चुनाउ 2019

Please Like and Share our website Samay Dainik

बम्पर मतले पुनः एसडीएफ सरकार बनिनेछ

राजेन कुमार सुन्दास
लिङदिङ गान्तोक
चुनाउ 2019, राजनैतिक महलको आगनमै आइसक्यो। यस चुनाउको लागि राजनैतिक दलहरूको चलखेल पनि शुरू भइसकेको छ। हाम्रा सबै राजनैतिक दलहरू म राम्रो हुँ, हाम्रो पार्टी राम्रो हो, हामी नै यो पालि सरकार पक्का बनाउँछौं भन्दै फलाक्दैछन्। यहाँसम्म यो देखिँदैछ कि केवल दुई-चारजना नेताहरू मात्र भएको तर जनाधार चै शून्य रहेको पार्टीहरू पनि सरकार हामी नै बनाउँछौ भन्दै सपनामा दौडी रहेका छन्। उनीहरूको यो सत्ता लालसा देखेर सिक्किमे जनता चै छक्क परेका छन्। हो, प्रजातन्त्रमा सबै राजनैतिक दलहरूले सरकार बनाउन सक्छन्, यो देशको संविधानले प्रदान गरेको मौलिक अधिकार हो। तर सबै दलहरूलाई सरकार बनाउने अधिकार आफ्नो मत मार्फत जनताले नै दिन्छन्।
यसैकारण प्रजातान्त्रिक भाषामा जनतालाई परमेश्‍वर अथवा न्यायाधिश पनि भनिन्छ। यहाँ यो सत्यलाई बुझ्नुपर्छ कि जनमत पाउनु सजिलो चै पट्टकै हुँदैन। यसको निम्ति ठोस जनसेवामा समर्पित हुनुपर्छ नेताहरू, जनतालाई सत्य कुरा बताउनु पर्छ। उनीहरूको चेतनालाई भ्रमित तुल्याउनु हुँदैन। तर, अफसोस! सिक्किमका विपक्षी राजनैतिक दलहरूको मथिङ्गलमा यस्तो महत्त्वपूर्ण कुरा उदाउन नसकेको उनीहरूकै क्रियाकलापबाट राम्ररी जानकारी पाइन्छ। सिक्किमका प्रतिपक्षी दलहरूले सधैं जनता, मतदातालाई हेपेर दिग्भ्रमित अवस्थामा पुर्याएका छन्। सत्य राजनीति गरेकै छैनन्। उनीहरूको राजनैतिक अभियान केवल मुख्यमन्त्रीको चौकिसम्म मात्र सीमित रहेको छ। त्यहाँदेखि अगाडी के हो? भन्ने विषयमा उनीहरू स्वयं अग्रमामि ज्ञान शून्य अवस्थामा छन्। यस स्थितिमा सत्ताबाट शुरू हुन्छ- शोषण, भ्रष्टाचार, अराजनैतिकता, तानाशाह प्रवृत्ति, सबैतिर अशान्ति अनि आम जनतामा भ्यंकर अन्योलता सृजना हुन्छ।
सिक्किममा एसडीएफ पार्टी बाहेक अन्य पार्टी सत्तामा आयो भने यस्तो स्थिति फर्कि आउनेछ। अनि सबै जनताले अनिवार्य रूपमा यो भोग्नु पर्नेछ। प्रजातन्त्रमा नेताले जनताको मनको कुरा बुझेर त्यसअनुसार आफ्नो पार्टीको नीति बनाउन सक्नुपर्छ। तर, सिक्किममा त हाम्रा विपक्षका पार्टीका नेताहरूले आफ्नै मनको कुरालाई पार्टीको नीति र सिद्धान्त बनाएका छन्। जनताको खाँचो पुरा गर्ने, उनीहरूको समस्या समाधान गरिदिने, विकाश गरिदिने, स्वास्थ्यको देखभाल गरिदिने, गरीबका छोरा-छोरीलाई उच्चशिक्षा दिलाउने, महिलालाई साँचो सम्मान दिने, बेरोजगार युवाहरूलाई दिशानिर्देशन र रोजगार दिने, सिक्किमका महिलाहरूलाई उनीहरूको अधिकार कायम गर्न सशक्तीकरण गर्न कार्य गर्ने, बेरोजगारहरूलाई व्यापार गर्न प्रोत्साहन गर्ने वास्तविक कार्यक्रम छैन। उनीहरूको सोच सत्तासम्ममात्र सीमित छ। यसैकारण प्रतिपक्षी दलले जनताको विश्‍वास र भरोसा हासिल गर्न नसकेको हो। यसको फलाफल स्वरूप उदाहरण हेरौं- सिक्किममा धेरै राजनैतिक दलहरू बनिए, यस दलका नेताहरू केही कालसम्म सक्रिय भए, उफ्रिए, भुके अनि विलुप्त भएर गए। अब आगामी चुनाउमा एसडीएफले सरकार गठन गरेपछि आज मै हुँ भन्ने नेताहरू र उनीहरूको दल पनि त्यसरी नै बिलाएर हराउने छ, यो कुरा पक्का हो।
एसडीएफ पार्टीले महान नेता श्री पवन चामलिङको दीर्घ, गहन अनुभवले खारिएको नेतृत्वमा पुनः छैटौंपल्ट सरकार बनाएर पूर्ण जोशको साथमा जनसेवामा लाग्नेछ। यस कुरामा कुनै शंका छैन, यो एसडीएफ पार्टीको नीतिको फल हो। अनि यो चै महान नेता पवन चामलिङको दुरदर्शितापूर्ण अग्र विचारको प्रतिफल भन्न सकिन्छ। आज, वैचारिक दौडको कुरा दजाउँदा एसडीएफ दलको दौड जनताबाट शुरू भई सत्तासम्म पुगेर त्योभन्दा पनि धेरै परसम्म पुगेको देखिन्छ। जहाँ पुगेपछि मात्र पार्टी र नेतामा जनविकाश, जनसेवा र केवल जनताकै निम्ति चिन्तित भई बस्ने भावनाको उद्धभव हुँदछ। अनि यही चिन्ता र भावना र प्रयासले जन्म दिन्छ सर्वाङ्गीण विकाश जसलाई आज सिक्किममा प्रत्यक्ष रूपमा देख्न सकिन्छ ति हुन, सिच्छेमा नवनिर्मित बहुसुविधायुक्त एक हजार दुई पलङ भएको बिराट अस्पताल, अब यही उपचार हुन्छ जटिल भन्दा जटिल रोगहरू, सूर्ता गर्नु पर्दैन। अब सिक्किमका रोगी, बिरामी र अविभावकहरूले सिक्किम बाहिर जानुपर्ने झन्झटबाट मुक्ति पाएका छन्।
अर्को सत्य कुरा हो, भारतको हिमालय क्षेत्रमा अवस्थित सानो राज्य सिक्किम पूर्ण रूपमा सबै धर्मका भक्तहरूका निम्ति पवित्र तिर्थ भूमिको रूपमा परिवर्तन भइसकेको छ। पहाडी क्षेत्रको पाकिम हवाई अड्डा राष्ट्र मै नमुना भएको छ। सिक्किममा स्थापित जलविद्युत उत्पादनको आय र औषधी कारखानाबाट उठेको आयले बीस हजार युवा युवतीलाई नोकरी दिन सरकार सफल भएको छ। अहिले चामलिङले खोलानाला बेच्यो भन्ने विपक्षीहरू थुतुनोमा फेबिकूइक लगाएर बसेका छन्। सिक्किमका विद्यार्थीहरूलाई असल र उच्च शिक्षा उपलब्ध गराउने यस क्षेत्रमा सरकारले प्रचुर काम गरेको छ। आज, सिक्किममा धेरै विद्यालय, महाविद्यालय र विश्‍वविद्यालय स्थापित भइसकेका छन्। सिक्किमका विद्यार्थीलाई शैक्षिक सुविधा उपलब्ध गराउन कुनै कसर छोडेको छैन। भविष्य यी विद्यार्थीहरूको उज्ज्वल छ। पवन चामलिङको दुरदृष्टि विचारधाराको कारण सिक्किमका सबै वर्गको सुरक्षा भएको छ। संविधानको धारा संख्या 371 (एफ) को पूर्ण सुरक्षा भएको छ। यसले सिक्किमका पुराना कानुनहरू जो सिक्किमे जनताको हितमा छ, त्यसको जगेरा भएको छ। धारा न. 371 (एफ) सिक्किमेको लोकल प्रोटेकसन एकट हो। अनि यहाँको शान्ति हाम्रो बहुमूल्य सम्पत्ति हो। यसलाई जोगाएर राख्नु सबै नागरिकको गहन दायित्व हो।
वर्तमान समयमा आफ्ना प्यारा नेता पवन चामलिङसँग जनता खुशी छन्। आफुप्रति मुख्यमन्त्रीको हैषियतमा गरेका कामहरू मूल्याकंन गरी दंग भएका छन्। अनि जनताले आफ्नो बहुमुल्य मतदान दिएर उनले लगाएका गुणको सम्मान गर्ने संकल्प गरीसकेका छन्। जनता भन्छन्- ‘हामीले चामलिङ जस्तो महान नेता मात्र होइन, गरिबका हितैसी मित्र, विचारपूर्ण, विवेकशिल मानव गुमायौ भने जनताले महादुख पाउनेछ। यसकारण, आगामी चुनाउमा छाताको चिन्हमा प्रचुर मत दिएर एसडीएफ पार्टी र पवन चामलिङलाई छैटौंपल्ट सिक्किमको सत्तामा विराजमान गराउने छौं। यो मतदाताको कठोर पवित्र भाकल हो।

चुनाउ 2019


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment