सांसदसहित 17 आसनमा एसकेएम

Font Size
48 Total Views

गान्तोक, 23 मई।
सिक्किमको एक मात्र लोकसभा समष्टिमा एसकेएम पार्टीका उम्मेद्वार इन्द्रहाङ सुब्बा विजय बनेका छन्। यसरी नै 32 वटा निर्वाचन क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 17 वटा सीटमा जीत दर्ता गरेको छ भने सत्तारूढ एसडीएफ पार्टीले 15 वटा सीट प्राप्त गरेको छ। एसकेएम पार्टीले योक्सम-टाशीडिङ, याङथाङ, गेजिङ-बर्मेक, दरामदिन, सोरेङ-च्याखुङ, सालघारी-जुम, नामथाङ-रातेपानी, तिमी-नाम्फिङ, खाम्दोङ-सिङ्ताम, पश्‍चिम पाण्डाम, रिनाक, सियारी, आरिथाङ, गान्तोक, उत्तरको कावी-लुङ्चोक र लाचेन-मगन तथा संघ समष्टिमा जीत दर्ता गरेको छ।
यसरी नै एसडीएफ पार्टीले नाथाङ-माछोङ, बर्फुङ, पोकलोक-कामराङ, रिञ्चेनबुङ, अप्पर तादोङ, नाम्ची-सिङ्गीथाङ, जङ्गु, मल्ली, मार्ताम-रूम्तेक, राङगाङ-याङगाङ, नाम्चेबुङ, देन्ताम, छुजाचेन, अप्पर बुर्तुक र तुमिन-लिङ्गीमा जीत दर्ता गरेको छ।

Related posts

Leave a Comment