विश्‍व च्याम्पियनशीपको फाइनलमा तरूणदीप राईको टीम

Font Size
39 Total Views

गान्तोक, 13 जून।
सिक्किमेली आर्चर्स तरुणदीप राईसहितको भारतीय आर्चेरी रिकर्व टीमले विश्‍व च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। टोक्यो ओलम्पिक-2020-को कोटा हासिल गरिसकेको तरुणदीप राईको भारतीय पुरुष रिकर्व टीमले निदरल्याण्ड जस्तो दह्रो टीमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। निदरल्याण्डमै यो प्रतियोगिता खेलिरहेको भारतीय रिकर्व टीममा तरुणदीप राई, अतनु दास र प्रवीण जाधव रहेका छन्। भारतीय टीमले फाइनलम चीनको सामना गर्नेछ। चीनले सेमीफाइनलमा कोरियालाई 6.2 ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। भारतीय पुरुष रिकर्व आर्चेरी टीम दोस्रोपल्ट विश्‍व च्याम्पियनशीपको फाइनलमा पुगेको हो। यसअघि म्याड्रिडमा आयोजना भएको 2005 विश्‍व च्याम्पियनशीपमा दरुणदीप राई, जयन्त तालुकदार, गौतम सिंहको जोडीले फाइनलमा प्रवेश गरेको थियो जसमा भारतीय टीमले कोरियाको हातबाट पराजय भोग्नु परेको थियो। च्याम्पियनशीपमा भारतीय महिला कम्पाउण्ड टीम पनि पदकको दावेदार रहेको छ। यो टीमेल शनिबार कास्य पदकका लागि तुर्कीसँग खेल्नेछ। क्वार्टरफाइनलमा चीनी ताईलाई 6-0 ले पराजित गरेपछि भरातीय पुरुष रिकर्व टीमलाई आयोजक टीमबाट कडा टक्कर प्राप्त भयो। आयोजक निदरल्याण्डको टीममा विश्‍वका दुई नम्बर आर्चर्स स्टीव विजलेर, रियो ओलम्पिक 2016 मा सेमीफाइनलमा पुगेका जेफ वान डेन बर्ग र लण्डन ओलम्पिक 2012 मा सेमीफाइनल खेलेका रिक सामेल थिए। भारतीय टीम दुईपल्ट म्याचमा पछाडियो तर तरूणदीप राईले आफ्नो अनुभवको फाइदा उठाउँदै म्याचलाई शूटअफसम्म पुर्याए। भारतीय पुरुष टीम 2014 पछि पहिलोपल्ट फाइनलमा पुगेको छ। भारतले 2014-मा व्रोक्लामा विश्‍वकपको चौथो चरणमा रजत पदक जितेको थियो जसमा राई, दास र जयन्त तालुकदार सामेल थिए। भारतले 9 वर्षअघि यस वर्षको खेलमा पहिलो स्वर्ण पदक जितेको थियो त्यस समय पनि राई भारतीय टीममा नै थिए।

Related posts

Leave a Comment