जनजाति उपयोजना अन्तर्गत आइसीएआर,पूर्वोत्तर क्षेत्र, सिक्किम केन्द्रद्वारा प्रविधि प्रदर्शनीका लागि तल्लो जङ्गु अङ्गीकरण

Admin 1 Report

गान्तोक, 07 जुलाई, 2021। आइसीएआर,सिक्किम केन्द्रले उत्तर सिक्किमको तल्लो जङ्गुमा एकिकृत जैविक खेती प्रणाली ग्रहण गर्दै आजीविका सुधारका लागि तालिम कार्यक्रम तथा सहायक साज-सामानको वितरणद्वारा प्रविधि प्रदर्शनीको पहल शुरु गरेको छ। चारवटा ग्राम पञ्चायत एकाइ, जस्तै तल्लो लिङदोङ, माथिल्लो  लिङदोङ, सामदोङ र हिग्याथाङका जनजाति
बासिन्दाहरूले 6 जुलाईको दिन प्रदर्शनी  कार्यक्रममा भाग लिए। कार्यक्रमको शुरुवातमा आइसीएआर पूर्वोत्तर क्षेत्र, सिक्किम केन्द्रका संयुक्त निर्देशक डा. आरके अवस्थीले उपस्थित  सबैलाई स्वागत अभिवादन जनाउँदै खाद्य एवं पोषण सुरक्षा  सुनिशअचित गर्नका साथै सिक्किमका जनजाति कृषकहरूको आजीविका सुधारका लागि एकिकृत जैविक खेती प्रणालीको
सम्भावित फाइदाहरूबारे जानकारी दिए।

यसै गरी कृषि वैज्ञानिक डा. अमित कुमारले आइसीएआर पूर्वोत्तर क्षेत्र, सिक्किम केन्द्रको शोध खेतमा खेतबारीको उब्जनी बढाउन जैविक पोषण प्रबन्धन विधिबारे प्रदर्शनी गरेर देखाए। वैज्ञानिक डा. ई लामालक्ष्मी देवीले सिक्किममा गुणस्तरीय

बिउ-बिजनको उत्पादन विधिबारे संक्षिप्तमा जानकारी दिइन्। यस अवसरमा साग-सब्जीको बिउ आपूर्ति सुनिश्चित गर्ने लगायत नालपाक, फाइटोनीम, ट्रेसर, भर्मीकम्पोस्ट एकाइ, जलकुण्ड, छहारी दिने जाली, सल्फरको धूलो, सीओसी र पोलिथिन पनि प्रतिभागीहरूलाई वितरण गरियो। यसका अतिरिक्त, 18 वटा गाई र 2479 वटा एकदिने चिङना पनि वितरण गरियो। अन्त्यमा जनजाति उपयोजनाका शीर्ष अधिकारी डा. सौरभ शाहले धन्यवाद ज्ञापन गर्दै सबै प्रतिभागीलाई भविष्यमा समृद्ध बन्ने शुभकामना दिए। (पीआइबी)

Next Post

प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ मन्त्रीपरिषदको विभागहरूको घोषणा गरिएको छ

श्री […]

You May Like

👉