राज्यस्तरीय ‘कोफेक्वा तङ्नाम’ समारोहको भव्य तयारी

राज्यस्तरीय ‘कोफेक्वा तङ्नाम’ समारोहको भव्य तयारी
Please Like and Share our website Samay Dainik

गेजिङ, 13 जनवरी।
लिम्बू पञ्चाँगको आधारमा यहीं माघे संक्रातिलाई नयाँ वर्ष अथवा कोफेक्वा तङ्नामको रूपमा मनाउने चलन छ। यस कार्यक्रमलाई राज्यस्तरीय रूपमा मनाउन पश्‍चिम जिल्लाको याङ्थाङ समष्टिअन्तर्गत लिङ्चोम उच्चतर माध्यमिक स्कूलको खेल मैदानमा भव्य तयारी चलिरहेको छ। कार्यक्रमको उद्घाटन समारोहमा राज्यका मुख्यमन्त्री पीएस गोलेको उपस्थिति रहने आयोजक समितिले जानकारी गराएको छ। विगत चार वर्ष अघिदेखि लिङचोममा यो कार्यक्रमलाई मनाउँदै आएको हो। आगामी 14 अनि 15 जनवरीका दिन दुई दिवसीय कोक्फेक्वा तङ्नाम भव्य रूपमा मनाउने आयोजक समितिका अध्यक्ष पीबी लिम्बूले जानकारी दिए।
लिम्बू पञ्चाङको आधारमा अहिले सुँगुर लो चलिरहेको छ भने अब यस नयाँ वर्ष अथवा माघे संक्रातिदेखि मुसा लो चल्ने भएकोले नयाँ सालको रूपमा मनाउने र लिम्बू साहित्य, संस्कृति, पहिचान र रीति-रिवाजलाई बचाइराख्ने लिम्बू संस्कृति रहनसहन अनि खाद्यान्न सामग्रीहरूको भरपुर आनन्द गराउने पनि कार्यवाहक अध्यक्ष एसपी मान्युङले जानकारी दिए। यसबाहेक कार्यक्रममा दर्शकहरूलाई भरपुर आनन्द दिलाउन नेपालका ख्याति प्राप्त कलाकार सीता सिनग्याक लिम्बू, जेपी नेम्बाङ, ब्रबिन शेर्पाले आफ्नो प्रस्तुति दिनेछन् भने स्थानीय कलाकार सावन लिम्बू, सञ्चमान लिम्बू, भिममाया लिम्बू अनि सोना लिम्बूले आफ्नो प्रस्तुति दिनेछन्।

राज्यस्तरीय ‘कोफेक्वा तङ्नाम’ समारोहको भव्य तयारी


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment