तीनजना सदस्यको निधनमा एसडीएफद्वारा शोक व्यक्त

तीनजना सदस्यको निधनमा एसडीएफद्वारा शोक व्यक्त
Please Like and Share our website Samay Dainik

गान्तोक, 13 जनवरी।
एसडीएफ पार्टीले आफ्ना तीन सदस्यहरूको निधनमा गहिरो शोक व्यक्त गरेको छ। एसडीएफ पार्टीका प्रवक्ता अशित राईले आज पद्मबहादुर घतानी, मनमाया लिङदेन र टेकबहादुर गुरुङको निधनमा एसडीएफ पार्टीले गहिरो शोक प्रकट गरेको बताएका छन्। पद्मबहादुर घतानी पूर्व मन्त्री अर्जुनकुमार घतानीका पिता हुन्। उनको निधन 11 जनवरीको दिन भएको थियो। यसरी नै योक्सम-टाशीडिङ समष्टिअन्तर्गत रिम्बी निवासी आशबहादुर लिङदेनको श्रीमती मनमाया लिङदिन एसडीएफ पार्टीकी संस्थापक सदस्य हुन्। उनको निधनले पार्टीलाई ठूलो क्षति भएको पनि प्रवक्ता राईले बताएका छन्। मनमाया लिङदेनको निधन 7 जनवरीको दिन भएको थियो।
यसरी नै लोवर आरिथाङ निवासी स्वर्गीय छत्रबहादुर गुरुङका छोरा टेकबहादुर गुरुङको 12 जनवरीको दिन सिलगढ़ीमा निधन भएको छ। टेकबहादुर गुरुङ एसडीएफ पार्टीका सक्रिय सदस्य रहेको पनि पार्टीले बताएको छ। यस दुःखद घड़ीमा शोकाकुल परिवारलाई ईश्‍वरले धैर्य गर्ने शक्ति प्रदान गरून् भनी एसडीएफ पार्टीले कामना पनि गरेको छ।

तीनजना सदस्यको निधनमा एसडीएफद्वारा शोक व्यक्त


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment