कैलाश मानसरोवर यात्राको पहिलो समूहले नथुला सीमापार गरे

Font Size
208 Total Views

गान्तोक, 20 जून।
कैलाश मानसरोवर यात्रा 2019-को पहिलो समूहलाई आज नथुला सीमापार गराइएको छ। नथुला सीमा क्षेत्र भएर यात्रा गर्ने यस वर्षको पहिलो समूहमा 26 जना यात्री र 5 जना सहयोगी कर्मचारीहरू सामेल छन्। कार्यक्रम अऩुसार 1 जुलाई 2019 को दिन यो समूह कैलाश मानसरोवरबाट फर्किएर गान्तोक आइपुग्नेछ। यात्री समूहका अधिकारीले सिक्किम सरकार विशेष गरी सिक्किम पर्यटन विकास समितिप्रति आभार प्रकट गरेका छन्। स्मरण रहोस्, सिक्किम सरकारले गान्तोक, 15 माईल, 17 माइल र सेरेथाङमा यात्रीहरूको बस्ने प्रबन्ध मिलाएको थियो।

Related posts

Leave a Comment