उर्जा विभागका कर्मचारी करेन्ट लाग्दा घाइते, उपचार गराउन जॉंदा कोविड पोजिटिभ पाइयो

उर्जा विभागका कर्मचारी करेन्ट लाग्दा घाइते, उपचार गराउन जॉंदा कोविड पोजिटिभ पाइयो
Please Like and Share our website Samay Dainik

सोरेङ, 27 जुलाई (हिस)। पश्चिम सिक्किमको टिम्बुरबुङबाट फेरि एउटा नयाँ कोरोना संक्रमित मामिला थपिएको पुष्टि भएको छ। उनी उर्जा विभागका कर्मचारी हुन्। यसका साथै टिम्बुरबुङमा कोरोना पोजिटिभ मामिला बढेर चार पुगेको छ। बुदाङमा अघिबाटै पुष्टि भएका दुईवटा कोरोना पोजिटिभ मामिलालाई जोड्दा सोरेङ-च्याखुङ समष्टिमा कोविड मामिलाको संख्या 6 वटा पुगेको छ। टिम्बुरबुङ ब्लकलाई अघिबाटै जिल्ला प्रशासनले कन्टेनमेन्ट जोन घोषित गरिसकेका थिए।

आज पुष्टि भएका कोरोना संक्रमित युवक उर्जा विभागका फिल्ड स्टाफ हुन्। आइतबार उनी टिम्बुरबुङ गाउँमा बिजुली आपूर्तिलाई दुरुस्त गर्न 5:30 बजे बिजुलीको पोलमा चढेर काम गरिरहेको बेला उनलाई करेन्ट लाग्दा पोलबाट झरेका थिए। यस घटनामा उनको हात जलेको छ। यसरी भाग्यले बाँचेका घाइते फिल्ड स्टाफलाई तत्कालै नजिकको सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। सोरेङमा डाक्टरले प्राथमिक उपचार गरेपछि उनलाई अस्पतालबाट एम्बुलेन्समा हिजै जोरथाङ सामुदायिक स्वास्थ्य केन्द्र लगियो। जोरथाङबाट एनटीपीसी-को एम्बुलेन्समार्फत गान्तोक सीआरएच मणिपाल लगेर उपचारको निम्ति भर्ना गरिएको थियो।
करेन्टले फ्याँकेर घाइते बनेका युवकको मणिपाल अस्पतालमा जाँचको क्रममा कोरोना पोजिटिभ रिपोर्ट आएको हो। घाइते फिल्ड स्टाफको मणिपालमा रेपिड एन्टीजन टेस्ट गरिएको थियो। संक्रमित युवकसँग अस्पताल गएका अन्यहरुको जाँचमा नेगेटिभ रिपोर्ट आएको बताइएको छ। संक्रमित युवकलाई नयॉं एसटीएनएम अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। अर्कोतिर आइतबार ड्युटीमा रहेका युवकलाई करेन्टले लागेपछि उपचार गर्न अस्पताल पुर्‍याएपछि कोरोना संक्रमित पनि रहेको पुष्टि हुनाले गम्भीर प्रश्नहरु पनि उठ्न थालेको छ।
उनी कुन र कहाँमा कोरोना बिरामीको सम्पर्कमा आएका थिए? कन्ट्याक्ट ट्रेसिङ गर्दा उनी कसरी छुटे? कतै अरु पनि यसरी नै छुटेका छैनन्? भन्ने प्रश्न उब्जिनु स्वाभाविक पनि हो। यहाँ प्रशासनको गलती छ भन्ने कुरा होइनन्, तर जब कोरोना बिरामीको सम्पर्क आउने प्राइमरी कन्ट्याक्ट खोज्ने काम शुरु हुॅंदा सबैले इमानदारीपूर्वक प्राइमेरी-सेकेण्डरी सम्पर्कमा आएका व्यक्तिहरुले प्रशासनलाई आ-आफ्नो जानकारी दिनु आवश्यक छ। कोविडको युद्ध जित्नको निम्ति यो प्रत्येक नागरिकको दाहित्व अनि धर्म पनि हो।
अर्कोतिर, उर्जा विभागका कर्मचारीहरुलाई बिजुलीको खम्बाबाट करेन्ट लागेर गम्भीर घाइते बन्ने गरेको खबर प्रकाशमा पटक पटक आउने गरेको छ। धेरैले ज्यानसमेत गुमाएका छन्। बिजुली आपूर्ति दुरुस्त गर्ने काम पावर सप्लाई बन्द गरेर मात्र गरिनुपर्छ।तर, कहिलेकाहीं गल्ती अथवा लापरवाहीका कारण धेरैजना कर्मचारीहरु गम्भीर घाइते हुनुका साथै ज्यानसम्म गुमाउनु परेको घटनाहरू प्रकाशमा आइरहन्छ। यस्ता घटनाहरुको जाँच गरेर लापरवाही गर्ने कर्मचारी विरुद्ध कारबाही गर्ने जिम्मेवारी सम्बन्धित विभागको हो। नत्र यस्ता घटनाहरु भविष्यमा पनि दोहोरिनै रहने छन्।

उर्जा विभागका कर्मचारी करेन्ट लाग्दा घाइते, उपचार गराउन जॉंदा कोविड पोजिटिभ पाइयो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment