128औं शहीद दिवस पालन

Font Size
18 Total Views

मणिपुर, 8 जून।
भारतीय गोर्खा परिसङ्घ मणिपुर शाखाले आफ्नो कार्यालय काग्ंलातोम्बी बजार बोर्ड अध्यक्ष लक्ष्मण विष्ठको घर-दलानमा अनि महिला परिसङ्घकी अध्यक्ष सकुन्तला देवीको अध्यक्षतामा 128औं शहीद दिवस पालन गर्यो।
यस अवसरमा भागोपका सल्लाहकार रणबहादुर चापाँगाई, संरक्षणक खडग तामाङ, उपाध्यक्ष मानवीर विष्ट, मदन कटुवाल, मनबहादुर थापा, पूर्व सचिव शिवा लामा कार्की, काउन्सिल सदस्य गणेश गुरुङ, सल्लाहकार देवी खरेल, महिला परिसङ्घका सचिव शोभा निरौला, परिसङ्घका मूल सचिव राहुल राई, सहसचिव भारतीय भट्टराई, इन्द्र भण्डारी, उपाध्यक्ष गोविन चौहान, सूचना सचिव सुवाष शिवाकोटी आदिको उपस्थिति रहेको थियो।
यस अवसरमा निरञ्जन छेत्रीको त्याग र बलिदानलाई भागोप मणिपुर शाखाका सल्लाहकार एवं गोरखा गौरवद्वारा पुरस्कृत गोर्खा सुधार सङ्घका अध्यक्ष रणबहादुर चापागाईले प्रकाश पारेका थिए। यसरी नै ‘शहीद हाम्रो गौरव हो’ भन्दै भागोपाका संरक्षक खड्ग तामाङले निरञ्जन छेत्रीको योगदानलाई लिएर गहकिलो मन्तव्य राखेका थिए। प्रत्येक वर्ष भव्यताका साथ पालन गरिने शहीद दिवसलाई यसपाली भने सामान्य रूपमा आयोजना गरिएको थियो।
यद्यपि, भागोपाले शहीद दिवस कार्यक्रम आयोजना गर्नु नै महत्वपूर्ण रहेको बताउँदै शाखा अध्यक्ष लक्ष्मण विष्टले खुशी व्यक्त गरे। राहुल राईद्वारा सञ्चालित कार्यक्रममा सङ्घका सल्लाहकार, संरक्षक, अध्यक्ष लगायत अन्यले द्वीप जलाएर पुष्पअर्पण गर्दै निरञ्जनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

Related posts

Leave a Comment