अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल

Font Size
7 Total Views

मल्लीलाई पराजित गर्दै जूम सालघारी फाइनलमा

जोरथाङ, 13 जनवरी (हिस)।
जूम सालघारी अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। जोरथाङको खेलमैदानमा सोमबार खेलिएको पहिलो सेमीफाइनल खेलमा जूम सालघारी निर्वाचन क्षेत्रले मल्ली निर्वाचन क्षेत्रलाई 1-0 गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। मङ्गलबार सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र बर्फुङ निर्वाचन क्षेत्रबीच दोस्रो सेमीफाइनल खेल सम्पन्न हुनेछ। उल्लेखनीय छ, राज्य खेलकुद तथा युवा मामिला विभागले ग्रामीण खेलकुदअन्तर्गत अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल प्रतियोगिता आयोजन गरेको हो।

Related posts

Leave a Comment