वारियर छेवाङ सेभेन बन्यो लक्षीमाया स्मारक आर्चेरी च्याम्पियन

वारियर छेवाङ सेभेन बन्यो लक्षीमाया स्मारक आर्चेरी च्याम्पियन
Please Like and Share our website Samay Dainik

पाकिम, 9 मार्च।
थुङसुङ आर्चेरी एसोसिएशनद्वारा पूर्व सिक्किमको आरिटारमा आयोजना गरिएको लक्षीमाया स्मारक आर्चेरी प्रतियोगिताको फाइनल खेल 8 मार्चको दिन सम्पन्न भयो। डेञ्जोङ एग्रिकल्चर कोअपरेटिभ सोसाइटीका अध्यक्ष पुरुणकुमार गुरुङद्वारा प्रायोजित यो प्रतियोगिताको फाइनल खेलका अवसरमा मुख्यमन्त्रीका ओएसडी मोणहन खतिवडा मुख्य अतिथि रहेका थिए। यस अवसरमा पुरण गुरुङ र पूर्व जिल्लाका पूर्व जिल्लाअध्यक्ष विमल दवाडीसितै स्थानीय खेलप्रेमी दर्शकको उपस्थिति रहेको थियो।
प्रतियोगिताको फाइनल भिडन्तमा वारियर छेवाङ सेबेन सेउले र भोटिया युथ क्लब पेदोङमाझ भएको थियो। यसमा वारियर छेवाङ सेभेनले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्यो। विजेता टीमका खेलाडी सोनाम भोटिया र उपविजेता टीमका खेलाडी छोग्याल भोटिया क्रमशः म्यान अव् द म्याच र म्यान अव् द सिरिज घोषित भए। प्रतियोगिताको फाइनल खेलको अवसरमा विजेता टीमलाई 70 हजार नगद राशिसहित आकर्षक ट्रफी प्रदान गरियो भने उपविजेता टीमलाई 50 हजार नगद राशिसितै ट्रफी प्रायोजकको बाहुलीबाट प्रदान गरियो।
थुङसुङ आर्चेरी एसोसिएशन आरिटारले महिला आर्चेरी खेलाडी टिका माया गुरुङलाई पनि अभिनन्दन जनायो। यसमा टिका माया गुरुङलाई प्रशंसा प्रत्र र नगद पुरस्कार प्रदान गरियो। यस अवसरमा स्व. जङ्गे गुरुङको कविता संग्रह ‘विरहको आँशु’ को पनि विमोचन गरियो। यो कविता संग्रह स्व. गुरुङको परिवारले नरपति दवाडी, अजय गुरुङ र मधु राम राईको सहयोगमा प्रकाशन गरेको छ। यस अवसरमा आरिटार माध्यमिक स्कूल र थुङसुङ प्राथमिक स्कूलका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका थिए।

वारियर छेवाङ सेभेन बन्यो लक्षीमाया स्मारक आर्चेरी च्याम्पियन


Please Like and Share our website Samay Dainik

Related posts

One Thought to “वारियर छेवाङ सेभेन बन्यो लक्षीमाया स्मारक आर्चेरी च्याम्पियन”

  1. Your way of telling all in this article is really pleasant, all can easily
    understand it, Thanks a lot.

Leave a Comment