सी डिभिजन एस लिग सञ्जु एफए विजयी

Font Size
87 Total Views

गान्तोक, 5 जून।
यहाँको पाल्जोर स्टेडियममा जारी ‘सी डिभिजन एस लिग फुटबल प्रतियोगिता’-अन्तर्गत आज सम्पन्न खेलमा सञ्जु एफए विजयी बन्यो भने एनडीएफए र ब्रदरवुड एफसीको खेल बराबरीमा टुङ्गियो।
उत्तर सिक्किमको एनडीएफए बनाम ब्रदरवुड एफसीबीच सम्पन्न भएको पहिलो खेल 2-2 गोलको बराबरीमा समाप्त भयो। एनडीएफएको तर्फबाट पेमा ल्हेन्डुप र याजोर लेप्चाले 1-1 गोल लगाए। यसरी नै ब्रदरवुड एफसीको तर्फबाट टिकाहाङ र समिर प्रधानले 1-1 गोल लगाए। यसैगरि, सोमबारेको सञ्जु एफए बनाम सुमिन एफसीबीच सम्पन्न खेलमा सञ्जु एफएले 2-1 गोलको अन्तरले विजय हासिल गर्यो। सञ्जु एफएको तर्फबाट इङ्गसा सुब्बा र छितेन भोटियाले 1-1 गोल तथा सुमिन एफसीको तर्फबाट युवराज गुरूङले 1 गोल लगाए। उल्लेखनीय छ, सिक्किम फूटबल एसोसिएशनद्वारा आयोजित यस प्रतियोगितामा राज्यका 6 वटा फूटबल दलले भाग लिइरहेका छन्। आजको दिनसम्म खेलिएको खेलअनुसार 13 अङ्कको साथमा सञ्जु एफए प्रथम स्थानमा छ। यसैगरि, 11 अङ्कको साथमा ब्रदरवुड एफसी दोस्रो अनि 10 अङ्कको साथमा सिक्किम बोइज तेस्रो स्थानमा रहेको छ।-हिस/बिशाल

Related posts

Leave a Comment