विधायक कर्म सोनाम लेप्चालाई भव्य स्वागत

Font Size
13 Total Views

गेजिङ, 10 जून।
सिक्किम डेमोक्रेटिक फ्रण्ट, रिञ्चेबुङ समष्टिका जनताले आज क्षेत्र विधायक कर्म सोनाम लेप्चालाई भव्य स्वागत गरेका छन्। विधायक लेप्चालाई स्वागत गर्न क्षेत्रका पञ्चायत, जिल्ला पञ्चायत, पार्टीका उच्चस्तरीय कार्यकर्ता, युवाचेली साथै जिल्ला पञ्चायत उपाध्यक्ष अशोक गुरुङ, पेमा किन्जाङ भोटिया, साथै अन्यको उपस्थित रहेको थियोे। क्षेत्रको सिमाना घुमाउने जोरथाङ रोडमा सबैले उत्साहजनक स्वागत गरेपछि मगलबारे, देथाङ, श्रीबदाम, कलुक रिञ्चेनपोङ हुदै साङगादोर्जीको सामुदायिक भवनमा एक महत्त्वपूर्ण बधाई कार्यक्रम सम्पन्न भएको थियोे। बधाई कार्यक्रममा एसडीएफ पाटीका विभिन्न कार्यकर्ता नेता आदिको सहभागी रहेको थियो।
बधाई समारोहलाई सम्बोधन गर्दै विधायक कर्म सोनाम लेप्चाले आफू एसडीएफ पार्टीबाट चुनाउ लडेर यो समष्टिबाट विजयी बनेको छु भन्दै एसडीएफ पाटीलाई कहिले धोका नदिने बताए। आफ्नो जीतका लागि उनले क्षेत्रका सम्पूर्ण जनतालाई अभार व्यक्त गरेका छन्। उनले जनतालाई कसैले पनि पाटीको झण्डा ननिकाल्ने, हतास नहुने, निर्धक्क बस्ने अपील गरेका छन्।
उनले भने, वर्तमान सरकारले जति घोषणा गरेको छ, यसमा एसडीएफ पाटीले त्यतिकै जान दिने छैन। हामी विपक्षीमा रहेपछि आफ्नो भूमिका निर्वाह गरेर देखाउँछौं, उनले भने। उनले समष्टिमा सबै कार्यकर्ता, युवाचेलीप्रति अभार व्यक्त गर्दै यो कार्यक्रमको निम्ति पनि कृतज्ञ प्रकट गरेका छन्। कार्यक्रमलाई पूर्व मन्त्री दाउछो लेप्चाले पनि सम्बोधन गरेका थिए।

Related posts

Leave a Comment