प्रदुर्षण अनि सिक्किमको पहल

प्रदुर्षण अनि सिक्किमको पहल
Please Like and Share our website Samay Dainik

विश्‍वका सबैभन्दा शीर्ष दश प्रदूषित शहरहरू मध्ये सातवटा शहर भारतबाट सामेल छन्। यो विषय धेरै खतरनाक मात्र नभएर चिन्ताजनक पनि छ। विश्‍वमा कही पनि प्रदूषित शहरहरूको कुरा उठ्दा भारतको अवश्य नै प्रसङ्ग आउने गर्छ अनि यसै कारण यो विषय खतरनाक भएको छ। यसरी प्रदूषणका कारण विश्‍वमा आफ्नो शहरले चर्चा पाउँदा सबैभन्दा प्रदूषित शहरमा बस्ने नागरिकहरूले यसलाई आफ्नो भाग्य नै हो भनेर स्वीकार्न बाध्य बनेका छन्।
यद्यपि, प्रदूषणका कारण चिन्तित हुनुपर्ने धेरै कुराहरू छन्। प्रदूषणले यी शहरहरूमा बस्ने नागरिकहरूलाई धेरै प्रकारको बिमारी ल्याउने गर्छ। कतिपय नागरिकहरूको त जीवन नै प्रदूषणले समाप्त गरिरहेको छ। अझ ठूलो चिन्ताको कुरा के छ भने, बिमार हुने र प्रदूषणका कारण मर्नेहरूको आँकडा वर्षैपछि नियमित रूपमा आउने गर्छन्, तर पनि प्रदूषणलाई समाप्त गर्नला अथवा प्रदूषणले सिर्जना गरेका समस्याहरूको समाधान खोज्नका लागि धेरैले चासो नदेखाएको नै बुझिन्छ।
विश्‍वका सबैभन्दा अधिक प्रदूषण शहरहरूमा भारतबाट जुन प्रमुख शहरहरू छन् त्यसमा दिल्ली र यस वरिपरिबाट पाँचवटा शहर सामेल छन् यसमा गुडगाउँ, गाजियावाद, फरिदाबाद, नोइडा र भिवाडी सामेल छन्। प्रदुषणसितै यो क्षेत्रमा जनसङ्ख्या र यसको घनत्व साथै सडकहरूमा सर्वाधिक भीड हुने शहरहरूको केन्द्रका रूपमा पनि परिचित छ। महत्त्वपूर्ण कुरा के छ भने, दश सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा लखनउ र पटनाको नाउ पनि सामेल छ। यसले प्रदूषण औद्योगिक विकासको कारणले मात्र हुँदैन भन्ने कुरा पनि दर्शाएको छ।
यसै कारण औद्योगिक विकास नभएका शहरहरूमा पनि अत्याधिक प्रदूषण किन हुँदैछ भन्ने कुराको गहन अध्ययन गर्न आवश्यक छ। जनसङ्ख्या अधिक भएकोले, गाडीहरूको सङ्ख्या अधिक हुनु, सडकमा अत्याधिक ट्राफिक जाम हुनु वा निर्माण कार्यबाट उडेको धुलोले प्रदूषण भइरहेको छ भन्ने कुरामा पनि ध्यान पुर्याउन आवश्यक छ। विश्‍वका शीर्ष दश प्रदूषित शहरहरूको सूचीमा चीनको एउटा शहर पनि सामेल छ। तर चीनको राजधानी बेजिङ परेको छैन। राजधानी बेजिङमा जनसङ्ख्याको घनत्व मात्र अधिक नभएर यो शहरमा ट्राफिकको मामिलामा पनि धेरै समस्या हुने गर्छ। यसरी नै चीनको पुरानो औद्योगिक शहर सङ्घाई पनि प्रदूषित शहरको सुचीबाट मुक्त छ। केवल चीनको सबैभन्दा पछौटे प्रान्त होटन नै प्रदूषित शहरको सूचीमा परेको छ।
राष्ट्रिय राजधानीसितै देशका विभिन्न शहरहरूमा बढ्दो प्रदूषणका विभिन्न कारणहरूमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण, निर्माण कार्यबाट सिर्जना भएको धूलो साथै कृषि अपशिष्टलाई डढाउने जस्ता कारणहरू प्रमुख मानिएको छ। यसरी नै उत्सव र पर्वहरूमा प्रयोग गरिने पटेकालाई पनि प्रदूषणको अर्को कारण मानेर यसको नियन्त्रणकालागि सर्वोच्च न्यायालयमा मुद्दासमेत दर्ता भएको थियो।
यी सबै विषयहरूलाई लिएर हेर्दा आज सिक्किमले विश्‍वकै लागि उदाहरणीय कार्य गरेर प्रदूषणमुक्त वातावरण बचाइराख्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ। विश्‍वका प्रमुख शहरहरूले आज प्रदूषणमुक्त वातावरणका लागि जुन कठिन सङ्घर्ष गरिरहेका छन् तर सिक्किमले केवल दूरदर्शी नेतृत्त्वको इमान्दार प्रयासका कारण विश्‍वलाई नै स्वच्छ राज्यको रूपमा स्थापित गराउने कुरामा सफलता प्राप्त गरेको छ। विश्‍वका शीर्ष शहरहरू प्रदूषणका कारण जुन भय र त्रासमा छन् त्यो भय र त्रासदेखि सिक्किम मुक्त छ। यो सबैका निम्ति खुशी र आनन्दको कुरा हो। यसैले यो स्वच्छ परिवेशलाई संरक्षण गरेर भावी पिढीलाई हस्तान्तरण गर्न सबैको योगदान पनि महत्त्वपूर्ण छ।

प्रदुर्षण अनि सिक्किमको पहल


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment