रङहरूको पर्वमा डुब्यो देशको क्लिनेस्ट हिल स्टेशन

रङहरूको पर्वमा डुब्यो देशको क्लिनेस्ट हिल स्टेशन
Please Like and Share our website Samay Dainik

गान्तोक, 20 मार्च।
देशको क्लिनेस्ट हिल स्टेशन गान्तोकमा आजदेखि नै होली पर्व हर्षोल्लासको साथमा आरम्भ भएको छ। रङहरूको पर्व मानिने होली राजधानी गान्तोकलगायत राज्यका विभिन्न शहरी क्षेत्रहरूमा आजदेखि भव्यताको साथमा शुरू भएको छ। यसै क्रममा राजधानी गान्तोकमा गत वर्षभन्दा अधिक उत्साहको साथमा एक दिन अघिदेखि नै होली पर्व शुरु भएको छ। राजधानीको एमजी मार्गमा सबै उमेरका मानिसहरूले होली पर्व मनाइरहेका छन्। परम्परागत रूपमा सिक्किममा व्यापारी समुदायले पालन गर्दै आएको यो पर्वलाई विगत केही वर्षदेखि अन्य समुदायहरूले पनि उत्साहपूर्वक पालन गर्दै आइरहेका छन्। गान्तोकस्थित छोकासुम भवनमा गत 18 मार्चको दिन बिहारी कल्याण मञ्च सिक्किमको तत्वावधानमा आयोजित होली मिलन पर्व कार्यक्रममा मुख्यमन्त्री पवन चामलिङ सहभागी बनेका थिए। उक्त दिन बिहारी कल्याण मञ्च सिक्किमले मुख्यमन्त्री चामलिङलाई अभिनन्दन पनि जनाएको थियो। सिक्किममा व्यापारीहरूले उपभोग गर्दै आएको शान्ति र प्राप्त गर्दै आएको सुरक्षालाई अभिनन्दनको मुख्य विषय रहेको थियो। यसका अतिरिक्त अभिनन्दनमा सरकारले सिक्किमलाई विश्‍वकै एकमात्र पूर्ण जैविक राज्य बनाउने ऐतिहासिक सफलता प्राप्त गरेको अनि देशमा सर्वाधिक समयसम्म मुख्यमन्त्री बन्ने कीर्तिमान हासिल गरेकोमा मुख्यमन्त्री चामलिङलाई बधाई पनि दिइएको थियो।
भोलि 21 मार्चको दिन सरकारी विदा रहे तापनि एक दिन अघिदेखि नै होलीको रमझम शुरू भएको छ। होली पर्व पालन गर्दै सिक्किम विश्‍वविद्यालयमा पछिल्लो तीन वर्षदेखि अध्ययनरत राज्यबाहिरका विद्यार्थीहरूले सिक्किमका विभिन्न पर्वहरूमध्ये होली पर्व रमाइलो पर्व रहेको बताएका छन्। यहाँ पालन गरिएको होली पर्वका क्षणहरूलाई सिक्किमको यादहरूस्वरूप लिएर जाने उनीहरूले बताएका छन्। उनीहरूले आफ्नो शहरमा गएर सिक्किममा पालन गरिने पर्वहरू र सिक्किमको परिवेश विषयमा आफन्तहरूलाई पनि सुनाउने बताएका छन्। यसरी नै एमजी मार्गका वरिष्ठ व्यापारीहरूले सिक्किमेली समाजलाई होली पर्वको शुभकामना दिँदै दुई दिनसम्म रमाइलो नाचगानसहित कार्यक्रम आयोजन गरिने जनाएका छन्। कोलकाताबाट आएका एक हुल पर्यटकहरूले पनि आफ्नो होली पर्व सिक्किममा मनाउन पाएकोमा खुशी व्यक्त गरे। हावडा निवासी पारूल घोषले आफ्नो ठाउँ ठूलो भएपनि यहाँको स्वच्छ हावामा र पहाडी ठाउँमा यसरी रङ्गीन पर्व मनाउन पाउनु अहोभाग्य रहेको बताइन्। आफू परिवारसित पहिलोपल्ट सिक्किम घुम्न आएको अनि सिक्किममा पनि होली पर्व यति रमाइलोसित पालन गरिने थाहा पाएर धेरै खुशी लागेको बताइन्।

रङहरूको पर्वमा डुब्यो देशको क्लिनेस्ट हिल स्टेशन


Please Like and Share our website Samay Dainik

Related posts

One Thought to “रङहरूको पर्वमा डुब्यो देशको क्लिनेस्ट हिल स्टेशन ”

  1. My brother suggested I might like this blog.
    He was totally right. This post truly made my day. You can not imagine
    simply how much time I had spent for this information! Thanks!

Leave a Comment