संस्कृति परिवर्तनशील हुनुपर्छ

Font Size
11 Total Views

मानिस सामाजिक प्राणी भएकाले उसका हरेक क्रियाकलापहरू उसको फरक इच्छा र व्यक्तिगत स्वतन्त्रतामा निर्भर हुँदैनन्। राम्रो-नराम्रो, चित्त बुझ्दो-चित्त नबुझ्दो, विश्वास-अन्धविश्‍वास जे-जस्तो भए पनि संस्कृतिरूपी आचारसंहितालाई उसले पालना गर्नै पर्छ। त्यसो त संस्कृति नै मानिसको पहिचान पनि हो। तर यसो भन्दैमा संस्कृति अपरिवर्तनशीलचाहिँ हुँदैन। कुनै बेला कसैको व्यक्तिगत सोचाइ तथा लहडका आधारमा, जातिगत×वंशगत फाइदाका दृष्टिकोणले र तात्कालिक आवश्यकतालाई परिपूर्ति गरेर काम चलाउनका लागि बनाइएको नियम नै कालान्तरमा संस्कृति बन्न पुगेको हुँदा, हाम्रा संस्कृतिअन्तर्गतका सबै क्रियाकलापहरू चित्त बुझ्दा र वैज्ञानिक छैनन्।
तीमध्ये कति त अति नै घृणित, लाजमर्दा र मानव जातिकै कलङ्कजस्ता पनि छन्। त्यसैले ती सबैलाई आँखा चिम्लेर पालना गर्नुको कुनै अर्थ छैन र हुँदैन पनि। तरपनि संस्कृति र संस्कारका नाममा यस्ता कुराहरू युगौंयुगसम्म चलिरहँदा रहेछन्। भन्नलाई संस्कार, संस्कृति र आफ्नो इच्छा भने पनि क्रियाकलापहरू भने कुसंस्कार, विकृति र कसैको अदृश्य दबाब तथा करकापमा परेर सञ्चालित भइरहेका हुन्छन्। सामाजिक कानुनका रूपमा जरो गाडेर रहेका सामाजिक संस्कारहरूलाई, समाजका केही व्यक्तिहरूले चाहँदैमा थाहा पाउने गरी परिवर्तन गर्न गराउन सम्भव पनि हुँदैन।
हिन्दूहरूको वर्चश्व र हिन्दू तीर्थहरू प्रशस्त भएको ठउँमा हाम्रा धेरै भक्तजनहरू त्यहाँका गुरु, स्वामी, पुरोहित, पण्डाहरूबाट ठगिएका र लुटिएका अनुभवहरू प्रशस्त छन्। कथित स्वामी र गुरुका चर्तिकलाहरूले पनि बेलाबखत तहल्का मच्चाएकै छन्। हजारौं वर्षअघिका त्रिकालदर्शी ऋषिमुनिहरूले बनाएको, वेदमा लेखिएको फराकिलो गतिलो संस्कार भन्दै, त्यो जमानामा कुनै प्रतिभाशाली कविले कल्पना गरेको र आफ्नै जात वर्गविशेषको स्वार्थ र फाइदाका लागि बनाएको कथेको रचनालाई यो युगमा पनि आँखा चिम्लेर स्वीकार्नु वास्तवमा बुझ पचाउनुसिवाय केही पनि होइन।
प्रत्येक देवी देउता एक से एक शक्तिशाली मानिएका छन्। प्रत्येकको महिमा अलग-अलग छ। एउटा न एउटा देउतासँग गाँसिएका हाम्रा धार्मिक कार्यहरू एक से एक फलदायी र पुण्यदायी भनेर व्याख्या गरिएका छन्। दान दिनै पर्ने अनेकौं धार्मिक दिन, तिथि र पर्वहरू छन्। जति पाप गरे पनि धर्ममा नाममा पुराणादि लगाएर ब्राह्मणहरूलाई टन्न दानदक्षिणा गर्न सके, भोजभतेर लाउन सके, पापबाट उतिखेरै मुक्त भइने रे! गरिब तथा दीन-दुःखीहरूलाई दया गर्नु निश्चय नै मानवीय धर्म हो।
समाज लोकाचारमा रमाउन मन पराउँछ भने त्यसो हुन दिनुहुँदैन। लोकाचारभित्र रहेको अतिचार, अनाचार र व्यभिचारलाई बिस्तारै हटाउँदै लगियो भने मात्र सुहाउँदो, मौलिक संस्कृति, आचार र संस्कार बाँकी रहन्छ। संस्कार भन्ने कुरा अकाट्य नभई समयसापेक्ष पनि हुनुपर्छ। हजारौं वर्षअघि कुनै लेखक-कविले लेखेर निश्चित वर्गको हितका लागि स्वार्थवश बनाइएको नियम, हजारौं वर्षपछि पनि उसरी नै पालना गरिरहनुको कुनै औचित्य छैन। पूरै हटाउने कुरा नगरी, त्यसलाई सुधार गर्नका लागि बेलाबखत समाजबाटै असल व्यक्तिहरू पनि उठेका छन्। तर तिनीहरूको विचारलाई भने कदर गर्न सकिएको छैन। हुन त संस्कृति र संस्कार समाज र राष्ट्रको पहिचान हो तर कुनै पनि संस्कारलाई लोकाचार पनि भनिन्छ र लोकाचार’ शब्दको अर्थ आडम्बरले भरिएको कामकुरो’ वा देखौवा ढाँचा’ पनि हो। समाज लोकाचारमा रमाउन मन पराउँछ भने त्यसो हुन दिनुहुँदैन। लोकाचारभित्र रहेको अतिचार, अनाचार र व्यभिचारलाई बिस्तारै हटाउँदै लगियो भने मात्र सुहाउँदो, मौलिक संस्कृति, आचार र संस्कार बाँकी रहन्छ। त्यसैले यस्ता कामको अगुवाइ समाजकै शिक्षक, बुद्धिजीवी, सामाजिक अगुवा र चेतनशील वर्गले नगरी, जनभावनालाई कुठाराघात गर्नुहुँदैन’ भन्दै जस्ताको तस्तै रहन दिने हो भने सामाजिक विकास, न्याय, वर्गीय उत्थान तथा सामाजिक क्रान्ति भएको मान्न सकिँदैन।

Related posts

Leave a Comment