सिक्किम बिहारी जागरण मञ्चको पहल स्वागतयोग्य छः राज्यपाल

Font Size
89 Total Views

रम्फू, 16 जून।
सिक्किमको पर्यावरण अति नै राम्रो छ। यसको जगेरा गर्न आवश्यक छ भने सिक्किम बिहारी जागरण मञ्चले यसैको निम्ति भनेर 10 मिटक पृथ्वीको लागि अभियानअन्तर्गत उठाएको पहल स्वागत योग्य छ, राज्यपाल गंगा प्रसादले आज यो मन्तव्य दिएका हुन्। मञ्चद्वारा रम्फूमा आयोजित 10 मिनट पृथ्वीका लागि अभियानको अवसरमा बोल्दै राज्यपाल प्रसादले समाजको हितमा समर्पित भइ सबैले अघि बढ्नु पर्ने बताएका छन्। यसका साथै कृषकहरूको वार्षिक आय दुई गुणा बनाउने केन्द्र सरकारले 2022 सम्मको लक्ष्य राखेको अनि यसका लागि सबैले गम्भीरतपूर्वक लागि पर्नुपर्ने अपील पनि गरे।
मञ्चका महासचिव विरेन्द्र प्रसादद्वारा सञ्चालित कार्यक्रममा सभापति स्वामीनाथ प्रसादले पर्यावरण संरक्षणप्रति मञ्चले गर्दै आइरहेको कार्यहरूबारे बताए। यस अवसरमा वन विभागमन्त्री कर्मा आर लोडे भोटियाले पनि मञ्चले पर्यावरण संरक्षणप्रति उठाएको पहलबारे प्रंशसा गरे। यसका साथै उपस्थित अतिथिगण एवं मञ्चका सदस्यवर्गले विरूवाहरू पनि रोपेका थिए। कार्यक्रममा मञ्चका विभिन्न शाखा सदस्य, मारवाडी युवा मञ्च रम्फूका सदस्यगण, वन विभाग रम्फू पुलिस आदिका अधिकारी, कर्मचारी एवं प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Related posts

Leave a Comment