स्वच्छता विषय जागरण कार्यक्रम

Font Size
20 Total Views

मगन, 22 मई।
मगन नगर पञ्चायतले आज मगन लालबजारका सब्जी व्यापारीहरूलाई लिएर स्वच्छता विषय जागरण कार्यक्रम आयोजना गर्यो। यस अवसरमा मगन नगर पञ्चायतले सागसब्जी व्यापारीहरूलाई प्लास्टिकको प्रयोग नगर्ने तथा बजार परिसरलाई सफा राख्न सहयोग गर्ने आह्वान गरेको छ। जागरण कार्यक्रमसितै नगर पञ्चायत अध्यक्षता जाङ्मु भोटियाको अध्यक्षतमा एउटा समन्वय सभा पनि सम्पन्न भएको छ। यो सभामा लाल बजार सपिङ कम्पलेक्स र पुरानो लालबजारका व्यापारीहरूको उपस्थिति रहेको थियो। सभामा सरसफाईलाई अधिक ध्यान दिनुपर्ने तथा हालका दिनमा बजारमा अचानक फोहोर मैला बढेर स्वच्छतामा हेलचेक्राई गर्न थालेको विषयमा ध्यान आकर्षण गराइएको छ। सभालाई सम्बोधन गर्दै मगन थानाका एसएचओ एसबी मगरले स्वच्छताको महत्वबारे प्रकाश पार्दै सबैलाई आफ्नो घर परिसरमा सफा राख्ने र फोहोल मैलालाई सही रूपमा व्यवस्थापन गर्ने सल्लाह दिए। यस सभामा महिनाको प्रत्येक शनिबार सफाई अभियान सञ्चालन गर्ने सहमति पनि भएको छ।

Related posts

Leave a Comment