गाउँले आफैले बनाउनथाले मजुवाको बाटो

गाउँले आफैले बनाउनथाले मजुवाको बाटो
Please Like and Share our website Samay Dainik

समय संवाददाता
दार्जीलिङ, 8 जनवरी।
मानेभञ्ज्याङदेखि केही तल अवस्थित रङ्गीत मजुवाको बाटो स्वयं गाउँलेहरूले निर्माण गर्न शुरू गरेका छन्। सम्बन्धित विभागले यस इलाकामा पर्ने अन्य बाटो वा सड़क मार्गको निर्माण वा मरम्मति गरिरहेको भए पनि रङ्गीत मजुवाको यो सड़क मार्ग भने सधैं विभागको आँखाबाट ओझेलमा नै परिरहेको थियो। तरै पनि विभागले यसमाथि एक दिन अवश्यै ध्यान दिने भन्ने आशा-निराशामा परिणत भएपछि गाउँले आफै मिलेर यो बाटोको निर्माण शुरू गरेका छन्, जसको लागि गाउँले आफैले आर्थिक सङ्ग्रह गरिरहेका छन् भने कतिले सिमेण्ट आदि पनि प्रदान गरिरहेका छन्।
यसबारे स्थानीय गाउँले सुवास बार्सीले जानकारी गराएअनुसार, मानेभञ्ज्याङदेखि लगभग 2 किलोमिटर तलसम्मको सड़क मार्गमा पीच भएको छ। तर रङ्गीत मजुवाको सड़क मार्गले कहिले पनि पीच हुने अवसर नपाएपछि गाउँलेले धेरै सङ्कटको सामना गर्न परिरहेको छ, जसको फलस्वरूप बर्सेनि गाउँलेले यो बाटो आफै मरम्मति गर्ने गाड़ी चलाउन परिरहेको छ। विशेष यस गाउँमा कोही विरामी परे
उनीहरूलाई अस्पताल लान धेरै समस्या हुने गरेको छ। यसैले गाउँले आफैले अर्थ सङ्ग्रह गरेर यो बाटोको मरम्मति गर्न शुरू गरेका छन्। उनले यो बाटो भएर सिंगबुङडेरा, बतासे, आरूबोटे साथै अन्य लगभग 12 वटा गाउँका मानिसहरू ओहोर-दोहोर गर्ने गरिएको पनि बताए। तर यो बाटोमाथि कसैको ध्यान नगएपछि स्वयं गाउँलेहरूले सेवा दल नाम दिएर एक संस्थाको पनि गठन गरेका छन्, जसको दिशानिर्देशमा नै गत 5 जनवरीदेखि यो बाटोको मरम्मति शुरू गरिएको पनि बार्सीले बताए। यस संस्थामा सभापति विजय लेप्चालाई बनाइएको छ भने सचिव छिरीङ लेप्चा, सल्लाहकारहरूमा शाहिद अली जैदी, सुवास बार्सी अनि वार्ड नम्बर 5 र 6 -का युवाहरूलाई सामेल गरिएको छ। यस बाटो मरम्मतिको लागि मणि इजम सुब्बा, ढेण्डुप भोटिया, डा. राधाकृष्णन निम्नोच्च विद्यालयका साथै अन्यले सिमेण्ट, बालुवा साथै अन्य सामग्रीहरू प्रदान गरेका छन्।

गाउँले आफैले बनाउनथाले मजुवाको बाटो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment