विधानसभा अध्यक्षद्वारा याङगाङको भ्रमण

Font Size
32 Total Views

याङगाङ, 24 जून।
सिक्किम विधानसभा अध्यक्ष एलबी दासले आज आफ्नो जन्मथलो दक्षिण सिक्किमको याङगाङ क्षेत्रको भ्रमण गरे। यस अवसरमा उनले स्कूले शिक्षा ग्रहण गरेको स्थान कारोङथाङको पनि भ्रमण गरे। विधानसभा अध्यक्षसित मन्त्री कर्मा लोडे भोटिया, मन्त्री सञ्जित खरेल, मुख्यमन्त्रीका सीए विकास बस्नेत र आरके बस्नेत पनि उपस्थित थिए। यस अवसरमा विधानसभा अध्यक्षले विद्यार्थी र स्कूलका शिक्षक शिक्षिकाहरूसित अन्तरक्रिया गरे। अन्तरक्रियाको अवसरमा स्कूलको तर्फबाट विभिन्न मागहरू पनि राखिएको थियो। यस मागका सम्बन्धमा उनले सकारात्मक आश्‍वासन दिएका छन्। आफ्नो संक्षिप्त सम्बोधनमा विधानसभा अध्यक्षले आफूले स्कूल पढ्दाखेरीको अनुभव साझा गर्दै शिक्षाको कारणले नै आफू अहिले यो ओहोदामा पुग्नसकेको बताउँदै विद्यार्थीहरूलाई प्रेरणा दिए।

Related posts

Leave a Comment