चुवानको बयानबाजी पुङ्गमागेः चुडामणि मिश्र

चुवानको बयानबाजी पुङ्गमागेः चुडामणि मिश्र
Please Like and Share our website Samay Dainik

गान्तोक, 16 फरवरी।
पाँचवर्ष राज्य भाजपा शाखा अध्यक्ष बनेर पाँचजना स्थायी सदस्य बनाउन नसकेका डीबी चुवानले उनको आफ्नो अर्को अङ्कगणितीय कमजोरी पनि निवस्त्र गराएका एसडीएफ पार्टीले बताएको छ। एसडीएफ पार्टीका प्रचार-प्रसार महासचिव चुडामणि मिश्रले प्रेस विज्ञप्ति जारी गरी भनेको छन्, चुनाउले पाँचवर्षमा सिक्किममा केन्द्रबाट एकलाख करोड बजेट-रकम कलम आयो भन्ने महशुरे हिसाब पत्रकार सम्मेलनमा बताएको कुरा छापामा आएको छ जुन नितान्त आधारहीन र तथ्यहीन बयानबाजी हो।
सिक्किम सरकारबाट केन्द्रिय अनुदान र राज्यको राजस्वसमेत वार्षिक आयव्याय र विकास लगानीको हिसाबसमेत याद नभएका चुवानले कसरी भाजपा राज्य शाखालाई अगुवाई गरिरहेका छन्। सो आश्‍चर्यजनक कुरा छ। चुवानले विगत बीसवर्षदेखिको सिक्किमको वार्षिक बजेटको पुस्तक सिक्किम विधानसभाको पुस्तकालय वा रेकर्ड रुममा गएर अध्ययन गरे, जोड घटाउ गरे भने पनि एकलाख करोड रकम नपुग्न सक्छ। यस्तो पुङ्गमागे हिसाब दिनलाई प्रेस कन्फरेन्स आयोजना गर्नुभन्दा चुवानले राज्यको प्रशासन विकास दर र वित्तीय प्रबन्धनमाथि जानिफकारहरूबाट पाठमाला लिएर केही अध्ययन गरे उचित हुनेछ भन्ने हाम्रो पार्टी ठहर गर्दछ साथै चुवानको प्रसङ्गमा रहेको बयानबाजीलाई पुङ्गमागे ठहर गर्दै एसडीएफ पार्टी बदर गर्दछ।

चुवानको बयानबाजी पुङ्गमागेः चुडामणि मिश्र


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment