सी डिविजन एस लीगः क्वीन भेल्ली विजयी

Font Size
17 Total Views

गान्तोक, 7 जून।
सिक्किम फूटबल एकाडेमीद्वारा आयोजन भइरहेको सी डिविजन एस लीग 2019-अन्तर्गत भइरहेको फूटबल प्रतियोगिता आज दुई चरणमा सम्पन्न भयो। आजको पहिलो खेल क्लीन भेल्ली पेलोङ र मनिक एफसी जङ्गूमाझ भएको थियो भने दोस्रो खेल रानीपुल एफसी र मुस्ताङ एफसी साङबीत भएको थियो। पहिलो खेलमा क्वीन भेल्लीले दुई गोलको विरुद्ध 3 गोल गरी मनिक एफसी जङ्गूलाई जितेको थियो। क्वीन भेल्लीको पक्षबाट गोल जर्सी नम्बर 11 तेञ्जिङ नर्बू भोटियाले 2 गोल गरेका थिए भने जर्सी नम्बर 10 राम प्रधानले 1 गोल गरेका थिए। यसरी नै मनिक एफसी जङ्गूको पक्षबाट जर्सी नम्बर 14 राप्ग्याल लेप्चाले 1 अनि जर्सी नम्बर 20 सोनाम लेप्चाले एक गोल गरेका थिए। यसी नै दोस्रो खेलमा रानीपुल एफसी र मुस्ताङ् एफसी साङ बीचको खेलमा छ-छ गोलको बराबरी भएको थियो। रानीपूल एफसीको पक्षमा जर्सी नम्बर 15 टी. राईले एक गोल, जर्सी नम्बर 17 रुद्र छेत्रीले 2 गोल अनि जर्सी नम्बर 5 डोम हाङ सुब्बाले 3 गोल गरेका थिए भने मुस्ताङ एफसी साङको पक्षमा जर्सी नम्बर 2 आयुष छेत्रीले 2 गोल, जर्सी नम्बर 10 ओङ्देन लेप्चाले 2 गोल, जर्सी नम्बर 17 एल्जिया भोटियाले एक गोल अनि जर्सी नम्बर 15 छितेन छिरिङ लेप्चाले एक गोल गरेका थिए।

Related posts

Leave a Comment