प्रधानमन्त्रीले बजटलाई लिएर जनतासित सुझाव मागे

Please Like and Share our website Samay Dainik

नयाँ दिल्ली, 08 जनवरी (हिस)। वित्त मन्त्री निर्मला सीतारमणले 01 फरवरीको दिन देशको बजट पेश गर्नेछिन्। बजटको लागि अब थोरै दिन बाकी रहेको छ, यस्तोमा जोडको तयारी चलिरहेछ। केन्द्रिय बजटको तयारीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गरी जनतासित उनीहरूको विचार मागेका छन्। 05 जनवरीमा माइजीओवी ह्याण्डलबाट बजटलाई लिएर ट्वीट गरी किसानहरूको स्थिति र शिक्षामा सुधारको सम्बन्धमा सुझाव मागिएको थियो। पीएमले आज यसलाई रिट्वीट गरेका छन्। बुधबार बिहान गरिएको यस रिट्वीटमा उनले लेखेका छन्, ‘बजट देशको 130 करोड़ जनसंख्याको आकांक्षा हुन्छ र देशलाई विकासतिर लैजाने हुन्छ। म देशका जनतालाई बजटको निम्ति आफ्नो सुझाव माईजीओवीमा दिनलाई आमन्त्रित गर्दछु। दिउँसो 12.30 बजीसम्म यस ट्वीटलाई 21.4 हजार लाइक्स र 4.6 हजार रिट्वीट गरिएको छ। उल्लेख्य, सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 11 ठूला उद्योगपतिको साथ भेट गरेका थिए। यस भेटमा पाँच ट्रिलियन डलर अर्थव्यवस्थाको लक्ष्य, बेरोजगारीको समस्याको निराकरण, आर्थिक सुस्तीमा गति ल्याउनु औं निवेशलाई बढ़ावा दिने जस्ता मुद्दाहरूमा वार्ता भएको थियो।

प्रधानमन्त्रीले बजटलाई लिएर जनतासित सुझाव मागे


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment