सिङ्तामको वकवेलाई विश्‍वस्तरीय पर्यटक स्थल बनाइने छः जीएम गुरुङ

Font Size
92 Total Views

नन्दु दूतराज
सिङ्ताम, 22 अप्रेल।
खाम्दोङ सिङ्ताम क्षेत्रका एसडीएफ पार्टी उम्मेद्वार जीएम गुरुङ (जुनियर)-ले आफ्नो क्षेत्रका कतिपय चुनाउअघि पुग्न नसकेका गाउँ-बस्तीका ग्रामीण भेगका जनताका घर-दैलोमा चुनाउपछि पनि पुगेर उनीहरूसित भेट गरिरहेका छन्। उनीहरूको समस्या र मागहरूको जानकारी लिइरहेका छन्। गुरुङले क्षेत्रमा पूर्वाधारहरूको विकास गरेर खाम्दोङ सिङ्ताम क्षेत्रलाई एक नमुनाको क्षेत्र बनाउने संकल्प गरेका छन्। यसै क्रममा उनले क्षेत्रका सबै गुम्पा, चर्च, देवीथान तथा अन्यान्य धार्मिक स्थलहरूको निरीक्षण भ्रमण गर्दै उक्त धार्मिक स्थलका प्रमुखहरूसित भेट गरी क्षेत्रको धार्मिक स्थलहरूलाई पनि पर्या-पर्यटनसित जोडेर विश्व-मानचित्रमा ल्याउने बताए। क्षेत्रवासी कोही पनि युवाहरू आफ्नो गाउँ-ठाउँबाट पलायन नहोस् भन्ने उद्देश्यले क्षेत्रमा व्यापकरूपमा पर्यटन व्यवसायमा व्यापार र रोजगारको अवसरहरू सृजना गर्ने बताउँदै गुरुङले युवाहरूलाई आफ्नो दक्ष मानव संसाधनलाई क्षेत्रमै खर्चिने अपील गरेका छन्। जनतासितको घर-दैलो सम्पर्क अभियानमा गुरुङले क्षेत्रमा विशेष पिउने पानी र बिजुलीको समस्या अनि स्कूल बढोत्तरी गर्नुपर्ने जस्ता मागहरू जनताले उनीसमक्ष राखे।
यसै विषयलाई गम्भीरतापूर्वक लिएर गुरुङले क्षेत्रको राञ्चाङ खोलाको पानीको मूलस्रोतको निरीक्षण गर्दै सरकार गठन हुनेसाथ यो स्रोतको संरक्षण र विकासको निम्ति विशेष पहल गरिहाल्ने बताएका छन्। यसरी नै बिजुली आपूर्तिको समस्यालाई पनि पूर्णरूपमा समाधान गरी क्षेत्रमा नियमित बिजुली आपूर्ति गरिने अनि धेरै स्कूलहरूलाई बढोत्तरी गरिने बताएका छन्। सुबिथाङदेखि रापेनसम्मको सडक निर्माण, कार्पेटिङ गरिने तथा रापेन गुम्पा निर्माण गरेर यहाँ ध्यान केन्द्र, श्मशान घाट (क्रिमिटोरियम) बनाउने अनि उक्त गुम्पा एक विश्‍वस्तरीय पर्यटक स्थल बनिने सम्भावना रहेको कुरो हेड लामासितको भेटमा गुरुङले बताएका छन्। उनले क्षेत्रका बुद्धिजीविहरूसित सर-सल्लाह गरेर क्षेत्रमा विशेष जैविक खेतीपाती, पशुपालनलाई प्राथमिकतासहित सहयोग दिइने अनि क्षेत्रमा लघु उद्योग कारखानाहरू खोलिने, खाम्दोङ स्कूल र सिरवानीमा इण्डोर स्टेडियम बनाउने तथा विभिन्न वार्डहरूमा कम्युनिटी हलहरू निर्माण गरिने बताएका छन्। चुनाउ सकेता पनि गुरुङले क्षेत्रका कतिपय बिरामीहरुलाई उपचारको निम्ति सिक्किमबाहिर पनि पठाउने काम गरिरहेका छन् भने असहाय र गरीब परिवारका नानीहरूलाई पनि स्कूल पढाउन विशेष पहल गरिरहेका छन्। गुरुङले सिङ्ताम रानीखोला किनारै-किनारमा निर्माण गरिएको वकवे परिसरलाई अझ विकसित गरेर उक्त वकवेलाई विश्वस्तरीय पर्यटक स्थल बनाइने अनि त्यसस्थलमा धेरैले व्यापार-व्यवसायको अवसर पनि पाउने बताएका छन्।

Related posts

Leave a Comment