सुदुङ्लाखामा स्वच्छता अभियानसहित बिरुवाहरू रोपियो

Font Size
30 Total Views

रिनाक, 1 जुलाई।
सुदुङ्लाखा ग्राम पञ्चायत एकाइअन्तर्गत पाँचवटा वार्डहरूमा स्वच्छता अभियानसहित बिरुवाहरू रोपियो। यसै कार्यक्रमअन्तर्गत आज कोप्चे वार्डको सुदुङ्लाखा सरकारी माध्यमिक स्कूल जाने फुटपाथमा व्यापक सफाईसहित स-साना फूलहरूको बिरुवा रोपियो। ग्राम पञ्चायत एकाइका वार्ड पञ्चायत, वार्डवासी, वरिष्ठ नागरिक, स्वयं सहायता समूहका सदस्यहरू, स्कूलका विद्यार्थीसहित आशा कार्यकर्ताको सहभागिता रहेको थियो।
स्वच्छता अभियानसंगै मन्दिर परिसर, आँगनवाडी केन्द्र, सीसी फुटपाथ अनि सडकका किनारामा व्यापक विभिन्न प्रजाति बिरुवाहरू रोपियो। यस ग्राम पञ्चायत एकाइ प्लास्टिक जन्य सामग्रीहरु मुक्त रहेकाले शुभ तथा अशुभ कार्यदेखि सभा, कार्यक्रममा स्थानीय कञ्चनजंघा स्वयं सहायता समूहसहित अन्य समूहद्वारा फ्याँकिएका प्लास्टिकबाट विभिन्न थरीका चिजहरू उपयोग गरिन्दै आइरहेछ।
यस कार्यमा स्वयं सहायता समूहका सदस्यहरू बाहिर गइ प्रशिक्षण लिएका छन् अनि यस विषयमाथि सचेतना गर्दै बाहिर गई तालिम पनि दिने गर्दछन्। यस एकाइमा प्लास्टिकको प्रयोग हुन नदिन पञ्चायतदेखि सचेत नागरिक, बाल-बालिकासमेत जागरुक रही आएका छन् साथै भविष्यमा पनि प्लास्टिक मुक्त राख्न प्रयासरत् रहेका छन्। विशेष आफ्नो गाउँ आफ्नो बनाऊ, स्वास्थ्य सिक्किम स्वच्छ भारतको लक्ष्य लिएर वार्डमा जुन घर सफा र स्वच्छ राख्छन्, पञ्चायतको पुरस्कारको घोषणा गरिएको छ।

Related posts

Leave a Comment