपीडी राजकुमारी अमृतकौर ओपीडी भवनको उद्घाटन गरे। यो भवन बुजुर्ग रोगीहरूको निम्ति समर्पित छ। यस अवसरमा भवनमा पूजा-अर्चना गरियो, जसमा डा. हर्षवर्धनको साथ स्वास्थ्य राज्यमन्त्री अश्विनी कुमार चौबे पनि उपस्थित थिए। आउने समयमा एम्समा अझ् धेरै ब्लकको शुरूआत हुनेछ।

डा. हर्षवर्धनले यस अवसरमा भनेका छन्, ‘वर्तमान समयमा देशको रिकवरी रेट 63.25 प्रतिशत छ, जबकि मृत्यु दर 2.57 प्रतिशत छ। अहिले देशमा 2 प्रतिशतभन्दा कम मानिस आईसीयूमा छन् औं 0.32 प्रतिशत मानिस वेन्टिलेटरमा छन्। आउने दिनहरूमा देशमा एक दिनमा कोरोनाको 10 लाखभन्दा धेरै टेस्ट गरिनेछ’।

आउने दिनहरूमा देशमा 10 लाख प्रतिदिन टेस्ट हुनेछ- डा. हर्षवर्धन


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment