मुख्यमन्त्री स्वर्णकप: ओयल इण्डिया एफसी क्वार्टर फाइनलमा

मुख्यमन्त्री स्वर्णकप: ओयल इण्डिया एफसी क्वार्टर फाइनलमा
Please Like and Share our website Samay Dainik

जोरथाङ, 08 जनवरी।
9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्णकप अन्तरराष्ट्रिय फूटबल प्रतियोगिताअन्तर्गत बुधवार जोरथाङ खेलमैदानमा खेलिएको प्री-क्वार्टर फाइनल खेलमा ओएल इण्डिया एफसीले सिक्किम पुलिसलाई 3-1 गोलले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
आज कृषि एवं बागवानी तथा आईपीआर विभाग मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि थिए भने जुम सालघारी समष्टिकी विधायक श्रीमती सुनिता गजमेर विशिष्ट अतिथि थिइन्। ओएल इण्डिया एफसीको तर्फबाट जयन्त बसुमतारी (16), राहुल दास (7) र ग्रीमसा बसुमतारीले एक-एक गोल लगाए भने सिक्किम पुलिसले एक गोल लगाए। आईपीआर विभाग अनुसार विजयी दलका ग्रीमसा बसुमतारीलाई हिरो अफ द म्याच चयन गर्दै मुख्य अतिथिको बाहुलीद्वारा ट्रफी एवं दस हजार नगद प्रदान गरियो।-हिस

मुख्यमन्त्री स्वर्णकप: ओयल इण्डिया एफसी क्वार्टर फाइनलमा


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment