गणतन्त्र दिवस परेडमा वायु सेनाका दुई महिला अधिकारी पनि सहभागी बन्ने

Font Size
32 Total Views

नयाँ दिल्ली, 13 जनवरी (हिस)।
यो वर्ष गणतन्त्र दिवस परेडमा भाग लिनको निम्ति 148 सदस्यीय भारतीय वायु सेनाको टोलीमा दुई महिला अधिकारी, फ्लाइट लेफ्टिनेन्ट गगनदीप गिल र रीमा रायलाई पनि चयन गरिएको छ। भारतीय वायु सेनाद्वारा प्रदर्शित गरिने झाँकीमा राफेल विमान, स्वदेशी लाइट कम्बेट एयरक्राफ्ट र लाइट कम्बेट हेलीकप्टर, सरफेस टु एयर गाइडेड वेपन आकाश मिसाइल सिस्टम र एस्ट्रा मिसाइल सोमल छन्।
भारतीय वायु सेनाका वारन्ट अधिकारी अशोक कुमारले विगत 25 वर्षदेखि गणतन्त्र दिवस परेडमा ब्याण्ड टीममा भाग लिइरहेका छन्। विगत 12 वर्षदेखि उनले ब्याण्ड टीमको नेतृत्व गरिरहेका छन्। यो वर्ष गणतन्त्र दिवस परेडमा 41 विमान पनि प्रदर्शित गरिने छ। यसमा चिनूक हेवीलिफ्ट हेलीकप्टर र अपाचे हेलीकप्टरलाई पनि वायु सेनाले पहिलोपल्ट प्रदर्शित गर्नेछ।
दुई दिनअघि मात्र एयर चीफ मार्शल आरकेएस भदौरियाले दिल्ली क्यान्टमा एनसीसी गणतन्त्र दिवस शिविरको भ्रमण गरेका थिए। उनले एउटा ब्याण्ड प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू र मोडलहरूको प्रस्तुति पनि हेरे। उनले एनसीसी हल अफ फेमको पनि भ्रमण गरेका थिए।

Related posts

Leave a Comment