सिङ्ला चियाबगान बन्दपछि बिचल्नीमा श्रमिकहरू

Font Size
19 Total Views

समय संवाददाता
दार्जीलिङ, 10 जनवरी।
चियाबगान अचल बनेपछि बिचल्नीमा परे सिङ्ला चियाबगानका लगभग 600 चियाश्रमिकहरू। चियाबगानकै एक श्रमिकले सह-प्रबन्धकमाथि हँसियाले प्रहार गरेर घाइते बनाएपछि सिङ्ला चियाबगान अचल बनेको छ। चियाबगानका प्रबन्धकवर्ग बगानमा सस्पेन्शन अफ् वर्कको नोटिस टाँसेर अन्यत्र गएका छन्। जसको फलस्वरूप आज बिहानैदेखि चियाबगानमा सन्नाटा छाएको थियो भने चिया कारखाना बिरान बनेको थियो। यद्यपि, यस चियाबगानका अधिकांश श्रमिक-कर्मचारीहरूले यो चियाबगान शीघ्र खोलियोस् भन्ने चाहना राखेका छन्।
आरोपी दिपेश लिम्बुलाई पुलिसले पक्राउ गरिसकेको छ भने चियाबगान प्रबन्धनपक्षले यो बगानलाई खोलेको नै उचित हुनेछ। एकजनाको कारण यस चियाबगानका सयौं श्रमिकहरूलाई दुःख दिनु उचित नरहेको पनि श्रमिकहरूको मत छ। दार्जालिङ शहरदेखि लगभग 17 किलोमिटर टाड़ामा अवस्थित सिङ्ला चियाबगान जयश्री ग्रुप अफ् कम्पनीको अधीनमा छ। जुन चियाबगानका श्रमिक दिपेश लिम्बु हिजो आफ्नो काममा मातेर आएका थिए भन्ने पुलिसले भनाई छ। यसै विषय लिएर चियाबगानका सह-प्रबन्धक ओमप्रकाश चोटियाले दिपेशलाई काममा जान अनुमति दिएनन्। त्यसै विषय लिएर दिपेशले हँसियाले चोटियाको टाउकोमा प्रहार गरे अनि उनलाई घाइते बनाए। फलस्वरूप, पुलिसले दिपेशलाई पक्राउ गरेर आफ्नो कब्जामा लिएको छ भने घाइते चोटियालाई उपचारको लागि सिलगढ़ी पठाइएको छ। यसैबीच, आज बिहान चियाबगानमा कुनै काम नभएपछि चियाश्रमिकहरूमा निराशा छाएको छ। तरै पनि उनीहरूले चियाबगानको सम्पत्ति आदिलाई नोक्सान पुर्‍याउने कुनै कार्य नहोस् भन्ने पनि अपील गरेका छन्। चियाश्रमिकहरूले भनेका छन्-यो चियाबगान हाम्रो हो र यसको प्रत्येक सामग्री, सम्पत्तिको रक्षा गर्ने दायित्व पनि हाम्रो हो। यसैले यसको सम्पत्ति सबै चियाश्रमिक-कर्मचारी आदि मिलेर रक्षा गर्नुपर्छ।

Related posts

Leave a Comment