हाम्रो सिक्किम पार्टीद्वारा पत्रकार सम्मेलन आयोजित

Font Size
32 Total Views

गान्तोक, 23 जून।
भाइचुङ भोटियाको नेतृत्वमा रहेको हाम्रो सिक्किम पार्टीले आज पत्रकार सम्मलेन आयोजन गर्यो। सम्मेलनमा पार्टीका प्रवक्ता विराज अधिकारीले सिक्किमको वर्तमान सरकारलाई समर्थन दिने र सरकारसँग मिलेर काम गर्ने बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले जनताले दिएको जनमतलाई सम्मान गर्दै एसकेएम पार्टी अनि मुख्यमन्त्री पीएस गोलेलाई बधाई दिए। गत चुनाउबाट हाम्रो सिक्किम पार्टीले धेरै कुरा सिक्न पाएको बताए। उनले एसकेएम सरकारले सिक्किमको हितमा काम गर्छ भन्ने आशा राखेको बताउँदै हाम्रो सिक्किम पार्टीका नेता, जनता र कार्यकर्तासम्मले सरकारलाई सहयोग पुर्याउने बताए। उनले जनताले आफूहरूलाई यस चुनाउमा ठूलो प्रकारले मेहनत गर्नुपर्छ भन्ने सन्देश दिएको बताउँदै आगामी दिनमा पार्टीका सम्पूर्ण भातृ संगठन अनि कार्यकर्ताहरूलाई बोलाएर सभाको आयोजन गरेर आगामी दिनको निम्ति कार्ययोजना बनाउने जानकारी दिए।
उपचुनाउलाई लिएर पत्रकारहरूले गरेको प्रश्को उत्तरमा यस विषयमा चाँडै पार्टीका नेतृत्व पङ्क्तिसँग सभा आयोजन गरी यस विषयमा चर्चा गर्ने भाइचुङ भोटियाले बताए। वर्तमान लोकसभा सदस्य इन्द्रहाङ सुब्बाको विषयमा सोधिएको प्रश्‍नको उत्तरमा उनले भने, हामी सिक्किममा क्लीन पोलिटिक्स गर्न चाहन्छौं। हामी सिक्किमको हितमा सिक्किमको निम्ति सफा राजनीति गर्न चाहन्छौं। हाम्रो यो सोचसँग उनीहरूको सोच नमिल्दा धेरैवटा पार्टीमा हाम्रो सपोर्टरहरू गए तर हामीले हाम्रो मूल्य राखेर चल्दा धेरै कुराहरू सिक्न पायौं। यसरी नै प्रवक्ता विराज अधिकारीले सिक्किमको पुराना मुद्दाहरूलाई अघि बढाउन एसकेएम सरकारले हाम्रो सिक्किम पार्टीलाई सहयोग मागेको खण्डा सहयोग गर्ने र यदि सरकारले गल्ती गरेको खण्डमा बाहिरबाट आवाज उठाएर पनि वर्तमान सरकारलाई नै सहयोग पुर्याउने बताए।

Related posts

Leave a Comment