समष्टिस्तरीय फूटबल प्रतियोगिताको लीग चरणका खेल सम्पन्न

समष्टिस्तरीय फूटबल प्रतियोगिताको लीग चरणका खेल सम्पन्न
Please Like and Share our website Samay Dainik

9 जनवरीदेखि क्वार्टर फाइनल खेल शुरु

गान्तोक, 8 जनवरी।
खेल तथा युवा मामिला विभागद्वारा आयोजना भइरहेको अन्तर समष्टिस्तरीय फूटबल प्रतियोगितामा पाल्जर स्टेडियम, देन्ताम र नाम्ची शिङ्गीथाङमा गरेर आठवटा म्याच खेलाइयो। पाल्जर स्टेडियममा चारवटा म्याच खेलाइयो भने देन्ताममा दुइवटा, नाम्ची सिङ्गीथाङमा दुइवटा म्याच खेलाइयो। पाल्जर स्टेडियममा भएको पहिलो खेलमा खाम्दोङ सिङ्ताम र कावी लुङचोक भिडेका थिए। यसमा खाम्दोङ सिङ्तामले 5-3 गोल अन्तरको जीत हासिल गर्‍यो। यसरी नै दोस्रो म्याच गान्तोक र नामचेबुङबीच खेलिएको जसमा गान्तोकले 3-2 गोल अन्तरको जीत दर्ता गर्‍यो। तेस्रो म्याचमा लाचेन मगन र रिनाकमाझ भिडन्त भयो भने यो म्याच लाचेन मगनले 1-0 गोल अन्तरले जित्यो। यसरी नै चौथो खेलमा अप्पर तादोङले छुजाचेनलाई 6-5 गोल अन्तले पराजित गर्न सफल रह्यो।
यसरी नै पश्‍चिम जिल्लाको देन्ताममा खेलिएका खेलहरू सोरेङ च्याखुङले दरमदिनलाई 3-0, अनि जूम सालघारीले योक्सम टाशीडिङलाई 5-0 गोल अन्तरले पराजित गर्‍यो।
दक्षिण जिल्लाको शिङ्गीथाङ खेल मैदानमा भएको खेलमा मल्लीले राङगाङ याङगाङलाई 2-1 गोल अन्तले पराजित गर्‍यो भने बर्फूङले नामथाङ रातेपानीलाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका छन्। 9 जनवरीदेखि जोरथाङ खेल मैदानमा प्रतियोगिताको तेस्रो तथा फाइनल चरणका खेलहरू खेलिने छन्। यसमा भोली समूह ए-को विजेता जीम खामदोङ सिङ्ताम र समूह जी-को विजेता टीम सालघारी जूममाझ भिडन्त हुनेछ। प्रतियोगिताअन्तर्गत 13 र 14 जनवरीमा सेमीफाइनल खेल खेलिनेछ भने फाइनल खेल 15 जनवरीमा हुनेछ।

समष्टिस्तरीय फूटबल प्रतियोगिताको लीग चरणका खेल सम्पन्न


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment