मेरो एसकेएम सरकारसित होइन, भाजपासित विमती छः दिले नाम्ग्याल

Font Size
74 Total Views

गान्तोक, 18 अक्टोबर।
गान्तोक निर्वाचन क्षेत्रको निर्दलीय उम्मेद्वार दिले नाम्ग्याल बर्फुङ्पाले सिक्किमको अस्तित्व बचाउनको निम्ति यसपालि चुनाउमा आफूलाई मतदान गर्नुपर्ने अनि यो विषयलाई जनताले बुझिसकेको दावी गरेका छन्।
राजधानीमा चुनाउ प्रचारकै क्रममा पत्रकार सम्मेलन आयोजन गरेर आफ्नो जीत निश्‍चित रहेको दावी गर्दै गान्तोकमा आफ्ना प्रतिद्वन्द्वी एसकेएमसमर्थित भाजपाका प्रार्थी वाई.टी. लेप्चा ठेगाना नभएको व्यक्तिले गान्तोकेको कुनै भविष्य सुनिश्‍चित गर्न नसक्ने दावी गरे। उनले भने, गान्तोकमा आफ्नो ठेगाना नभएको भाजपाको उम्मेद्वारले गान्तोकवासीको विकास गर्नसक्दैन। आफू भाजपाले सिक्किमे राजनीतिमा गरेको गुल्चे खेलाइले मात्र चुनाउमा खड़ा हुन बाध्य बनेको अनि जनताले यसबारे बुझिसकेको दावी गरे। उनले भने, मेरो नैतिक समर्थन एसकेएम पार्टी र सरकारलाई रहेको छ भने भविष्यमा पनि रहनेछ तर गान्तोक निर्वाचन क्षेत्रको उप-चुनाउमा एसकेएमले आफ्नो उम्मेद्वार खड़ा नगरेर भाजपाको उम्मेद्वार खड़ा गरेपछि सिक्किमको पुरानो कानून र सुरक्षालाई बचाउनको निम्ति आफूले चुनाउमा उत्रिने निर्णय गरेको बताए। उनले चुनाउ जितेपछि दल परिवर्तन गर्ने आफ्नो नीति नरहेको बताउँदै सिक्किममा आफू मात्र तीस वर्षदेखि लगातार रूपमा विपक्षीको इमान्दार भूमिका निर्वाह गरिरहेको र कहिल्यै पार्टी परिवर्तन नगरेको बताउँदै चुनाउमा जितेपछि पनि आफू विपक्षीको रूपमै गान्तोक र सिक्किमेको सुरक्षा र विकासको निम्ति काम गर्ने प्रतिबद्धता जाहेर गरे। उनले गान्तोकमा बस्ने जनतालाई फिल्टर वितरण गर्नको साटो पानीको मुहानमै फिल्टर लगाएर सबै स्वच्छ पानी वितरण गर्ने, पुरानो एसटीएनएम अस्पतालमा सुपर स्पेशिअलिटी अस्पताल निर्माण गर्ने र राजाले दिएको उक्त जमीन अस्पतालकै निम्ति प्रयोग गर्नुपर्ने र शपिङ मल नबनिनुपर्ने मुद्दालाई जनतामा पुर्‍याएर जनताको निम्ति काम गर्ने बताए। उनले सिक्किमका पुराना कानूनहरू पहिलेबाटै तीनवटा रेभिन्यु अर्डर नम्बर वान, रूल फोर-फोर र कम्पनीज एक्ट उल्लङ्घन गरिसकेको र अझ त्यसलाई घात गर्न नदिन आफू प्रतिबद्ध रहेको अनि त्यसको निम्ति काम गर्ने नीति लिएर गान्तोकवासीको अघि चुनाउमा रहेको बताए।

Related posts

Leave a Comment