व्याडमिन्टन प्रतियोगिताको फाइनल

Font Size
5 Total Views

समय संवाददाता
दार्जीलिङ, 13 जनवरी।
सुनाखरी परिवार सेवा समितिले नेहरू युवा केन्द्रको सहयोगमा आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा राज तामाङ सिंगल्स अनि राज तामाङ र विनय तामाङको जोड़ी डबल्समा च्याम्पियन बने। गत 24 दिसम्बरदेखि 2019-देखि नेहुर बालासनस्थित लिलावती प्राथमिक पाठशालाको खेल मैदानमा सम्पन्न भएको यस प्रतियोगिताको फाइनल खेल हिजो 12 जनवरीको दिन विविध रङ्गारङ्ग कार्यक्रममाझ भएको थियो। जसमा स्थानीय लगभग 18 जना प्रतियोगीले भाग लिएका थिए। यी सबै प्रतियोगीहरूलाई उछिन्दै राज तामाङ, विनय तामाङहरू च्याम्पियन बनेका छन्। जसलाई ट्रफी साथै नेहरू युवा केन्द्रको तर्फबाट प्रमाण-पत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष किशोर गुरुङ र सचिव सतीश गुरूङले जानकारी गराएका छन्। यो खेल सम्पन्न गर्नको लागि पाठशालाका प्रधान अध्यापक अशोक गुरुङले खेल मैदान उपलब्ध गराएकामा साथै विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा खरसाङ शाखाले आर्थिक सहयोग प्रदान गरेकामा उनीहरूप्रति पनि आयोजक समितिले आभार व्यक्त गरेको छ। विविध सांस्कृतिक कार्यक्रमहरूमाझ सम्पन्न भएको यस कार्यक्रमको अध्यक्षता विनोद सागर राईले गरेका थिए भने यस अवसरमा चियाबगानका प्रबन्धक एसके पाण्डे, सुवोध राई, नेहरू युवा केन्द्रका पदाधिकारी महेन्द्र थिङ, शैलेन्द्र गुरुङ, गोपाल राई आधि विशेषरूपले उपस्थित रहेका थिए। हिजो भएको यस खेलको मनोरञ्जन लिन गाउँलेहरू पनि भारी सङ्ख्यामा भेला भएका थिए।

Related posts

Leave a Comment