वैवाहिक सम्बन्ध खुला उच्छृङ्खलता र कामवासनाको चपेटमा

Font Size
132 Total Views

आधुनिकतम भनेर स्वीकार गरिने गरेको पश्‍चिमी समाजमा पनि विवाहलाई आजीवन संरक्षणीय विषय भनेरै स्वीकार गरिन्छ। त्यहाँ वैवाहिक सम्बन्धहरु छिट्टै चकनाचुर हुने गरेको देखिन्छ, तर विवाहपूर्व दुवै पक्षले यो सम्बन्ध आजीवन नटुटोस् भन्ने नै चाहेका हुन्छन्। यौन उदारता अपनाउने समाजमा यस्तो सम्बन्ध टुट्ने अनेक कारणहरु हामी अनुमान गर्न सक्छौं। त्यसैगरी दिमागी क्षमताले नभ्याउने खालका कारण पनि हुनसक्छन्। हो, विभिन्न आधुनिक ध्यान-धारणाले बहकिएका र प्रेम एवं घृणाका साँघुरा सोचाइमा प्रशिक्षित हाम्रा मस्तिष्कहरु प्रेमपूर्ण र दिगो सम्बन्ध बनाउन चाहेर पनि यी वैवाहिक सम्बन्ध किन टुटेका होलान भन्ने कुराको वास्तविकता बुझ्न असमर्थ छन्।
हामीले कुनै गलत र भेदभावपूर्ण निर्णय गर्दै वैवाहिक सम्बन्ध विच्छेद गर्यौं भने अनेकौं समस्याहरु भोग्नुपर्ने हुन्छ। अत्यन्त आनन्दविहीन र कल्पना पनि गर्न नसकिने पीडादायी घटनाहरुको सामना गर्नुपर्ने हुन्छ। भगवानलाई हामीले धन्यवाद दिनैपर्ने हुन्छ किनभने हामीले दैनन्दिन जीवनमा गरेका राम्रा-नराम्रा कर्मका आधारमा उहाँले हामीलाई समय समयमा पुरस्कृत र दण्डित पनि गर्नुहुन्छ। मानवसहित प्रकृतिमा भएका सबै प्राणीमा प्रकृतिको यो विधान समान रूपले लागु हुन्छ। प्रकृतिको विधान बुझ्ने व्यक्तिहरुले आफुलाई सच्याउने प्रयास गरेर दीर्घकालीन सुख-शान्ति प्राप्त गर्छन्। त्यसैगरी प्रकृतिका विधानको उपेक्षा गर्नेहरु दुःख र चिन्ताको सागरमा डुब्ने गर्दछन्। उनीहरु आफु पनि दुःख पाउँछन् र आफ्ना आउने पुस्तालाई पनि दुःख हस्तान्तरित गरिरहेका हुन्छन्।
लण्डन/अमेरिकाबाट सँगै प्रकाशित हुने ढहश र्ॠीरीवळरप पत्रिकामा हालै प्रकाशित एउटा विचारोत्तेजक लेखले मेरो ध्यान आकर्षित गर्यो। अमेरिका, मिशिगन की महिला लेखक ची. ठेीश करलज्ञारप आफ्नो एउटा लामो शीर्षक गरेको लेख खी ारीीळरसश ीशरश्रश्रू ेप ींहश वशलश्रळपश लशलर्रीीश ेष ाशप’ी लहशरि रललशीी ींे ीशु मा आजका समाजमा पति-पत्नीबीचमा देखापरेको ज्वलन्त समस्यालाई विद्वानहरु सामु पस्किँदै प्रश्न तेर्स्याउँछिन्-समाजमा यौनको सहज उपलब्धताले विवाह नामक पवित्र परम्पराकै मर्यादा भङ्ग त गरेको छैन? ची. ठेीश ले यो विषयमा देखाएको गम्भीर चासोका निम्ति उहाँको प्रशंसा गर्नैपर्छ। उनले आफ्नो लेखमा बढ्दो असफल वैवाहिक सम्बन्धलाई लिएर चासो र चिन्ता व्यक्त गरेकी छिन्। उनले अत्यन्तै तर्कपूर्ण तरिकाले लेखका केही तत्त्वहरुको व्याख्या गर्दै तिनको समाधान पनि निकाल्ने प्रयास गरेकी छिन्। टेक्ससस्थित चरीज्ञ ठशसपर्शीीी नामका प्रसिद्ध समाजशास्त्रीका उक्तिलाई उद्धृत गर्दै उनी भन्छिन्- पैसा खर्च नगरिकन मुक्तरुपमै दुध पाउन थालियो भने गाई कसले किन्छ र? यौन-स्वतन्त्रता र स्वच्छन्द जीवनको वकालत गर्ने उत्तर आधुनिकतावादीहरुले आफ्नो पक्षमा जतिसुकै तर्क पेश गरे पनि समाजले सभ्यता र संस्कृतिका विकासमा आजको ऊँचाई छोएको एउटा मुख्य कारण मानवको अनुशासित वैवाहिक जीवन पनि हो। दिगो र सुरक्षित वैवाहिक सम्बन्धले पति-पत्नीबीचको प्रेम-सम्बन्धलाई प्रगाढ बनाउँछ। सन्तान-सन्ततिको भविष्य सुरक्षित र उज्ज्वल पार्छ। नैतिकतापूर्ण समाजको निर्माण गर्छ। मानिस प्रकृतिका अरु प्राणीभन्दा अलग हो र उ जीवश्रेष्ठ हुनुमा यौन अनुशासनले पनि अवदान पुर्याएको छ भन्ने कुरा कसले अस्वीकार गर्ला? सुख-शान्ति र आनन्दमय समाज निर्माणमा अनुशासित जीवनशैलीले कति सघाउ पुर्याउँछ भन्ने कुरा संस्कृत र सभ्य समाजलाई सम्झाई रहनु पर्दैन।
दार्शनिक र चिन्ताविदहरु भन्ने गर्दछन्- कुनैपनि उपयोगी वस्तुको मुल्य तबमात्र हुन्छ, जब त्यो दुःखले प्राप्त हुन्छ। कुनै वस्तु, विद्या, विचार आदि दुर्लभ छ भने त्यो प्राप्त गर्न हाम्रो मन असाध्यै तड्पिने गर्दछ। तर सर्वत्र उपलब्ध हुन थाल्यो भने कीमती वस्तुले पनि आफ्नो मुल्य र आकर्षण गुमाउन पुग्छ। पश्चिमी समाजमा सङ्क्रामक भएर फैलिएको नग्नता, उच्छृङ्खलता, सहज यौनाचारले गर्दा विघ्नित पारिवारिक विचलन, असफल वैवाहिक सम्बन्ध र सङ्कटले आजसम्म प्रगाढ सामाजिक र पारिवारिक सम्बन्ध भएको हाम्रो समाजलाई प्रभावित पार्न थालिसक्यो भन्ने कुरा आज छर्लङ्ग छ।
यो लेखमा घट्दो अनुराग र नग्नताको छताछुल्ल प्रदर्शनले गर्दा पति-पत्नीका सम्बन्धमा आएको अस्थिरता अथवा विचलन, यौन आकर्षण शक्तिको क्षीणता आदिले ल्याएको पारिवारिक र सामाजिक अव्यवस्था, अनासक्ति आदिको सम्बन्धमा स्पष्ट पार्न खोजिएको छ। विशेषगरी पति-पत्नीबीचको प्रेम र आकर्षण-शक्तिमा आउन थालेको कमीको चर्चा, उनीहरुबीच यसरी क्षीण हुँदै गएको यो बन्धनको कारण समाजमा व्याप्त उत्ताउलोपन हो भन्ने आरोप लाग्ने गरेको देखिन्छ। कुनै विद्वानले वर्तमान सामाजिक वातावरणको अध्ययन गर्दै भनेका छन्- सञ्चार-माध्यममा यौन विषयक खुला चर्चा, विज्ञापन, पत्रिका, संगीत, चलचित्र, सिरियल मात्र होइन, समाजमा जागरण ल्याउने र सकारात्मक सूचना प्रवाहित गर्ने जिम्मेवारी बोकेका अखबार र समाचार चैनलहरुले पनि अनावश्यक रुपमा गरेको यौनताको खुला प्रदर्शन, चर्चा र होहल्लाले सामाजिक विकृति मात्र फैलाउँदैछ। छाडापन बढ्दैछ र प्रेमी-प्रेमिका, पति-पत्नीबीचमा आउनुपर्ने आकर्षण शक्तिमा ह्रास आउँदैछ। विषयको गोप्यता नै नभएपछि विपरीतलिंगीलाई आकर्षित गर्ने विधि र निधि नै अब के रह्यो र? दम्पत्तिमा आजीवन रहिरहने प्रेम, मोहकता र आकर्षणशक्तिमा आएको क्षीणता र प्रभावहीनताले परिवार र समाजमा समस्या निम्त्याइरहेको छ। क्षमताहीन यो अवस्थालाई विज्ञानले ीर्रींीीरींळेप भन्नेगर्छ। यो अवस्थामा ग्रहणशक्तिको अभाव देखापर्दछ। एउटा सुक्खा कपासले जलीय तत्त्व सजिलै शोषण गर्नसक्छ तर भिजेको कपासले सक्दैन। यौन विषयमा हुने आलाप, परिचर्चा, चित्र, गीत-सङ्गीत आदिको सहज उपलब्धताले हाम्रो मानसिकता भिजेको कपास जस्तो भएको बेला हाम्रा मस्तिष्कले यौन अनुभूतिको त्यो प्यास अनुभव गर्दैन।
अर्को उदाहरण लिउँ। घर बाहिरै पर्याप्त मात्रामा हामीले स्वादिष्ट परिकारहरु सेवन गर्ने र स्वाद लिने मौका पायौं भने, घरको सुन्दर र स्वास्थ्यकर पाकशालाको हामीले उपेक्षा नै गर्न थाल्छौं। आफ्नो भान्छाघर तिर त हामी एक आँखाले पनि हेर्न छोड्छौं। आफ्नै किचनको बेवास्ता गर्न थाल्दछौं। लाक्षणिक रुपमा भनिएको यही कुरा पति-पत्नी बीचको स्वस्थ जीवन सम्बन्धमा पनि समान रुपमा लागु हुन्छ। हामी सबैले विज्ञानद्वारा व्याख्या गरिएको विद्युत चुम्बकीय हस्तक्षेप (एचख-शश्रशलींीेारसपशींळल ळपींशीषशीशपलश) का बारेमा त सुनेकै छौं। हाम्रा ल्यापटप, मोबाइल, रेडियोका नजिकमै शक्तिशाली चुम्बक ल्याएर राखिदिएपछि अब यी यन्त्रहरुले आफ्नो स्वाभाविक कार्य गर्नसक्छन् र? हाम्रा समाजमा पनि यस्तै बाहिरी हस्तक्षेपमा सजिलै आकर्षित अथवा प्रभावित हुने विश्वासघाती पुरुषहरुको संख्या दिनानुदिन बढिरहेको छ र अगणित संख्यामा पतिव्रता विवाहित नारीहरु आफ्ना पति परमेश्वर(!)का बाहिरी जीवनका चपेटामा परेर प्रेम र आकर्षणविहीन एवं आनन्दविहीन जीवन बाँच्न मजबुर छन्।
सर्वसुलभ वस्तुप्रति कोही सभ्य व्यक्ति पनि धेरै आकर्षित हुने गरेको देखिँदैन। त्यसको स्तरलाई पनि कमसल मानिन्छ। त्यसप्रति सम्मान त बिल्कुलै हुँदैन। सृष्टिको प्रारम्भबाटै प्रेम र यौनको विषयलाई एकान्त र गोप्य नै राखिने गरिन्थ्यो। व्यक्तिगत मामिलाहरु आपसी सम्बन्धमा अथवा युग्म जीवनमा मात्र सीमित रहन्थे। आधुनिक समयमा नग्नतामा सुन्दरता र सभ्यता देख्ने चलन बढेको देखिन्छ। तर प्राचीनकालमा लज्जारुपी आभूषण भए मात्र नारीलाई सुन्दर र सभ्य मानिन्थ्यो। उसको लजालु हेराइ, चालचलन अथवा आचरणमा कोही पनि ऊप्रति आकर्षित हुन्थ्यो। अङ्ग्रेजीका महानतम कवि घशरींी र डहशश्रश्रशू लाई प्रेमसम्बन्धी काव्य रच्न प्रेरित गर्दथ्यो। नारीमा भएका सुन्दर शील-स्वभाव, लज्जा-सङ्कोच, शालीनता आदिले कवि, लेखक, संगीतकार, चित्रकारहरुलाई आफ्ना कृति रचना गर्न प्रेरित गर्दथ्यो। तर आज चारैतिर नग्नताको निर्लज्ज र घिनलाग्दो प्रदर्शनबीच कुनै पनि कलाकारका मनमा सृजनशील अभिव्यक्तिका लागि उत्साह र कल्पना जाग्दैनन्। यस्ता वातावरणका बीच कुनै स्वस्थ विचार र भावना जन्मनु असम्भवप्राय छ।
आजको आधुनिकता, सामाजिक वातावरण, विकृति, घृणायोग्य नाङ्गोपनको प्रदर्शनले गोपनीयतामा रहने मर्यादामा निरन्तर ठेस पुर्याइरहेको हुन्छ। विलियम शेक्सपीयर भन्छन्- यसले हाम्रा वासनालाई उत्तेजित त पार्छ, तर हाम्रो रचनात्मक क्षमताचाहिँ बिस्तारै सिध्याउँछ। सभ्य मानवको परिचय दिने, कलाकारको सृजनात्मकता बढाउने, सामाजिक विचलन-विकृतिहरुलाई नियन्त्रण गर्न मदत पुर्याउने शालीन वेश-भूषा, आभरण, चाल-चलनका विपरीत आधुनिकताका नाममा संयम र अनुशासनहीन स्वेच्छाचारितालाई अँगालेर हामी सुनको अण्डा दिने हंस मासिरहेका छौं। यतातिर पनि चिन्तन गर्ने बेला आएको छैन र? विख्यात अर्थनीतिविद अल्फ्रेड मार्शलले ऊळाळपळीहळपस चरीसळपरश्र णींळश्रळींू (हृासमान सीमान्त उपयोगिता) भन्ने सिद्धान्तमा यही कुरा भन्नु भएको छ, जसलाई सामान्य भाषामा निम्नानुसार भन्न सकिन्छ-कुनै परिकारमा हामी गुलियोको मात्रा जति थप्दै जान्छौं, त्यसको मिठास त्यति नै कम हुँदै जान्छ। तसर्थ हामी सतर्क भई आफ्नो समाजलाई सही दिशा दिने, हाम्रा स-साना बाल-बालिकामा सुसंस्कार विकसित गर्ने, चारैतिर देखिने छाडापनको विरोध गर्ने र शालीनता एवं शिष्टाचार अपनाएर समाजलाई सही दिशा दिने समय आएको छ। अझै पनि यस विषयमा गम्भीर भएर सोच-विचार गरेमा र जागरुक भएमा हामी आफ्नो सभ्यता-संस्कृति बचाउन समर्थ हुनेछौं। नभए त सभ्यतम र श्रेष्ठतम भनेर परिचय दिने हाम्रो मानव समाज पतनको रसातलमा पुग्नु निश्चित छ।
00

Related posts

Leave a Comment