विकास कार्यलाई तार्किक निष्कर्षमा पुर्याउने चुनौती

Font Size
21 Total Views

एसकेएम सरकारले एसडीएफ सरकारद्वारा गरिएको विकासलाई तार्किक निष्कर्षतर्फ अघि बढाइरहेको गहन जिम्मेवारीलाई अघि बढाउन सक्ला? यही प्रश्‍न अहिले सिक्किमका बुद्धिजिवी र राजनीतिक विशेषज्ञहरूले उठाउन थालेका छन्। एसडीएफ सरकारले पहिलो पुस्ताको विकास पूरा गरेर दोस्रो पुस्ताको विकासक्रमलाई अघि बढाउँदै विकासलाई तार्किक निष्कर्षसम्म पुर्याउन अथक परिश्रम गरेको छ। यसको परिणामस्वरूप सिक्किमको विकास दरले देशमै उत्कष्ट प्रदर्शन गरेर दोहोरो अङ्कको विकास दर रेकर्ड दर्ता गर्न सकेको छ। औद्योगिक क्रान्तिमार्फत सिक्किममा उद्योग धन्दा शुरू गरेर प्रचूरमात्रामा रोजगारको अवसरहरू सिर्जना गरेको छ। यसरी नै जलविद्युत परियोजनाहरूको स्थापनामार्फत रोजगार सिर्जनसितै राज्यको आफ्नै राजस्व आर्जन गर्ने स्रोत र साधानहरूको विकास पनि गर्दै आएको हो। यसरी नै विकासकै कुरा गर्नुपर्दा विगत 25 वर्षमा सिक्किमको ग्रामीण विकासमा धेरै प्रगति भएको छ। सिक्किम झोपडीमुक्त राज्य बन्ने संघारमा आइपुगेको छ। शतप्रतिशत शिक्षादर हासिल गरेर शिक्षा क्षेत्रमा पनि छुट्टै पहिचान बनाउन सकेको छ।
यस्तै दिगो कृषि विकास, निर्वाद बिजुली, सिक्किमलाई गरीबमुक्त बनाउने अभियानसितै सिक्किमलाई चरम गरिबीदेखि मुक्त गर्न सिक्किम सफल भएको छ। यस्तै स्वच्छता, पर्यटन, स्वास्थ्य आदि क्षेत्रमा पनि धेरै विकास भएको छ अनि सिक्किमका प्रत्येक ग्रामीण क्षेत्रलाई जोड्ने सडक सम्पर्क पनि सुनिश्‍चित गर्न एसडीएफ सरकार सफल भएको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने, 25 प्रतिशत विकास दरको आँकाडा छुन राज्यले अथक परिश्रम गरेको छ अनि यसका निम्ति एसडीएफ पार्टीका नेता पवन चामलिङले अथक परिश्रम गरेका छन्। देश तथा विश्‍वस्तरका नामी संस्थाहरूले पनि सिक्किमको विकासलाई मूल्याङ्कन गरेर सिक्किमलाई एउटा प्रयोगशाला अनि गुरु राज्यका रूपमा स्वीकार गरेका छन्। यति धेरै माइलखुट्टीहरू तय गरेर सिक्किमले निरन्तर प्रगति गरिरहेको अवस्थामा जनताले विकासको रथ हाक्ने दायित्व अहिले एसकेएम पार्टीलाई दिएका छन्।
यद्यपि, एसकेएम पार्टीले सिक्किमको विकासलाई तार्किक निष्कर्षतर्फ अघि बढ़ाउने कुरामा विगत एक महिनाको अवधिमा कुनै महत्वपूर्ण कार्यक्रम वा नीतिलाई सार्वजनिक गर्न सकेको छैन। अर्को बिडम्बना के छ भने, विकासलाई अघि बढाउने प्रसङ्गदेखि बाहिर भाग्दै सिक्किम ऋणमा डुबेको कुरा झिकेर जनतालाई नै अन्योलमा पार्ने काम भइरहेको छ। ऋणकै सन्दर्भमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले धेरैपल्ट स्पष्टीकरण दिइसकेका छन्। सिक्किम विधानसभामासमेत सिक्किम राज्यसित जुन ऋणको भार छ, त्यो भावी सरकारको नियमअनुसार नै छ, भनेर बताइसकेका छन्। यो सिक्किम विधानसभाको कारोबारमा रेकर्ड भएको कुरा हो। सिक्किम राज्यले जति ऋण लिएको छ, त्यसमार्फत निर्माण गरिएका पूर्वाधार विकास कार्यलाई तार्किक निष्कर्षसम्म पुर्याउन नै वर्षौसम्म लाग्छ। नयाँ एसटीएन अस्पताललाई नै एउटा उदाहरणका रूपमा हेर्न सकिन्छ। एक प्रकारले हरेक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने काम पूरा भइसकेको छ। वर्ष 2011 र 2018-मा सिक्किम भ्रमण गरेर, जनतासित संवाद गरेर, जनताको हरेक आवश्यकतालाई पूरा गर्न पवन चामलिङले जनताले अपेक्षा गरेभन्दा अधिक दोब्बर विकास कार्यक्रमहरूमार्फत सिक्किमलाई सजाउने काम गरेका छन्। यसरी अहिलेको सरकारले केवल विकासलाई तार्किक निष्कर्षमा पुर्याउने तर्फ ध्यान दिनु हो भने पनि केही हदसम्म विकासको हितधारक भनेर स्वीकार्न सकिन्थ्यो तर जुन प्रतिक्रिया वर्तमान एसकेएम सरकारले दिइरहेको छ, त्यसले सङ्केत अर्कै दिइरहेको छ।

Related posts

Leave a Comment