गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चाद्वारा सबिया हुसेन सम्मानित

Admin 1 Report
sabya hussain felicitated by gnlf

खरसाङ, 26 जुलाई (हि.स.)। गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चा, खरसाङ ब्राञ्च कमिटीले यसपालीको माध्यमिक परीक्षामा राज्यभरिमा नै आठौं स्थानमा उत्तीर्ण भएकी खरसाङ निवासी सब्या हुसेनलाई सम्मान जनाएको छ। गोराबिमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष रोहन दियालीले जानकारी गराए अनुसार सब्या हुसेनले भर्खरै मात्र पश्चिम बंगाल राज्यको माध्यमिक परीक्षामा बंगालभरिमा आठौं स्थानमा आएर खरसाङको नामलाई उच्च पार्दै गर्वित तुलाएकी छन्।

आउँदो दिनहरुमा यसरी नै पहाडका विद्यार्थीहरुले सब्या हुसेनलाई हेरेर आफ्नो सफलताको निम्ति लगनशील भएर आफ्नो अध्ययनलाई अघि बढाउने छन् भनेर आशा राखेको उनले बताए। साथै आउँदो दिनहरुमा सब्या हुसेनले अझ सफलता प्राप्त गर्दै जाउन् भनी गोराबिमो खरसाङ ब्राञ्च कमिटीको कामना रहेको उनले बताए।

उक्त सम्मान समारोहमा गोराबिमो खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष सुजन छेत्री, महासचिव सचिव यालम्बर राई, सचिव मन्जु तामाङ उपस्थित रहेको गोरामुमो खरसाङ टाउन कमिटीका अध्यक्ष संजय छेत्रीले जानकारी दिएका छन्।

Next Post

बालकृष्ण समका ‘अमरसिंह’ नाटकः एक मन्थन

–जे.के.बराईली […]

You May Like

👉