सी-डिभिजन एस लिग

Font Size
20 Total Views

सिक्किम बोइज र सञ्जु एफए फाइनलमा

गान्तोक, 08 जून।
सिक्किम बोइज र सञ्जु एफए सोमबारिया ‘सी-डिभिजन एस-लिग 2019’-को फाइनलमा पुग्न सफल बनेको छ। ग्रुप ‘ए’ मा सञ्जु एफएले सर्वाधिक 13 अङ्क तथा ग्रुप ‘बी’ मा सिक्किम बोइजले पनि 13 अङ्क हासिल गरेर फाइनल प्रवेश गरेको हो। दुवै फूटबल दलले 5-5 खेलमा 4-4 जीत र 1-1 ड्र खेलेर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। आगामी 11 जून दिउँसो 1:30 बजी पाल्जोर स्टेडियममा सिक्किम बोइज र सञ्जु एफएबीच उपाधीको निम्ति भिडन्त हुनेछ। अर्कातिर, शनिबार लीग म्याच अन्तर्गत अन्तिम दुई खेल सम्पन्न भयो।
आज खेलिएको प्रथम खेलमा एनडीएफए मगनले प्रतिद्वन्दी दल जेभीसी सिङतामलाई 3-1 गोलले पराजित गर्यो। एनडीएफएको तर्फबाट साइमन छेत्री, जनेद आलम र रायेसले 1-1 गोल लगाए। जेभीसीको तर्फबाट एक मात्र गोल बिनोद तामाङले लगाए। यसरी नै दोस्रो खेलमा रेड पाण्डा एफसी, नाम्चीले सुमिन एफसीलाई 6-2 गोलले पराजित गर्यो। रेड पाण्डाको तर्फबाट अभिषक राई र याकुब विश्वले 2-2 तथा कुन्जमान थापा र निम छिरिङ भोटियाले 1-1 गोल लगाए। सुमिन एफसीको तर्फबाट गणेश छेत्रीले 2 गोल लगाएका थिए। फूटबल एसोसिएशन (एसएफए) द्वारा आयोजित उक्त फूटबल प्रतियोगितामा राज्यभरिबाट जम्मा 12 फुटबल दलले भाग लिएको थियो। उक्त प्रतियोगिता गत 20 मईदेखि शुरू भएको हो।
अर्कातिर, एसएफएले सी-डिभिजन एस-लिगमा फूटबल दलहरूको प्रस्तुतिलाई ध्यानमा राखेर दुईको साटो चार फूटबल दललाई एसएफए ‘बी’ डिभिजन 2020-मा पठाउने निर्णय लिएको छ। आज फूटबल हाउसमा आयोजित एसएफए लीग आयोजन समितिको आपतकालीन बैठकले उक्त निर्णय लिएको जानकारी समितिले प्रेस विज्ञप्तिमा दिएको छ। समितिले ग्रुप ‘ए’ अनि ‘बी’ बाट दुई-दुई फूटबल दललाई एसएफए ‘बी’ डिभिजन 2020-मा प्रवेश गर्ने सुनौलो अवसर प्रदान गरेको छ। एसएफए अनुसार ग्रुप ‘ए’ बाट सञ्जु फूटबल एकाडेमी, सोमबारिया र रेड पाण्डा फूटबल एकाडेमी, नाम्ची तथा ग्रुप ‘बी’ बाट सिक्किम बोइज फूटबल क्लब र ब्रदरवुड फूटबल क्लब ‘बी’ डिभिजन 2020-को निम्ति चयनित गरिएको छ। यो लिग म्याचमा रेड पाण्ड एफसीले 12 तथा ब्रदरवुड एफसीले 11 अङ्क हासिल गरेको छ्।-हिस/विशाल

Related posts

Leave a Comment