रिनाकमा एसडीएफको सभा

रिनाकमा एसडीएफको सभा
Please Like and Share our website Samay Dainik

रम्फू, 31 दिसम्बर।
पूर्व सिक्किमको रिनाक निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न वार्डमा सत्तारूढ पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको सभाहरू निरन्तर रूपमा चलिरहेको छ। तित्रीबोटे वार्डमा आयोजित सभामा वार्डका 74 परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। पूर्व जिल्ला उपसंयोजक अर्जुन मंगर, बाले सार्की, प्रचार प्रसार प्रभारी मणिकुमार प्रधान आदिको विशेष उपस्थितिमा क्षेत्रका नागरिकहरूले गुनासो र पार्टीको उल्लेखनीय कार्यहरूबारे गहन चर्चा परिचर्चा गरियो। समाज सेवी सञ्जय छेत्रीको प्रयास र सक्रियतामा आयोजित सभामा दीपक सापकोटाले पिउने पानीको समस्या माथि चर्चा गरे भने अरुण तामाङ, बुद्ध तामाङ र अन्य केही सदस्यहरूले एसडीएफ पार्टीको सरकारमा औद्योयोगिक क्रान्तिले व्यापक लाभ स्थानीयहरूलाई पुगेको, जैविक आन्दोलनले सिक्किमको सुनाम विश्‍व भरी नै फैलिएकोबारे जानकारी गराए। समाज सेवी सञ्जय छेत्रीले आफ्नो सम्बोधनमा मुख्यमन्त्री पवन चामलिङको गाउँमुखी विकाश प्रति सकारात्मक सोचको फलस्वरूप आज सबै गाउँहरूमा सीएमआरएचएम, रेडआरएच र अन्य धेरै योजनाहरूअन्तर्गत मोडल घरहरू निर्माण भइरहेको बताए। आगामी जनवरीमा फेरि जनताराजमा जनतालाई नै राजा बनाउने उद्देश्यले जनता मेला आयोजन गरिरहेको बताउँदै सबै गाउँवासीलाई जरूरतअनुसार सहूलियतहरू सरकारले प्रदान गर्ने निर्णय लिएको पनि जानकारी गराए।

रिनाकमा एसडीएफको सभा


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment