साङ्गठनिक गतिविधिलाई तीव्र गर्दै एसडीएफ

Font Size
9 Total Views

गान्तोक, 13 जनवरी (हिस)।
विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले साङ्गठनिक गतिविधिलाई तीव्र बनाएको छ। गत 1 जनवरीको दिन नयाँ वर्षको अवसर पारेर एसडीएफ अध्यक्ष पवन चामलिङले पार्टीको क्यालेण्डर र शुभकामना पत्र जारी गरेका थिए। अहिले त्यही क्यालेण्डर र शुभकामना पत्र लिएर एसडीएफ पार्टी पुनः जनतामा फर्किरहेको देखिएको छ।
यसैगरी एसडीएफले गाउँ-गाउँमा सदस्यता नवीकरण पनि शुरु गरेको छ। प्राप्त समाचारअनुसार आज एसडीएफका तुमिन लिङ्गीको क्षेत्रस्तरीय अध्यक्ष जिग्मी डब्ल्यु. लेप्चाको नेतृत्वमा डिक्चु क्षेत्रमा व्यापक रूपमा सदस्यता नवीकरण प्रक्रिया शुरु गरियो।
यसरी नै उत्तर सिक्किमको लाचेन मगनमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा उत्तर जिल्लाका प्रभारी अनिल लाचेनपाको अध्यक्षतामा एउटा बैठक बसेको थाह लागेको छ।
क्षेत्रस्तरीय अध्यक्ष पासाङ टर्बु लेप्चा र स्थानीय पञ्चायत सदस्यहरूको उपस्थितिमा यो बैठक भएको र आगामी दिनमा उत्तर सिक्किममा पार्टीको साङ्गठनिक गतिविधिलाई अगाड़ि बढाउने दिशामा चर्चा गरिएको थाह लागेको छ।

Related posts

Leave a Comment