सन्दर्भ समानान्तर डिग्री

Font Size
28 Total Views

कुनै विद्यार्थीले यदि एउटै सत्रमा दुइवटा पाठ्यक्रमको पढाई गर्न चाहन्छन् भने ती विद्यार्थीलाई यसको अनुमति प्राप्त हुनुपर्छ भन्ने विषयलाई लिएर उच्च शिक्षा क्षेत्रमा धेरै लामो समयदेखि बहस जारी छ। अहिलेसम्म यो विषय व्यवहारिक समाधानको चरणसम्म पुगेको छैन। वर्तमानमा नियमअनुसार विद्यार्थीले एउटा शैक्षिक सत्रमा कुनै एउट मात्र पाठ्यक्रममा पढाई गर्न सक्छन्। यसरी एउटा शैक्षिक सत्रमा एउटा पाठ्यक्रम लिएर पढेको डिग्री नै वैध मानिन्छ। एउटा डिग्री पूरा गरेपछि मात्र अन्य कुनै पाठ्यक्रममा भर्ना लिएर त्यसमा डिग्री लिन सक्छन्। यद्यपि, विश्‍वविद्यालय अनुदान आयोग(युजीसी) -ले अहिले फेरि विद्यार्थीले एउटै सत्रमा विभिन्न विश्‍वविद्यालयबाट एकैसाथ अलग अलग डिग्री हासिल गर्न सक्छन् वा सक्दैनन् भन्ने विषयको व्यवहारिकतामाथि अध्ययन गरिरहेको छ। यस सम्बन्धमा युजीसीले विश्‍वविद्यालय तथा अलग अलग विश्‍वविद्यालयहरूसित पत्राचार, अनलाइन तथा अंशकालिक तरिकाले एकैसाथ दुइ डिग्रीको पढाई गर्ने मुद्दाको परीक्षण गर्नका लागि एउटा समिति बनाइएको छ। अब यो समितिले के निष्कर्ष लिएर आउँछ त्यो सबैका निम्ति प्रतीक्षाको विषय भएको छ। स्मरण गराइन्छ, लगभग सात वर्ष पहिला अर्थात् 2012 -मा युजीसीले एउटा समिति बनाएको थियो। त्यो समितिले पनि यस मामिलामा विचार विमर्श गरेको थियो। धेरै स्तरसम्म चर्चा गरेपछि एउटै शैक्षिक सत्रमा भिन्नभिन्नै डिग्री हासिल गर्ने विषयलाई खारेज गरेको थियो। लगभग डेड वर्ष पनि युजीसीले एकैसाथ दुईवटा डिग्री प्राप्त गर्ने विषयमा विशेषज्ञहरूको सुझाव र विचार प्राप्त गरेको अनि यसलाई स्वीकृति दिने कुरामा कदाचित समर्थन नगर्ने पनि भनेको थियो। यसरी नै विद्यार्थीहरूले हुनसक्छ जानकारीको अभावमा अथवा जानी जानी एकैसाथ दुइ नियमित पाठ्यक्रममा भर्ना लिए पनि पछि गएर अडचन आएपछि तथा जाँच हुँदा दुवै डिग्रीको वैधता सङ्कटमा पर्ने गरेको छ। यसरी नै वर्ष 2012 -मा नै हैदराबादका तत्कालीन कुलपति फुर्कान कमरको अगुवाईमा रहेको समितिले नियमित रूपले डिग्री कार्यक्रममा भर्ना पाउने विद्यार्थीलाई सोही विश्‍वविद्यालय अथवा अन्य विश्‍वविद्यालयबाट मुक्त अथवा दूरवर्ती शिक्षामार्फत अधिकतम् एउटा अतिरिक्त डिग्रीको पढाई गर्ने अनुमति दिन सकिन्छ भनेर सिफारिस पनि गरेको थियो।
यस विषयमा विगत धेरै लामो समयदेखि दुई समानान्तर पक्ष रहेको छ। एकातिर यस विषयलाई सम्भव बताउनेहरू विद्यार्थीको सुविधा र क्षमतालाई ध्यानमा राख्दै उनीहरूलाई यो सुविधा उपलब्ध गराउने वकालत गर्दै आएका छन्। अर्कातिर यसको व्यवहारिकतालाई मुस्किल मान्नेहरूको पक्षले एकैसाथ दुईवटा पाठ्यक्रमको पढाई गर्दा शैक्षिक संस्थानमा आवात जावात गर्नुबाहेक प्रशासनिक र अकादमिक समस्या पनि सिर्जना हुनसक्छ भन्ने वकालत गर्दै आएको छ। वास्तवमा बढ्दो बेरोजगारी समस्यालाई ध्यानमा राख्दै समानान्तर दुईवटा डिग्री हासिल गर्ने विषयलाई समयको आवश्यकताको रूपमा हेर्नुपर्छ भन्ने कुरालाई पनि विशेषज्ञहरूले भन्दै आएका छन्। यदि एउटा विद्यार्थीले आफ्नो आवश्यकतालाई ध्यानमा राख्दै अथवा सक्षम हुनका लागि एकैसाथ सुविधा अनुसार दुइवटा पाठ्यक्रमको डिग्री हासिल गर्ने प्रयास गर्छ भने उसलाई यो सुविधा मिल्नुपर्छ भन्ने कुरालाई पनि धेरैले स्वीकार्दै आएका छन्। कतिपय अवस्थामा विद्यार्थीले कुनै पेशागत पाठ्यक्रमको डिग्री हासिल गरे तापनि उसित स्नातकको प्रमाण पत्र हुँदैन। यसको परिणाम के हुन्छ भने ईलिम भएर पनि त्यसको फाइदा त्यो विद्यार्थीले उठाउन सक्दैन। यसैकारण स्नातकको लागि उसले अलग्गै पढाई गर्नुपर्ने आवश्यकता पर्छ। यसरी नै कुनै विद्यार्थीले स्नातकसितै कुनै पेशागत पाठ्यक्रम पूरा गर्छ भने त्यसबाट उसले धेरै मूल्यवान समयलाई बचाउन सक्छ। यी यथार्थ विषयहरूलाई ध्यानमा राख्दै शिक्षाविद र नीति निर्माताहरूले दोहोरो डिग्री शिक्षा व्यवस्थाको वकालत गर्दै आएका छन्। युजीसीको तर्फबाट गठित समितिले अब कुन निष्कर्ष निकाल्ने हो त्यो महत्वपूर्ण भएको छ।

Related posts

Leave a Comment