सिक्किममा प्रवेश गर्न भाजपाले एसकेएमलाई प्रयोग गर्दैछः गौरव गोगोई

Font Size
83 Total Views

गान्तोक, 21 अक्टोबर।
सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को राजनीतिक चलखेललाई लिएर अखिल भारतीय कांग्रेसले गम्भीर आरोप लगाएको छ। असमको कालियाबोर आसनका कांग्रेस लोकसभा सांसद तथा सिक्किम, बङ्गाल अनि मणिपुरका कांग्रेस प्रभारी गौरव गोगोईले सत्तारूढ़ एसकेएम पार्टीलाई भाजपाले सिक्किममा प्रवेश गर्न प्रयोग गरिरहेको आरोप लगाए। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाए। उनले भने, ‘सिक्किम अहिले संवेदनशील स्थितिमा रहेको छ, यहाँको अस्तित्व सङ्कटतिर गइरहेको छ।
यहाँको राजनीतिमा भाजपाले प्रत्यक्ष हस्तक्षेप गर्दै सत्तारूढ़ एसकेएम पार्टीलाई ट्रोजर्न हर्सको रूपमा प्रयोग गरेर सत्तामा चोर दैलोबाट प्रवेश गर्ने तथा सिक्किमेको विशेष पहिचानलाई समाप्त गर्ने कार्य गरिरहेको छ।’ उनले भाजपा र एसकेएमको गठबन्धन पूर्ण रूपमा अपवित्र रहेका उनले ठोकुवा समेत गरे। उनले कांग्रेस पार्टी मात्र सिक्किम र सिक्किमेको हितमा सधैं रहेको प्रमाण कांग्रेसले नै सिक्किमलाई सुरक्षा गर्न संविधानको धारा 371 एफ दिएको अनि यसको सुरक्षा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए। सधैं सिक्किममा पछिल्लो सरकारहरू सञ्चालन हुँदा कुनै राजनीतिक हस्तक्षेप नगरेर यहाँको शान्ति

Related posts

Leave a Comment