युवाहरू कृतिम बौद्धिकतासितै अन्य वैज्ञानिक प्रगतिसित प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्छः पवन चामलिङ

युवाहरू कृतिम बौद्धिकतासितै अन्य वैज्ञानिक प्रगतिसित प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्छः पवन चामलिङ
Please Like and Share our website Samay Dainik

गान्तोक, 12 जनवरी।
पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले युवाहरू समाजमा बोझ नभएर राष्ट्रका सम्पत्ति हुन् भनेका छन्। राष्ट्रिय युवा दिवसको अवसरमा राज्यका युवाहरूलाई सम्बोधन गर्दै पवन चामलिङले भनेका छन्, एसडीएस पार्टीले युवाहरूलाई सदैव सिर्जनाका स्रोत हुन् भनेर विश्‍वास गरेको छ। उनले सिक्किमेली समाजका युवाहरूको विकास र प्रगतिका लागि राजनीति नेता र नेतृत्वहरूलाई प्रोत्साहन गर्दै युवाहरूलाई पूर्ण क्षमतावान बन्न मार्गदर्शन गर्नका लागि जोर दिएका छन्। युवाहरू जाति, धर्म र राजनीतिको कारण कदाचित दिग्भ्रमित बन्नु नहुने पनि पवन चामलिङले आग्रह गरेका छन्। उनले भनेका छन्, हामीले हाम्रो समाजका युवा पिढ़ीलाई आफ्ना समवर्तिहरूसित प्रतिस्पर्धा गर्नसक्ने मात्र नभएर कृतिम बौद्धिकता र अन्य वैज्ञानिक विकासहरूसित पनि प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्छ। यसो गर्दा युवाहरूसित चुनौतिसितै अवसरहरू पनि सिर्जना हुन्छ अनि यसले भविष्यमा युवाहरूलाई सफल बनाउन सक्छ।
वर्तमान विश्‍व असीमित तथा सीमारहित छ भन्ने कुरा उल्लेख गर्दै पवन चामलिङले भने, कुनै पनि व्यक्तिका लागि यो विश्‍व बनिबनाउ छैन। यसर्थ युवा स्वयंले तथा आफ्नै पाराले आफ्नो संसार निर्माण गर्नु पर्दछ। असीमित तथा सीमारहित विश्‍वमा अवसरहरूले हाम्रो ढोका ढकढकाइरहेको हुन्छ। यस कुरालाई बुझेर सिर्जना भएका अवसरहरूको फाइदा उठाउन युवाहरू तयार रहनु पर्छ।
राजनीतिकको क्षेत्रमा धेरै लामो अनुभव तथा एक राजनीतिज्ञको रूपमा आफूले वर्तमान सिक्किमलाई यूरोपमा इनलाइटमेन्ट ईरा (आत्मज्ञान युग) अघिको अवस्थासरह भइरहेको अनुभव साझा गर्दै पवन चामलिङले भनेका छन्, आर्थिकरूपमा हामीले धेरै प्रगति गरेका छौं। शिक्षा र विकासको क्षेत्रमा धेरै प्रगति गरे तापनि वैश्‍विकस्तरमा हाम्रो युवाहरूको मानसिक विकास सोचेजस्तो हुन सकिरहेको छैन। आफ्नो सम्बोधनमा पवन चामलिङले भनेका छन्, हाम्रो विचारमा प्रगतिका लागि हामीले अझ धेरै कार्य गर्नुछ। सिक्किमेली समाजका सदस्य र राजनैतिज्ञले सिक्किमेली समाजलाई समग्रतामा चिन्तन गर्न नसकिरहेको कुरा दुर्भाग्यजनक रहेको पनि बताएका छन्। अस्मितावाद, जातिवाद र कट्टरवादजस्ता विषयहरूदेखि सर्तक भएर युवाहरूले ठूलो जिम्मेवारी वहन गर्ने आजको आवश्यकता माथि पनि पवन चामलिङले ध्यानाकर्षण गराएका छन्। उनले भनेका छन्, सिक्किमेली समाजमा सोचाईको जुन लक्षण र परिस्थिति छ सोही परिस्थिति यूरोपको इतिहासमा इनलाइटमेन्ट ईरा अघिको अवस्थामा रहेको थियो। यस्तो अवस्थाबाट सिक्किमेली समाज र राज्यलाई मुक्त गर्ने दायित्व सिक्किमेली युवाहरूको भएको पनि उनले बताएका छन्। बितेको 25 वर्षको कार्यकालमा आफूले समग्रतामा राजनीति गरेको र यसका लागि निरन्तर इमान्दारीपूर्वक सङ्घर्ष गरेको पनि बताएका छन्। एसडीएफ पार्टीले सदैव युवाहरूलाई महत्वपूर्ण स्थान दिएर नीति निर्माणको केन्द्रमा समावेशी नीति अपनाएको पनि स्मरण गराएका छन्। यसको परिणामस्वरूप सिक्किमले युवाहरूको क्षमता विकास गर्ने कार्यमा देशमा नै उदाहरणीय काम गर्न सफलता प्राप्त गरेको छ। युवाहरूको क्षमता निर्माण गर्ने विषयमा सिक्किमले देशमा नै शीर्ष स्थान बनाउन सकेको छ।
शिक्षा क्षेत्रमा गरेका विभिन्न पहलहरूले सातवटा उत्कृष्ट पुरस्कार प्राप्त गरेर नयाँ रेकर्ड बनाएको छ। यस्तै स्टार्ट अप योजना, मुख्यमन्त्री स्वरोजगार योजना, एक परिवार एक नोकरी र अन्य युवामुखी योजनाहरूले एसडीएफ सरकार युवाहरूको सरकार थियो भन्ने यथेष्ट कार्यहरू गरेको छ। सिक्किमे जनताप्रति माया, स्नेह र सम्मान व्यक्त गर्दै सिक्किमेली जनता सदैव खुशी र सफल बनुन् भन्ने कामना पनि पवन चामलिङ गरेका छन्। पवन चामलिङले युवाहरूलाई जोखिम उठाउनका लागि साहसिक बन्न सकुन्, युवाहरूको आँखा अत्याचारीहरूलाई देख्न सक्ने दह्रिलो आँखा बनोस् र सिक्किमेली जनताको हितमा कार्य गर्न व्यक्तिगत लोभ त्यागेर अघि बढ्नन् भन्ने कामना गर्दै युवाहरूमाथि आफ्नो पूर्ण विश्‍वास भएको पनि बताएका छन्।

युवाहरू कृतिम बौद्धिकतासितै अन्य वैज्ञानिक प्रगतिसित प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्छः पवन चामलिङ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment