वाहनसहित पाँच आरोपी पक्राउ

Font Size
96 Total Views

कालेबुङ, 10 मई।
राष्ट्रिय राजमार्ग 10-लगायत अन्य क्षेत्रहरूमा भइरहने डकैती काण्डमा संलग्न रहेका एउटा डकैती ग्याङ्ग्लाई पुलिसले पक्राउ गरेको छ। गत बिहिबार बिहान 1 बजी हाइवे 10 अन्तर्गत लोहापुलमा एउटा वाहनसहित पाँचजना आरोपीहरूलाई रम्बी पुलिसले पक्राउ गरेको हो। पक्राउ पर्ने आरोपीहरू सुजित बाल्मिकी, सञ्जय मुखिया, मनिक शाह, पेमा छिरिङ तामाङ र पासङ तामङ रहेका छन्। सबै आरोपी कालेबुङ निवासी रहेको पुलिसले जानकारी दिएको छ। रम्बी पुलिस चेक पोष्ट प्रभारी दावा शेर्पाले जानकारी दिँदै भने, धेरै वर्षदेखी हाइवे 10 मा राखिएको वाहनबाट तेल तथा अन्य समानहरू चोर्ने कुकार्य हुँदै आएको छ। यस्ता घटनाहरूमाथि धेरै अघिदेखि पुलिसले निगरानी गरिरहेको थियो।
बिहिबार बिहानपख गोपनीय सूत्र मार्फत जानकारी गराइएपछि पुलिसले तुरन्तै लोहापुल पुगेर पाँच जनालाई पक्राउ गर्यो। जसमा एकजना फरार भएको ओसी शेर्पाले बताएका छन्। उनले भने, सबैजना डब्ल्यू.बी 79 1603 नम्बर भएको एउटा मारूती भ्यानमा बसिरहेका थिए। हामीले वाहनमा तलासी गर्दा उनीहरूबाट खुकुरी, रड, चेन आदि समानहरू फेला पारेका छौं। पक्राउ पर्नेहरूमा कतिजनाको यस्तै काण्डहरूमाथि अघिबाटै केश चलिरहेको पनि शेर्पाले बताएका छन्। बिहिबार सबै आरोपीविरुद्ध मुद्धा दर्ता गरी उनीहरूलाई कालेबुङ जिल्ला अदालत पेश गरिएको छ।

Related posts

Leave a Comment