निर्भयाका दोषीहरूको डेथ वारण्ट जारी

Font Size
12 Total Views

22 जनवरीमा फाँसी
नयाँ दिल्ली, 7 जनवरी (हिस)। सात वर्षको लामो प्रतीक्षापछि अन्ततः मङ्गलबार दिल्लीको पटियाला हाउस कोर्टले निर्भयाका चारै दोषीको डेथ वारण्ट जारी गरेको छ। निर्भयाका दोषीहरूलाई फाँसीको सजाय सुनाइएको छ। चारै दोषीलाई 22 जनवरी बिहान सात बजी फाँसी दिइनेछ।
दोषीहरूलाई भिडियो कन्फरेन्सिङद्वारा पटियाला हाउस कोर्टमा एडीजे सतीश अरोड़ाको अदालतमा पेश गरियो। मीडियालाई शुरूमा कोर्ट रूममा जाने अनुमति दिइएको थियो, तर पछि बाहिर निकालियो।
कोर्टले सबै दोषीहरूलाई आ-आफ्नो नाम भन्न लगायो। यसैबीच दोषी अक्षयले जजसित केही भन्ने अनुमति मागे। उनले जेल प्रशासनमाथि गलत जानकारी दिएको र मीडियामा खबर लीक गरेको आरोप लगाए। अक्षयले कोर्टमा क्युरेटिव याचिका दिने कुरा राखे भने कोर्टले सबै दोषीहरूलाई के जेल प्रशासनले नोटिस दियो भनी प्रश्‍न सोध्यो। फसेला सुनाउनअघि सबै दोषीहरूले पालैपालो आफ्नो कुरा कोर्टसमक्ष राखे। दोषीहरूले अदालतसमक्ष अहिले सबै विकल्पको प्रयोग नगरिएको भन्दै केही समयको निम्ति माग राखे।
यस अवधि कोर्टमा निर्भयाका आमा-बाबा पनि उपस्थित थिए। उल्लेखनीय छ, निर्भया ग्याङ्गरेप मामिलामा दोषीहरूविरुद्ध पटियाला हाउस कोर्टले सुनावाईपछि फसेला सुरक्षित राखेको थियो। कोर्टमा निर्भयाकी आमाको याचिकामाथि पनि सुनवाई भयो। यस मामिलामा दिउँसो साड़े तीन बजी कोर्टले सबै दोषीहरूलाई भिडियो कन्फरेन्सिङमार्फत उपस्थित रहन आदेश दियो। निर्भयाकी आमा आशा देवीले उनको परिवारलाई निर्णयको औधी प्रतीक्षा रहेको बताइन्। अदालतमा दुवै पक्षका वकीलहरूबीच निकै कड़ाकड़ी बहस भएको थियो।

Related posts

Leave a Comment