गान्तोकलाई पराजित गर्दै बर्फुङ निर्वाचन क्षेत्र सेमीफाइनलमा

Font Size
10 Total Views

गान्तोक, 10 जनवरी (हिस)।
गान्तोक निर्वाचन क्षेत्रलाई पराजित गरेर बर्फुङ निर्वाचन क्षेत्र सेमीफाइनलमा प्रवेश गरेको छ। जोरथाङ खेलमैदानमा आज खेलाइएको दोस्रो क्वार्टरफाइनल खेलमा बर्फुङ निर्वाचन क्षेत्रले प्रतिद्वन्द्वी दललाई 1-0 गोलले पराजित गरेको हो। यसका साथै बर्फुङ सेमीफाइनलमा प्रवेश गरेको छ।
भोलि लाचेन मगन निर्वाचन क्षेत्र र मल्ली निर्वाचन क्षेत्रबीच तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न हुनेछ। उल्लेखनीय छ, खेलकुद एवं युवा मामिला विभागद्वारा ग्रामीण खेलकुदअन्तर्गत अन्तर निर्वाचन क्षेत्रस्तरीय फूटबल प्रतियोगिताको आयोजन गरिएको हो।

Related posts

Leave a Comment