लेट्स सेफ इन्भारोमेन्ट’ पहल शुरू

Font Size
8 Total Views

सामासिङ, 10 जून।
कालेबुङ, दार्जीलिङ, अलिपुरद्वार अनि कुचबिहार जिल्लापछि जलपाइगढी जिल्लामा पनि मणि ट्रस्टले ‘लेट्स सेफ् इन्भाइरोमेन्ट’-पहल अन्तर्गत ‘महिनाव्यापी इन्भाइरोमेन्ट अवारनेस एण्ड कम्युनिटी बेस्ड पाल्नेटन प्रोग्राम’-आरम्भ गरेको छ। 5 जून पर्यावरण दिवसको अवसर पारेर महिनाव्यापी कार्यक्रम आरम्भ गरेको ट्रस्टले उत्तर बङ्गाल अनि सिक्किम गरेर 6 वटा जिल्लामा 20 हजार बिरुवा रोप्ने सङ्कल्प गरेको छ। यसै अभियानलाई निरन्तरता दिँदै जलपाइगढी जिल्लामा पनि ट्रस्टले उक्त अभियान शुरू गरेको हो। जलपाइगढी जिल्ला अन्तर्गत सामसिङमा सैयौं बिरुवा रोपन, विद्यार्थीहरूलाई बिरुवा वितरण एवं सचेतना कार्यक्रम गर्दै ट्रस्टले जलपाइगुढी जिल्लामा पनि ट्रस्टको अभियानको औपचारिक शुरूवात गरेको छ। जलपाइगढी जिल्लामा पर्ने सामसिङमा रहेको गार्डनहुड एकाडेमीका विद्यार्थीहरूलाई लिएर शुरूवाती कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, ट्रस्टी उत्पल रोय, डुवर्सका ट्रस्टी दिनेश सापकोटा, स्थानीय सामाजिक कार्यकर्ता श्याम थापा, स्कूलका संस्थापक प्रचार्य प्रवोध छेत्री एवं स्कूलका शिक्षक-अशिक्षण कर्मचारी एवं विद्यार्थीहरूको सहभागिता थियो। विद्यालय प्राङ्गनमा सम्पन्न कार्यक्रममा ट्रस्टका अध्यक्ष सुवास एम. सिंहले विद्यार्थीहरूलाई पर्यावरणको महत्त्वबारे बुझाउँदै रुख रोप्नुका फाइदाहरूबारे जानकारी गराएका थिए। पर्यावरणको सुरक्षा आवश्यक रहेको कारण आजका पुस्तालाई पर्यावरण सुरक्षा गर्नुपर्छ भन्ने चेतना प्रदान गर्नुका निम्ति नै ट्रस्टले युवा अनि विद्यार्थीहरूलाई सहभागि गराएर महिनाव्यापी रूपमा कार्यक्रम आयोजना गरिरहेको सिंहले बताए। आगामी दिनमा जलपाइगढी जिल्लाको विभिन्न खण्डहरूमा पनि कार्यक्रम गरिने सिंहले बताए। कार्यक्रममा स्थानीय सामाजिक कार्यकर्ता श्याम थापा अनि स्कूलका संस्थापक प्रचार्य प्रवोध छेत्रीले ट्रस्टको कार्यको सराहना गर्दै आभार प्रकट गरे।

Related posts

Leave a Comment